Saturday, January 23, 2016

अब के गर्छन मधेशी मोर्चा ?


कार्यदल स्तरको सहमती नजिक पुगेको भनिएको वार्ता एकाएक अवरुद्धको अवस्थामा पुग्नु र मोरडको रंगेलीमा गएको विहिवार भएको घटना पश्चात अब मधेशी मोर्चा कसरी अगाडी बढछन भन्ने जिज्ञासा चौतर्फी देखिन्छ । २५ पुषमा माघको पहिलो हप्ताको केन्द्रिय कार्यक्रम घोषणा गरेको मोर्चाको उक्त कार्यक्रमहरु पनि समाप्त भइसकेको छ । विचमा आशावादी रहेको वार्ता प्रक्रिया लगभग सकिएको विन्दूमा पुगिएको छ । ७ माघमा मोर्चाको कार्यक्रमहरु सकिए पछि लगतै बैठक बस्नु पर्ने थियो तर मोर्चाको एक घटक फोरम नेपालको केन्द्रिय कार्यसमिती र पदाधिकारी बैठकका कारण हुन सकेन । शनिवार फोरम नेपालको बैठक सकिएको छ । सम्भवतह भोली आइतवार देखि मोर्चाको फेरी बैठक सुरु हुदै छन । निश्चित नभए पनि मोर्चाको शिर्ष तहको नेताहरुको तहमा भोली आइतवार देखि मोर्चाको बैठक गर्ने मोटामोटी कार्यक्रम तय भएको थियो । मोर्चाका कतिपय भित्रियाहरुका अनुसार अव हुने मोर्चाको बैठक धेरै दृष्किोणले महत्वपुर्ण हुने छन । पहिलो अवको बैठकले सम्रग अहिले सम्मको आन्दोलनको समिकक्षा गर्ने छ, दोस्रो विभिन्न तहमा भएको वार्ताको प्रयास मोर्चाको लाईन अनुसार लगभग असफल भएको छ, तेस्रो अव मोर्चाले लिने रणनिती सम्भवतह पांच महिना देखि जारी आन्दोलनको सवै भन्दा कठोरतम फेजमा जाने छन । वार्ता र संवादमा पछिल्लो समय सहभागी मोर्चाको नेताहरुको निष्कर्ष छन, प्रमुख दलहरु मधेशको मुद्धा सम्बोधन हुने गरी संद्यिान संशोधनको पक्षमा छैन । नेपाली काग्रेसको पुर्ववर्ती सरकारले पेश गरेको दुई ओटा संशोधन विद्येयक माथी टेकेर सहमतीय प्याकेज खोज्ने सम्भावना भाडिए पछि मोर्चाले काग्रेस, एमालेको तहवाट हुने जस्तो सुकै संविद्यान संशोधनलाई स्विकार गर्ने छैन ।

मोर्चाको अबको रणनिणी ।

रंगेली घटना पश्चातमा पुन चर्कन पुगेको तराई मधेश फेरी अन्दोलनय मय हुने छ । जारी मधेश आन्दोलनको क्रममा अवरुद्ध पारिएको नाकाहरु सम्भवतह तह केहि दिन भित्र थप कडाईका साथ अनइ नाकाहरुपनि अवरुद्ध हुने छ । विरगंज सगै अव भैरहवा, र पुर्वको विराटनगर नाका पनि पुर्ण रुपमा ठप्प हुने आन्त्रिक योजना मोर्चाले बनाउदै छन । पछिल्लो समयमा भारतीय पक्षले हालको दुई ओटा संशोधन विद्येयक पारित भए  विरगंज नाका सुचारु गर्न सहयोग गर्नै भन्ने आशय पनि अव छैन । रंगेली घटना र कार्यदल स्तर वार्ता सतारुढ र खासगरी प्रधानमन्त्रीको तहवाट भाडिए पछि भारतीइ पक्ष मोर्चालाई अव त्यस्तो कुनै दबाब दिने छैन । कतिपय भित्रियाहरुका अनुसार प्रधानमन्त्री र सतारुढ पक्ष भारतसंग एएटा कुरा गर्ने र व्यवहवारमा अर्को प्रर्दशन गर्ने भएका कारण मधेश आन्दोलन व्यवस्थापन हुन नसकिरहेको निष्कर्ष निकालेका छन । खासगरी सरकारी पक्षले दिल्लीमा वचनबद्धता गरेको ४ सुत्रिय रोडम्याप प्रति आन्दोलनरत पक्ष साकारात्मक नभए पनि भारतीय सल्लाहमा मोर्चा त्यस अनुसार अघि वढन अन्नतह राजी भएका थिए । तर पछिल्लो चरणमा भएको वार्ताहरुको क्रममा सरकारी पक्षले देखाएको रव्रया वाट अव भारतीइ पक्ष मोर्चाले त्यस्तो दबाब नदिने प्रष्ट सन्देश दिइसकेका छन । त्यही भएर मंसीरको तेस्रो हप्ता देखि आन्दोलनलाई रणनीती अनुसार नै कमजोर बनाउदै आएको मोर्चा अव आन्द्योलन पुर्न चर्काउने र नाकाहरुलाई पुर्नरुपमा ठप्प पार्दै छन । सम्भवतह भोली देखि बस्ने मोर्चाको बैठक केहि दिन लम्बिने छन ।

तमलोपा अध्यक्ष ठाकुर दिल्लीमा उच्च स्तरीय भेटघाट गर्दै 

 
स्वास्थय उपचारको क्रममा दिल्लीमा हाल रहेका मधेशी मोर्चाका एक शिर्षस्तह नेता तथा तमलोपा अध्यक्ष महन्थ ठाकुर भोली देखि उच्च स्तरीय भेटघाट गर्दै छन । उनी गए देखि अस्पताल मै रहेकाले अहिले सम्म त्यस्तो महत्वपुर्ण भेटघाट ठाकुरको दिल्लीमा भएको छैन । उनी निकटस्त स्रोतका अनुसार उनी अस्पतालवाट भोली विहान निस्के पछि उनको पहिलो बैठक उच्च तहको कुटनितीक अधिकारीहरु संग हुदै छन । नेपालको मामिलामा काम गर्ने उच्च तहको कुटनितीक तहका अधिकारीहरु संगको भेटपछि ठाकुर भारतीय गृहमन्त्री राजनाथ सिहं र विदेशमन्त्री सुष्मा स्वराज संग छलफल गर्दै छन । अहिले सम्म निश्चित नभए पनि उनी निकटस्त उच्च स्रोतका अनुसार पर्सी ठाकुरको भारतीय प्रधामन्त्री नरेन्द्र मोदी र उनको सुरक्षा सल्लहकार अजित डोभेल संग बैठक हुने सम्भावना छ ।

पछिल्लो चरणमा वार्ताको प्रयास असफल भए पछि भारतीय पक्ष पनि जारी मधेश आन्दोलनको विषयमा गम्भिर रुपमा कुटनितीक तहमा कुराकानीहरु अघि वढाएका छन । ठाकुर भारतीय पक्षहरु संगको उच्च स्तरीय भेटघाटकै लागी अर्को तीन देखि चार दिन दिल्लीमा बस्ने योजना छ ।

No comments:

Post a Comment