Saturday, January 30, 2016

महन्थ ठाकुर समकक्ष महागठवन्धनको औपचारिक प्रस्ताव


राज किशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक, शरदसिंह भण्डारी नेतृत्वको राष्टिय मधेश समाजवादी पार्टी, अनिल कुमार झा नेतृत्वको सदभावना पार्टी र जेपी गुप्ता नेतृत्वको तराई मधेश राष्टिय अभियान सम्मलीत संघिय समावेशी मोर्चाले तमलोपा अधयक्ष महन्थ ठाकुर समकक्ष जारी मधेश आन्दोलनमा रहेको सवै शक्तिहरु विच बृहत एकता गर्दै महागठवन्धन निर्माण गर्न शनिवार औपचारिक रुपमा प्रस्ताव राखेका छन ।  तमलोपा पार्टी कार्यलय पुगेर समावेशी मोर्चाको तर्फवाट राज किशोर यादव नेतृत्व टोलीले ठाकुर समकक्ष यस्तो प्रस्ताव राखेका थिए । पछिल्लो केहि दिन यता आन्दोलतरत सवै पक्ष विचको एकताको वारेमा मधेशमा चर्चा हुदै आएका छन । यद्यपी मधेशी मोर्चाका नेता ठाकुर पछिल्लो केहि हप्ता उपचारका लागी दिल्लीमा भएकाले मोर्चाकै कतिपय शिर्ष नेताहरु ठाकुर दिल्लीवाट फर्के पश्चात यस वारेमा कुराकानी अगाडी वढाइने बताएका थिए ।


गएको साउन अन्तिम हप्ता देखि मधेशमा आन्दोलनरत मधेशी मोर्चाले यस अघि नै औपचारिक रुपमा सवै पक्षहरु संग एकता गर्ने वारेमा निर्णय गरे पनि त्यो कार्यन्वयन तहमा देखिएका थिएनन । आन्दोलन सुरु भए लगतै मोर्चाको भैरहवामा भएको बैठकले लिखित रुपमा मधेशमा आन्दोलनरत अन्य सवै पक्षलाई मोर्चा भित्रै सामेल गराउने निर्णय गरेका थिए । तर आन्दोलन अत्यन्तै उत्कर्षमा पुगेकाले नेताहरुले त्यसलाइ कार्यन्वयन तहमा लगेनन । पछिल्लो समयमा मौसम प्रतिकुलताका कारण आन्दोलत अली शिथिल भएको वेला फेरी दुवै पक्षहरु विच एकताको प्रसंग जोडतोडका साथ उठेका छन । पछिल्लो मोर्चाको बैठकले फेरी लिखित रुपमै आन्दोलतरत सवै पक्षहरु विच एकता वारेमा निर्णय गरेका थिए । मोर्चाको दोस्रो तहका नेताहरुको उक्त बैठकले मोर्चाको अगामी शिर्ष तहको बैठकवाट यसको कार्यन्वयन गर्ने समेत जनाएका थिए ।
 

पछिल्लो समयमा अनौपचारिक तहमा महागठवन्धनको चर्चा चलीरहदा आज मधेशी मोर्चाको एक जना अगुवा नेता तमलोपा अध्यक्ष ठाकुरलाई यसको औपचारिक प्रस्ताव लिएका गएका फोरम गणतान्त्रिकका अध्यक्ष यादव भन्छन, आफुहरु गएको साढे पांच महिना देखि जारी मधेश आन्दोलनलाई पुन उठाउन र निष्कर्ष पुर्याउन पनि सवै पक्षहरु विचको एकताको खाचो देखेकाले यस प्रयासको थालनी गरेका छौ । यादव संगै अज ठाकुरलाई औपचारिक प्रस्ताव लिएर उक्त मोर्चाका अन्य घटकका नेताहरु केशव झा, देवेश झा र सुनिल रोहित गएका थिए । उक्त समावेशी मोर्चाको वृहत बैठक भोली देखि विरगजमा हुदै छ । राष्टिय समाजवादी पार्टीका प्रवक्ता केशव झा भन्छन, भोली देखि हुन लागेको हाम्रो वैठकको मुख्य एजेन्डा नै यही भएकाले हामीले मोर्चाका नेतालाई आज उक्त प्रस्ताव औपचारिक रुपमा बुझाएका छौ ।
 
मधेशमा  जारी आन्दोलनमा रहेको दुवै पक्षहरुको प्रर्दशनमा जिल्ला तहमा संजोजन र सहभागीतामा एकरुपता देखिदै आएका भए पनि केन्द्रिय सहकार्य नहुदा कहिले काही आन्दोलनमा स्थानिय तहमा अन्योलताको सिर्जना हुने गरेका मधेशका अगुवाहरु बताउछन । मधेशका राजनितीक, वौद्धिक सहित अन्य सवै वृतमा मधेशमा आन्दोलनकारी पक्षहरु विच एकता हुनु पर्नै जोडदार माग उठदै आएका छन । आज बुझाइएको औपचारिक प्रस्ताव पश्चात तमलोपा अध्यक्ष ठाकुरले मोर्चाको अगामी बैठकले यसलाई ठोस रुपमा कार्यन्वयन तहमा लगीने प्रतिवद्धता जनाएको आजको बैठकमा सहभागी नेताहरुले बताएका छन । आजको उक्त बैठकमा मोर्चाको तर्फ वाट ठाकुर वाहेक तमलोपाकै अन्य शिर्ष नेताहरु हृदेश त्रिपाठी, वृषेश चन्द्र लाल र गोविन्द चौधरी सहभागी थिए ।

No comments:

Post a Comment