Sunday, February 21, 2016

दिल्लीमा पक्राउ परेका मधेशी विद्यार्थीहरु रिहा ।


प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भारतको राजधानी नयादिल्लीमा शुक्रवार कालो भण्डा देखाउन गएको वेला दिल्ली प्रहरीले नियन्त्रणमा लिएको मधेशी विद्यार्थीहरु आइतवार रिहा भएका छन । प्रधानमन्त्री ओलीलाई शक्रवार दिल्ली स्थित नेपाली दुतावास अगाडी कालो झण्डा देखाउने क्रममा मधेशी विद्यार्थीहरु लाइ दिल्ली प्रहरीले नियन्त्रणमा लिएको थियो । दिल्ली स्थित विभिन्न विश्वविद्यालयमा अध्यनरत झण्डै दुई दर्जन मधेशी विद्यार्थीहरुलाई उक्त प्रर्दशनको क्रममा प्रहरी फन्दा भित्र परेका थिए । शुक्रवार पक्राउ परेका मधेशी विद्यार्थीहरुलाई शनिवार दिल्ली प्रहरीले मंगलवार सम्मका लागी भारतको प्रमुख जेल मध्येको एक तिहार जेल पठाएका थिए । दिल्लीमा पक्राउ परेको मधेशी विद्यार्थीहरुलाई तिहार जेल पठाए पश्चात त्यसको चौतर्फी विरोध भएको थियो । चौतर्फी विरोध हुने क्रम वढे पछि आइतवार भारतीय प्रशासनले मधेशी विद्यार्थीहरुलाई रिहा गरेका हुन ।

दिल्लीमा अध्यनरत मधेशी विद्यार्थीहरुले मधेश आन्दोलनको सुरु देखि नै सगठित भएर आन्दोलनको पक्षमा दिल्लीमा विभिन्न कार्यक्रमहरु गर्दै आएका थिए । त्यही स्वरुप नेपालको प्रधानमन्त्री दिल्ली यात्रामा जादा मधेशी विद्यार्थीहरुले कालो झण्डा देखाउदै उनको विरोध गर्ने कार्यक्रम सार्वजनिक गरेका थिए । शुक्रवार वेलुकि त्यही क्रममा त्याहा मधेशी विद्यार्थीहरु पक्राउ परेका थिए ।

No comments:

Post a Comment