Wednesday, January 20, 2016

वार्ता अवरुद्ध भएको घोषणा संगै मधेशमा फेरी चर्कदै आन्दोलन ।


सरकारी पक्षसंगको वार्ता साकारात्मक नभएको भन्दै मोर्चाले कार्यदलीय स्तरमा अब वार्ता नहनु बताए सगै मधेशका जिल्लहरुमा प्रर्दशनहरु फेरी चर्कन थालेका छन । पछिल्लो समयमा मधेशका जिल्लाहरुमा बजारहरु खुल्न थालेका थिए भए स्थानिय स्तरमा यातायातहरु संचालनमा आउन थालेका थिए । तर सोमवार राती प्रमुख दलहरु र मोर्चाको कार्यदल स्तरमा वार्ता भंग भएपछि मधेशमा फेरी तनावको वातावरणहरु देखिन थालेका छन । विरगंज, गौर, मंलगवा, लहान, राजविराज, विराटनगर सहितका सहरुमा प्रर्दशनहरु भएका छन भने कतिपय ठाउहरुमा फेरी बजारहरु बन्द गराउने क्रम सुरु भएको छ । मोरडको रंगेलीमा आज दिनभर नै मोर्चाको प्रर्दशनका कारण अवस्था तनावपुर्ण बनेको थियो ।


पछिल्लो चरणमा प्रमुख दलहरु संगको कार्यदल स्तरमा वार्ता सारात्मक भएको भन्दै मोर्चाका नेताहरुले दिएको अभिव्यक्तिहरु संग मधेशमा गएको पांच महिना देखि अस्तव्यस्त रहेको जनजीविका सहज हुने आकंलन गर्न थालिएको थियो । तर मोर्चाले वार्ता प्रति प्रमुख दलहरु साकारात्मक नरहेको भन्दै  हिजो मंगलवार पत्रकार सम्मेलन गरेरै अव वार्ताको औचित्य कार्यदल स्तरमा नरहेको बताएका थिए । यद्यपी बुधवार बसेको प्रमुख दलहरुको शिर्ष नेताहरुको बैठकले भोली विहिवार मोर्चा संग फेरी बैठक गर्ने निर्णय गरेको छ । मोर्चाका नेताहरका अनुसार प्रमुख दलहरु मोर्चाको माग सम्बोधन गर्नु भन्दा पनि पेलेरै अघि वढने मुडमा रहेका कारण स्थ्तिी थप असहजता तर्फ उन्मुख हुन सक्छन । मोर्चाका शिर्ष नेताहरु काठमाडौमा नभएकाले पछिल्लो विकसित घटनाक्रममा वारेमा मोर्चाले आन्तरिक रुपमा ठोस छलफलहरु अघि वढाउन सकेका छैन ।
 
प्रमुख दलहरुले आउदो ९ गते मोर्चा संग सहमती नभए पनि काग्रेसले पेश गरेको दुई ओटा संशोधन प्रस्ताव पारित गराउने प्रक्रिया अघि वढाउने निर्णय आजै गरेका छन । काग्रेसको दुई ओटा प्रस्तावलाई मोर्चाले जस्ताको त्यस्ता अर्थात पेश गरिएकै भाषामा स्विकार नगर्ने यस अघि नै प्रष्ट पारि सकेका छन ।
 
मोर्चाले यस अघि नै ७ माघ सम्मको आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका थिए । मोर्चाका नेताहरु भन्छन, शिर्ष नेताहरु सवै बाहिर रहेका कारण अव छलफल गरे सम्भवतह अर्को हप्ता मात्रै मोर्चाको बैठक बोलाउने वारेमा गृहकार्यहरु थालिएको छ । पछिल्लो विकसित घटनाक्रममा मोर्चा समेत अन्योलमा देखिन्छ । यद्यपी मोर्चाका नेताहरु जिल्ला स्तरका प्रतिनिधीहरु समन्यवय गर्दै आन्दोलन वारेमा विस्तृत जानकारीहरु संकलन गर्नूको साथै अगामी दिनमा कसरी आन्दोदन उठाउदा राम्रो हुन्छ भन्ने वारेमा कामहरु गरेको देखिन्छ । 

No comments:

Post a Comment