Wednesday, January 27, 2016

विरगंज - रक्सौल नाका सुचारु नहुने ।



गएको पांच महिना महिना देखि अवरुद्ध रहेको विरगंज रक्सौल नाका अहिले नै सुचारु हुने कुनै सम्भावना नरहेको सयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले जनाएको छ । गएको शनिवार प्रमुख दलहरुले संविद्यानमा दुई ओटा संशोधन गरे पछि विरगंज रकसौल नाका वारेमा विभिन्न टिकाटिप्पणीहरु भइरहदा मोर्चा उच्च स्रोतले बताए अनुसार उक्त संशोधन विद्येयककै आधारमा मोर्चाले रक्सौल नाका सुचारु गर्न दिने छैन । हिजो मात्रै मोर्चाकै एक घटक तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादवले मोर्चाको अगामी बैठकमा त्यस वारेमा पुर्नविचार हुन सक्ने बताएका थिए । तर मोर्चा स्रोत भन्छन, मोर्चाको अगामी बैठकले त्यसतो कुनै निर्णय लिने सम्भवना रती भर पनि छैन । मोर्चा उच्च स्रोतका अनुसार जारी मधेश आन्दोलनलाई सम्बोधन हुने गरी प्याकेजमै मोर्चाको ११ बुदे मागको वारेमा सहमती नभए सम्म नेपाल भारतको प्रमुख नाका विरगंज रक्सौलन खुल्ने छैन । पछिल्लो दिनमा मोर्चा नरम भएको र विरगंज रक्सौल नाका वाट अली अली समान रातीको समयमा आउन थालेको भन्दै उक्त नाका आशिंक वा विस्तारै पुर्ण रुपमा सुचारु हुने खालको आकंलनहरु गरिदै आएका छन । तर मोर्चा उच्च स्रोतले बताए अनुसार हाल राती रातीको समयमा आइरहेको अली अली समान आउनु दिनु पछाडी पनि मोर्चाको आफनै रणनीतीले काम गरिरहेको छ । स्रोत भन्छन, पछिल्लो १० दिन यता तराई मधेशमा व्यापक शितलहरीले नागरिकहरु परेशान छन, यस्तो वेला त्याहा राती बस्न गाहे भएका कारण  धर्ना स्थलमा धर्नाकारी कम भएको मौकामा अली अली समान राती राती आयो भन्ने त्यसले भारतीय पक्षलाइ काठमाडौका नेताहरु सामु आफनो कुरा राख्न सजिलो हुने र काठमाडौमा भनिदै आएको भारतको अघोषीत नाकाबन्दी छैन भन्ने पनि देखाउने दाउ मात्रै हो । इन्धन लगायतका कुनै पनि मालवाहक गाडीहरु विरगंज रक्सौल नाका वाट आएको छैन । पछिल्लो हप्ता देखि शितलहरी ह्वातै वढेपछि विरगंज रक्सौल नाकामा राती बस्न अत्यद्यिक गाहे छ, स्रोत भन्छन, जव सम्म यो शितलहर र अत्यद्यिक चिसोले राती बस्न गाहे हुन्छ, त्यती वेला सम्म राती राती अली अली समान ल्याउदैमा केहि हुदैन भन्ने हाम्रो वुझाई छ । जसका कारण भारतीय पक्षलाई समेत सजिलो हुने कतिपय भित्रियाहरुको बुझाई छ ।


मोर्चा उच्च  स्रोतका अनुसार अहिले चर्चामा रहेको आउदो मोर्चाको शिर्ष बैठकवाट यस वारेमा आउन सक्ने कुनै पनि साकारात्मक निर्णय अपेक्षा गर्नु को कुनै तुक छैन । यो विषय हाम्रो वैठकको एजेन्डामा समेत पर्दैन, स्रोत भन्छन, जव सम्म मोर्चाको ११ बुदे मागको वारेमा प्याकेज मै सहमती हुदैन तव सम्म विरगंज रक्सौल नाका सुचारु हुने कुनै पनि सम्भावना छैन ।

मोर्चाको ६ असोजमा राजविराजमा भएको बैठकले नेपाल भारत नाकाहरुमा धर्ना दिने निर्णय गरेको थियो । त्यस यता आन्दोलनरत मोर्चाका नेताहरु नाकाहरुमा धर्ना बस्दै आएका छन । सवै नाकाहरुमा सम्भव नदेखि पछि मोर्चाले सवै भन्दा वढी समान भित्रिने विरगंज नाकालाइृ पुर्ण रुपमा ठप्प पार्दै अन्य नाकाहरु प्रति मौन बसेका छन । मोर्चा स्रोत भन्छन, मोर्चाले ६ असोजमा गरेको यो निर्णय त्यतीकै हचुवाको भरमा गरिएको थिएन । मोर्चाका नेताहरु सिमाकंनका लागी आफुहरु राजनितीक सयन्त्र मान्न तयार रहेको तर त्यसको कार्यविद्यि र वैद्यानिकता तत्काल तोक्नु पर्नै अडान राख्दै आएका छन । मोर्चाका नेताहरुका अनुसार संघियताको सन्दर्भमा विगतमा प्रमुख दलहरुले गरेको सम्झौता पालना नगरेकाले अव त्यतीकै भरमा विश्वास गर्न सकिने आधार छैन । गएको साउन अन्तिम हप्ता देखि मोर्चा तराई मधेशका सवै जिल्लाहरुमा आमहडताल सहित आन्दोलनमा छन । मोर्चा शितलहरी र चिसो कम भए लगतै फेरी आन्दोलन चर्काउने भन्दै आएका छन । 

No comments:

Post a Comment