Thursday, January 28, 2016

महन्थ ठाकुरको काठमाडौ फिर्ती प्रति चौतर्फी चासो ।



३ माघमा तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर दिल्ली उडिरहदा काठमाडौमा मधेशी मोर्चा र प्रमुख दलहरु विचको कार्यदल स्तरको वार्ता सहमती गर्नै अन्तिम कसरतमा थिए । स्वयंम कार्यदलमा सहभागी दुवै तिरका नेताहरुले भोली अन्तिम खाकामा सहमती हुने  लगभग निश्चित रहेको बताउदै थिए । तर त्यो भएन, त्यसको भोली पल्ट मोर्चाको कार्यदलले बैठक वष्किार मात्रै गरेनन त्यस पछि वार्तामा नबस्ने उदघोष नै गरे । त्यस पछि शिर्ष तहमा एक पटक दवै तिरको बैठक भए पनि लगभग वार्तामा नबसेकै सरह थियो पनि । त्यस पश्चात आन्दोलनरत पक्ष र प्रमुख दलहरु विच विर्ता प्रक्रिया अवरुद्ध छन । विचमा प्रमुख दलहरुले मोर्चाको सहमती वेगर नै संविद्यानमा दुइृ ओटा संशोधन गरे, जसलाई मोर्चाले अस्विकार गरे । मोर्चाका एक जना अगुवा नेता ठाकुर आज राती साढे १० वजे दिल्ली वाट काठमाडौ १२ दिन पश्चात उत्रिरहदा याहा राजनितीक माहौल धेरै परिर्वतन भइसकेको अवस्थामा छ । यी कुरावाट ठाकुर दिल्ली मै हुदा पनि जानकार नै थिए । तर अन्योलता याहा निर वढी थियो । त्यही भएर होला यो विचमा मोर्चा समबद्ध सवैको एउटै भनाई सुन्नमा आउथ्यो, अव ठाकुरजी आए पछि मात्रै भन्न सकिन्छ के हुन्छ भनेर ।


तमलोपा अध्यक्ष ठाकुर दिल्ली मुख्य गरी उपचारको शिलसिलामा गएका थिए । अस्पतालको एक हप्ताको बसाई पश्चात उनी पछिल्लो चार दिनमा उच्च तहको राजनितीक संवाद नद्ेखिने तहमा गरेका छन । जसका कारण हा्ला याहा पनि सवै प्रतिक्षा छ, ठाकुरजी के सन्देश बोकेर  वा आफनो अगामी रणनिती वारे कस्तो खाले योजना लिएर आउनु हुन्छ, त्यो महत्वका साथ देखिएका छन । ठाकुर दिल्ली मा रहदा भारतीय प्रधानमन्त्रीका राष्टीय सुरक्षा सल्लाहकार देखि गृहमन्त्री, विदेश मन्त्री सहित कुटनितीक तहका उच्च अधिकारीहरुसंग सवाद गरेका थिए । उनको दिल्लीमा भएको संवादको कुनै औपचारिक पुष्टि छैन, तर स्रोतका अनुसार ठाकुर हाल नेपालको वारेमा सरोकार राख्ने सवै पक्षहरुसंगको उच्च  तहको वैठकहरु गरेका छन ।

गएको साढे पांच महिना लामो समय देखि चलीरहेको मधेश आन्दोलन र सरकारुी पक्षले यसलाइृ समबोधन गर्न गरीरहेको ढिलाईले चौतर्फी दिनप्रति दिन अन्योलता  वढदै गएको देखिन्छ । यस्तो समयमा अव ठाकुरको आगमन पश्चात मोर्चाले के रणनीती अख्तीयार गर्छ त्यो स्वभावतह महत्वपुर्ण हुने छन । यद्यपी मोर्चा आन्दोलनको मोर्चा वाट पछि हटने कुनै सम्भावना छैन । काठमाडौ सहित सवै पक्षको एउटा चासो थियो मोर्चाको नाका केन्द्रित धर्ना । तर मोर्चा उच्च स्रोतका अनुसार त्यसको वारेमा पनि मोर्चा तल झर्ने कुनै सम्भावना तत्कालै बन्दैनन । तर प्रश्न चौतर्फी एउटै छ, अव मोर्चाको अगामी आन्दोलन कस्तो हुन्छ । मोर्चा सम्बद्ध दोस्रो तहका नेताहरुका अनुुसार शितलहर र चिसोका कारण माघ महिना भरी आन्दोलन चर्काउने अवस्था छैन, त्यसैले फागुन देखि मात्रै त्यो हुनेछ । तर मोर्चाले संसथागत रुपमा के गर्छन त्यो मत्वपुर्ण हुन जान्छन । 


एकातर्फ स्वयम मोर्चाकै कयौन घटकहरु तराई मधेशमा आन्दोलनरत सवै पक्षहरु विचको वृृहत कार्यगत एकताको सवाल पनि यो विचमा जोडतोडका साथ उठाएका छन । मोर्चाकै कतिपय शिर्ष नेताहरले तमलोपा अध्यक्ष ठाकुर दिल्ली वाट फर्किए पछि यस सन्दर्भमा पनि कुराकानी अगाडी वढने बताएका थिए ।

त्यही भएर ठाकुर काठमाडौ फिर्ती संग आन्दोलनको अगामी रणनती,  अवरुद्ध वार्ता प्रक्रिया, आन्दोलनरत पक्षहरुको वृहत कार्यगत एकता लगायत विभिन्न सवालहरुको चासो गासिएका छन । मोर्चाका कतिपय भित्रियाहरु भन्छन, अवको दुई तीन दिन पश्चात मात्रै अहिले चौतर्फी अन्योल रुपी देखिएको वातावरण वारेमा एउटा ठोस निष्कर्ष भन्न सकिन्छ । 

No comments:

Post a Comment