Thursday, February 11, 2016

कार्यदल स्तरमा पुन सहमती गर्ने कसरत । मधेशी मोर्चा विस्तार हुदै ।


आफनो नाका केन्द्रित धर्ना र आमहडताल पुर्व नै कार्यदल स्तरमा सहमती गराउन लागी परेको मधेशी मोर्चा अन्नतह असफल भए पश्चात गएको सोमवार मोर्चाले औपचारिक रुपमै नाका र आमहडताल फिर्ता लिदै आन्दोलनको स्वरुप वदल्ने निर्णय गरेका थिए । यद्यपी मोर्चाले अरुद्ध पार्दै आएको विरगंज रक्सौल नाका अघिल्लो शुक्रवार नै खुली सकेको थियो । मोर्चा उच्च स्रोतका अनुसार अघिल्लो शुक्रवार विरगंज रक्सौल नाका खुलाउनु पुर्व नै मोर्चा र सरकारी पक्ष विचको कार्यदल स्तरमा सहमती गर्नै अन्तिम कसरत चलीरहेको थियो । मोर्चा उच्च स्रोत भन्छन, तर दुर्भाग्यवस मोर्चाकै एक घटक सदभावना अध्यक्ष राजेन्द्र महतोले विरगंज नाका खोल्न सकिने वारे विराटनगरमा सार्वजनिक अभिव्यक्रि दिन पगे । मोर्चा उच्च स्रोत भन्छन, महतोले जानेर त्यो पक्कै बोलेको होईन भनेर हाम्रो पनि बुझाई छ, तर त्यसले कार्यदल स्तरमा विभिन्न दबाबका वावजुद हुन लागेको एउटा सहमती तुहियो र विना कुनै सहमती विरगंज नाका सुचारु हुने अवस्था आयो । मोर्चा उच्च स्रोतका अनुसार महतो काठमाडौमा के भइरहेको छ भन्ने कुरावाट वेखवर थियो, र उहाले यती पनि ध्यान दिनु भएन कि एक दिन अगाडी मात्रै तमलोपा अध्यक्ष महन्थ ठाकुर किन विरगंज नाकामै पुगेर सहमती नभए सम्म नाका सुचारु नहने किन बोलेका थिए । स्रोतका अनुसार राजेन्द्र महतोले आन्दोलनमा गरेको भुमिकाको स्वयंम तमलोपा अध्यक्ष ठाकुर आफनो नेताहरु समकक्ष पटक पटक प्रसंशा गरेका थिए । तर उक्त घटना पश्चात ठाकुर पनि कुद्ध भए र यो सम्रग प्रक्रियामा मुछिएको भारतीय पक्ष पनि  महतोको उक्त अभिव्यक्तिले चित दुखाउन पुगे । स्रोत भन्छन, पछिल्लो मोर्चाको बैठकमा उपेन्द्र यादवले उनीलाई लक्षित गरेर बनाएको प्रेस विज्ञिप्तीमा ठाकुर सहित अन्य सवै अध्यक्षहरुले त्यही भएर सहि छाप लगाउन पुगे ।
 
कार्यदल स्तरमा पुन सहमती खोजीदै

गएको ६ महिना देखि आन्दोलनमा रहेको मधेशी मोर्चा र सरकारी कार्यदल विच सम्भवतह प्रधानमन्त्री केपी शर्मा ओलीको  दिल्ली भ्रमण पुर्व नै एउटा सहमती बन्न सम्भावना रहेको नेताहरु बताउछन । जारी आन्दोलनको व्यवस्थापनमा भारतको समेत चासो रहेकाले कतिपय स्रोत भन्छन, प्रधानमन्त्री ओली दिल्ली भ्रमणमा जानु पुर्व सहमती नगरे उहाको भ्रमणमा औपचारिकतामा मात्रै सिमित रहने सन्देश आइसकेको छ । त्यही भएर आन्दोलनको कार्यक्रम मोर्चाले फिर्ता लिएको केहि घण्टा नवित्दै प्रधानमन्त्रीले त्यसको स्वागत गर्दै वार्तामा आउन पुन आग्रह गरेका थिए । त्यस पुर्व नै कार्यदल व्युताएर पुन संवाद थाल्ने निर्णय प्रमुख दलहरु र मोर्चाको शिर्ष नेताहरुले १८ माघमै गरीसकेका थिए । यो महिनाकै पहिलो हप्तामा अवरुद्ध भएको संवाद पुन त्यही विन्दूवाट सुचारु गर्ने सहमती भयो । मोर्चाले आन्दोलनको स्वरुप परिर्तन गरे पनि आन्दोलनका कार्यक्रमहरु भन्ने जारी नै राखेका छन ।

मोर्चा सम्बद्ध स्रोतका अनुसार पछिल्लो समयमा मोर्चाको कार्यदल र प्रमुख दलहरुको कार्यदल विच आन्तरिक रुपमा पटक पटक अनौपचारिक संवादहरु चलेको छ । मंगलवार र वुधवार कार्यदलको बैठक नै गरेर टुग्याउने कुरा थियो, स्रोत भन्छन, तर काग्रेस सभापति सुशिल कोईरालाको निधनका कारण त्यो बैठकहरु हुन सकेन । यद्यपी मोर्चाको तर्फवाट कार्यदल सदस्य तथा तमलोपा नेता हसदेश त्रिपाठी र प्रधानमन्त्रीले यसका लागी खटाएका एक प्रतिनिधी विच गम्भिर गृहकार्य यस विचमा अघि वढेको छ । मोटामोटी रुपमा १० ओटामा एउटा ननपेपर गृहकार्य अगाडी समेत वढेको कतिपय भित्रियाहरु बताउछन ।  जसमा मोर्चाले अघि सारेको ११ बुदे मागलाई प्याकेजमा सम्बोधन गर्ने गरी बनाइएको छ ।
 
पछिल्लो समयमा कार्यदल स्तरको अनौपचारिक संवाद एउटा तहमा पुगेकै कारण होला भोली शुक्रवार प्रधानमन्त्री ओलीले कार्यदललाई बैठकका लागी डाकेको छ । शुक्रवार विहान ९ बजे प्रधानमन्त्री ओलीले कार्यदललाई बैठकका लागी बोलाएका छन । मोर्चाका कार्यदल सदस्य तथा सदभावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले भोलीको प्रधानमन्त्री संगको बैठक पश्चात मात्रै सहमती खाकाको वारेमा केहि वोल्न सक्ने बताए ।

 
मधेशी मोर्चा विस्तार हुदै ।
 
पछिल्लो समयमा चर्चामा रहेको मधेशी शक्तिहरु विचको एकता स्वरुप मधेशी मोर्चा विस्तार गर्ने सैद्धान्तिक सहमती आज भएको छ । मोर्चाको दोस्रो तहका नेताहरुको बैठकले आज मोर्चा विस्तार गर्ने सैद्धान्तिक सहमती गरेको सदभावना नेता कर्णले बताए । तमलोपा उपाध्यक्ष वृषेशचन्द्र लालका अनुसार भोली मोर्चाको शिर्ष तहको बैठकले यसलाइ अनुमोदन गर्ने छ । लाल भने, आज बसेको दोस्रो तहका मोर्चाका नेताहरुको बैठकले आन्दोलनमै रहेको संघिय समावेशी मधेशी गठवन्धनको तीन ओटा घटकहरुलाइृ मोर्चामा ल्याउने सहमती भएको छ । संघिय गठवन्धनमा चार ओटा पार्टीहरु थिए । तर मोर्चाले पहिलो चरणमा संसदमा प्रतिनिधित्व गर्नेहरुलाइ मात्रै समेटिने निती लिएका कारण तीन ओटा पार्टीहरुलाई समाहित गरेर मोर्चाको विस्तार हुन लागेको छ । संघिय गठवन्धनमा राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक, शरदसिंह भण्डारी नेतृत्वको राष्टिय मधेश समाजवादी पार्टी, अनिल झा नेतृत्वको सदभावना पार्टी र जय प्रकाश गुप्ता नेतृत्वको तराई मधेश राष्यि अभियान छन । तमलोपा महामन्त्री जितेन्द्र सोनलका अनुसार पहिलो चरणमा जय प्रकाश गुप्ता वाहेक अन्य तीन ओटा पार्टीहरु फोरम गणतान्त्रिक, राष्टिय मधेश समाजवादी पार्टी र नेपाल सदभावना पार्टीलाई मोर्चा ल्याएर महावठवन्धनको अभियान थालिन लागीएको छ ।
 
भोली दुई बजे पहिला दोस्रो तहका नेताहरुको बैठक डाकिएको छ । जुन बैठकले कागजी दस्तावेज तयार पार्ने र तीन वजे बस्ने शिर्ष नेताहरुको बैठक बसेर त्यसलाई अनुमोदा गर्ने योजना छ । भोली मोर्चाको विस्तारमा भित्रिन लागेको फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवका अनुसार भोलीको दुवै तहको बैठकका लागी मोर्चा उनीहरुलाई सुचना समेत पठाएका छन ।

No comments:

Post a Comment