Monday, January 25, 2016

मधेशका जिल्लाहरुमा संशोधन विद्येयक जलाइदै । मोर्चाद्धारा थप आन्दालनको कार्यक्रमहरु सार्वजनिक ।

मधेशमा संविद्यान संशोधनको पहिलो विदेयक जलाउदै आन्दोलनकारीहरु


गएको शनिवार प्रमुख दलहरुले मोर्चाको बेवास्ता गर्दै गरेको पहिलो संविद्यान संशोधनलाई मोर्चाले अपुरो भन्दै अमान्य हुने प्रष्ट पारेका छन । मोर्चाको शिर्ष नेताहरु काठमाडौ वाहिर रहेकाले मोर्चाका दोस्रो तहका नेताहरुको आज बसेको बैठकले हालै संविद्यानमा भएको पहिलो संशोधनले आफुहरुको आन्दोलनलाई सम्बोधन नगरेको भन्दै जारी आन्दोलन यथावत रहेको जनाएको छ । साथै मोर्चाले अउदो १८ माघ सम्मका लागी नयां विरोधका कार्यक्रमहरु समेत सार्वजनिक गरेका छन । मोर्चाले १८ माघ सम्मका लागी घोषणा गरेको कार्यक्रमहरुमा मैनवती जुलुस सहित दिप प्रज्वलनको साथै क्षेत्र स्तरको सभाहरु र मधेशका वौद्धिक समुदायहरु संगको अन्र्तक्रियाहरु छन ।

आज बसेको मोर्चाको दोस्रो तहका नेताहरुका बैठक

मोर्चाका शिर्ष नेताहरु आए पछि मोर्चाको अर्को बैठक आउदो हप्ता फेरी बस्ने मोर्चाले जनाएको छ । शनिवार प्रमुख दलहरुले संविद्यानमा पहिलो संशोधन स्वरुप दुई वुदे संविद्यान संशोधन गरेका थिए । मोर्चाले त्यसलाइ वहिष्कार गर्दै नमान्ने चेतावनी दिदै आएका थिए । मोर्चाका नेताहरुले संशोधन विद्येयक नमान्ने सार्वजनिक रुपमा बताएकै कारण गएको पांच महिना देखि अाँन्दोलरत मधेशका जिल्लाहरुमा हिजो आइतवार देखि नै विभिन्न ठाउहरुमा संविद्यानको पहिलो संशोधन विरोध स्वरुप प्रतिकात्मक रुपमा प्रर्दशनकारीहरुले जलाइरहेका छन । हिजो राजविराजमा आन्दोलनकारीहरुले जलाएको संशोधन विद्येयक आज विरगंज, गौर लगायतका मधेशका जिल्ला सदरमुकामहरुमा जलाइएको छ ।
 
प्रमुख दलहरुले संविद्यानमा संशोधन गरे पछि मोर्चा द्धारा अवरुद्ध पार्दै आएको नेपाल भारत नाकाहरु सुचारु हुने कुरा सार्वजनिक रुपमै टिप्पणी भएको थियो । त्यही भएर शनिवार संविद्यान संशोधन भए लगतै सवैको चासोमा मोर्चाको नाका केन्द्रित धर्नाहरु देखिएका थिए । तर आज मोर्चाको दोस्रो तहका नेताहरुको बैठकले निकालेको विज्ञप्तिले जारी आन्दोलनका कार्यक्रमहरु यथावत राख्दै थप आन्दोलनको नया कार्यक्रमहरु सार्वजनिक गरेको उल्लेख गरिएको छ । आजको बैठकमा सहभागी सदभावना महासचिव मनिष सुमनका अनुसार मोर्चको आमहडताल र नाका केन्द्रित कार्यक्रमहरु यथावत छ ।  मोर्चाको आजको दास्रो तहका नेताहरुको बैठकमा फोरम नेपालवाट अशोक राई, लालबाबु राउत, मंगलसिद्धि मानान्धर, तमलोपावाट वृषेश चन्द्र लाल, सदभावनावाट लक्ष्मणलाल कर्ण र मनिष सुमन र तमसपाका राम नरेश राय सहभागी थिए ।
 
रंगेली घटनामा मारिएकाहरुको शवयात्रामा विशाल जनसहभागीता । 

 
रंगेली घटनामा मारिएकाहरुको निकालिएको शवयात्रामा विशाल जनसहभागीता

गएको विहिवार मोरडको रंगेलीमा प्रहरीको गोली वाट मारिएका तीन जना मधेशीहरुको आज विरागनगरमा निकालिएको शोकसभामा विशाल जनसहभाग्तिा रहेका थिए । गएको विहिवार रंगेलीमा एमाले समबद्ध युवा संघले गर्न खाजेको कार्यक्रमको विरोधमा प्रर्दशनमा उत्रेका आन्दोलनकारीहरु माथी प्रहरीले गोली चलाएका थिए । उक्त घटनामा तीन जनाको मृत्यू भएको थियो भने कमतीमा पनि ४ दर्जन भन्दा वढी धाइते भएका छन । धाइतेहरुको उपचार जारी छ । घटनाको ५ दिन पश्चात आज मृतकहरुको विराठनगरमा शबयात्रा निकालिइएको थियो । शबयात्रामा मोर्चाका दुई जना शिर्ष नेताहरु सहभागी थिए । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सदभावना अध्यक्ष राजेन्द्र महतो उक्त शबयात्रामा सहभागी भएका थिए ।
 
मोर्चाले गएको साउन अन्तिम हप्ता देखि नै मधेशमा अन्न्दोलन सुरु गर्दा तराइ मधेशका जिल्लाहरुमा सरकारी तथा प्रमुख दलहरुको कार्यक्रम विथोल्ने औपचारिक निर्णय गरेको थियो । मधेशी मोर्चाले ३ असोजमा जारी गरिएको नयां संविद्यानमा प्रमुख दलहरुले नै मधेशको मुद्धालाई सम्बोधन नगरेको भन्दै यीनीहरुको कार्यक्रम मधेशमा विथोल्ने जनाएका थिए । त्यही स्वरुपमा तराई मधेशमा प्रमुख दलहरु र सरकारी पक्षको कार्यक्रमहरु हुदा मोर्चाले त्यसको विरोधमा प्रर्दशन गर्दै आएका छन । गएको विहिवार पनि एमाले सम्बद्ध युवा संघले कार्यक्रम गर्न खोज्दा मोर्चाले विथोल्ने प्रयास गरेका थिए । तर दाहोरो भएको झडपको क्रममा प्रहरीले चलाएको गोलीवाट तीन जनाको मृत्यु भएको थियो । मोर्चाको आजको बैठकले उक्त घटनाको उच्च स्तरीय छानविनका लागी माग समेत गरेको छ ।

No comments:

Post a Comment