Thursday, January 21, 2016

मोरडको रंगेलीमा दोहोरो हिंसात्मक झडप । अवस्था तनावपुर्ण ।

रंगेली घटनाको मृतकलाई प्रहरीले लगदै । फोटो -अनलाईन खवर

मोरडको रंगेलीमा प्रर्दशनकारी र प्रहरी विच भएको दोहोरो झडप पश्चात अत्यन्तै तनावपुर्ण बन्दै गएको स्थानिय अधिकारीहरुले जनाएका छन । अवस्था तानवपुर्ण बन्दै गए पछि  स्थानिय प्रशासनले त्यस क्षेत्रमा क्फुर्य लगाएका छन । विहिवार दिउसो भएको प्रहरी संगको झडपमा साझ सम्ममा तीन जना प्रर्दशाकारीहरुको  मृत्यु भइसकेको प्रहरी अधिकारीहरुले पुष्टि गरेका छन । मधेशी मोर्चाले प्रहरीको गोली वाट धाइते भएका अन्य तीन जनाको अवस्था अत्यन्तै नाजुक रहेको जनाएको छ । मोर्चाले जनाए अनुसार प्रहरीको गोली लागी अन्य ८ जना पनि गम्भिर धाइते भएका छन भन्ने जम्मा धाइतेको संख्या ३५ जना भन्दा वढी रहेको मोर्चाको दावी छ । धाइतेहरुको उपचार विराटनगर स्थित विभिन्न अस्पतालहरुमा भईरहेको छ ।  विहिवार मोरडको रंगेलीमा एमाले सम्बद्ध युवा संघले कार्यक्रम गर्ने भए पछि मोर्चाले हिजो देखि नै त्यसलाई लक्षित गरेर विरोध प्रर्दशनहरु गर्दै आएका थिए । हिजो पनि प्रहरी संग मोर्चाका आन्दोलनकारीहरुको दोहोरो झडप भएको थियो । 


एमाले सम्बद्ध युवा संगठनले जारी मधेश आन्दोलनको माझ तराई मधेशमा यस्ता कार्यक्रमहरु विभिन्न ठाउहरु गर्ने योजनाहरु अघि सारे देखि नै यसको विरोधमा आन्दोलनरत मोर्चा उभिदै आएका छन । अघिल्लो हप्ता मात्रै जनकपुरमा पनि युवा संघले यहि नै कार्यक्रम गर्न खोजेका थिए तर आन्दोलनकारीहरुको विरोधका कारण त्याहा कार्यक्रम गर्न सकेका थिएन । मोरडको रंगेलीमा संघले आयोजन ा गर्ने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली आउने भन्न्े प्रचार गरे संगै मोर्चाले त्यसलाई विथोल्ने चेतावनी दिएका थिए । त्यस पछि स्थानिय प्रशासनले युवा संघलाई उक्त कार्यक्रम नगर्न समेत सुझाएका थिए । मोरडका रंगेली मधेशी वाहुल्य क्षेत्र हुन ।
रंगेलीमा मधेशी आन्दोलनकारीहरु हिजो देखि नै प्रर्दशनहरु गर्दै आएका थिए । फोटो - सेतोपाटी


हिजो देखि नै कार्यक्रम गर्ने क्षेत्रलाई लक्षित गरेर मोर्चाले प्रर्दशनहरु सूरु गरे पछि अवस्था  तनावपुर्ण बन्दै गएको थियो । स्थानिय प्रशासनको आग्रहलाई अस्विकार गर्दै युवा संघले आज कार्यक्रम सुरु गरे लगतै त्यस क्षेत्रमा दाहोरो झडप हुन थाले पछि अवस्था तनावपुर्ण बन्न पुगेको स्थानिय अधिकारीहरु बताउछन । आज विहानै देखि ठुलो संख्यामा प्रर्दशनमा उत्रेका मधेशी आन्दोलनकारीहरुले कार्यक्रममा सहभागी हुन गइरहेको केहि वसहरु आगजनीहरु समेत गरेको अपृष्ट खवर छ । प्रहरी अधिकारीहरुले त्यस पछि युवा संघ र मधेशी आन्दोलनकारी विच उत्पन्न भएको् दाहोरो भिढन्त रोक्नका लागी वल प्रयोग गरेको जनाएको छ । मोर्चा सम्बद्ध स्रोतका अनुसार युवा संघको कार्यक्रममा सहभागी हुन गइरहेको दुई ओटा बसहरुमा मोर्चाले गरेको आगजनीमा समेत हाताहती भएको यद्यपी प्रहरी र यसवा संघले अहिले सम्म त्यसको विवरण सार्वजनिक गरेको छैन । युवा संघ तर्फको बसमा गरिएको आगजनी र आक्रमणमा कम्तीमा पनि दुई जनाको मृत्य भएको दावी मोर्चाको छ । स्थानिय अधिकारीहरुले अहिले सम्म त्यस वारेमा मुख खालेका छैन । खाली यती भनेका छन, दुइ तर्फा भिडन्तको अवस्था भए पछि हामी गोली चलाउन बाध्य भएका हौ , अन्यथा त्याहा मोर्चा र युवा संघ दुवै तर्फ ठुलो क्षती हुने अवस्था थियो ।

रंगेलीमा कार्यक्रम विथोलिए पछि युवा संघका अध्यक्ष परशुराम बस्नेत सहितको टोली विराटनगर फर्किरहदा विराटनगरको जलजला चौकमा प्रर्दश गरिरहेका मोर्चाका नेताहरु माथी संघातिक हमला समेत भएको मोर्चाले जनाएको छ । फोरम नेपालका नेता जयराम यादवका अनुसार बस्नेत नेतृत्व टोलीले विराटनगरको जलजला चौकमा त्यस क्षेत्रका चर्चीत मधेशी नेताहरु दिलीप धाडेवा सहित अन्य कर्या धाइते भएका छन । सदभावना पार्टीले आफनो फेसबुक पेज मार्फत त्याहा सदभावनाका केन्द्रिय प्रवक्ता संतोष मेहता समेत गम्भिर धाइते भएका छन । उनीहरुको विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।
रंगेली घटनाको विरुद्धमा आज साझ जनकपुरमा प्रर्दशन गर्दै. फोटो - मासको फेसबुक पेज

विराटनगरमा मधेशी आन्दोलनकारीहरुको मृत्यूको अवर फैलिए सगै तराई मधेशको अन्य जिल्लाहरुमा समेत विहिवार साझ देखि नै प्रर्दशनहरु त्यसको विरुद्धमा हुन थालेका छन । पछिल्लो समयमा शान्तीपुर्ण आन्दोलन पनि खुकुलो बन्दै गएको तराई मधेशमा यस घटना लगतै तनावको वातावरणहरु देखिन थालेका छन ।

रंगेली घटना लगतै मोर्चाका नेताहरुले सरकारी पक्षलाइ वार्ता चलीरहेको वेला यसरी घटना हुदा वार्ता प्रति गम्भिर असर पुग्ने चेतावनी दिएका छन ।

No comments:

Post a Comment