Tuesday, January 19, 2016

यसरी अवरुद्ध भयो कार्यदलीय स्तरको वार्ता ।


मधेशी मोर्चा र प्रमुख दलहरु विचको कार्यदलीय स्तरको वार्ता आइतवार सक्दा दुवै तर्फका नेताहरुले सार्वजनिक रुपमै भनेका थिए, मोटामोटी रुपमा एउटा सहमतीय खाकामा हामी दुवै पक्ष पुगी सकेका छौ । एक चोटी शिर्ष नेताहरु संग छलफल गरेर भोली टुग्याउने गृहकार्यमा हामी रहेको बताएको कार्यदलीय स्तरको वार्ता सोमवार वेलुकि छलफलमै प्रवेश नगरी अन्त हुन पुग्यो । पछिल्लो समयमा कार्यदल स्तरमा चलेको छलफल साकारात्मक रुपमा अघि वढेको भन्दै चौतर्फी आशाहरु पलाएको थियो, अव गएको पांच महिना देखिको आन्दोलन विसाउछ कि अनि लथालिंग हुदै गएको सवै क्षेत्र पुन सक्रिय होला कि भनेर । तर त्यो आशा फेरी सपनामै सिमित हुन पुगेको छ । आखिर किन यत्रो साकारात्मक भनिएको वार्ता प्रक्रिया अवरुद्ध हुन पुग्यो  त ? सोमवार अवेर राती प्रमुख दलहरुको कार्यदलसंग वार्ताका लागीपुगेका मोर्चाका कार्यदल सदस्यहरु भन्छन, उहाहरु लाई आफनै शिर्ष नेताहरुको छलफलको निष्कर्ष हामीलाई सुनाउन एकदमै अप्ठायारो महसुस भइरहेको थियो । तर त्यसमा उहाहरुको के दोष, उहाहरुले सुनाउनु भयो हामी त्यो सुनेर कार्यदल स्तरमा जारी वार्ता प्रक्रियाको औचित्य अव सकियो भनेर फर्कियौ । मोर्चा कार्यदलका सदस्यहरु भन्छन, आन्दोलनरत मोर्चा वार्तावाट न त हिजो भागेका थिए, नत आज भागेका छन, नत भोली भाग्ने छन । पछिल्लो समयमा कार्यदल स्तरीय वार्ताको प्रमुख हर्ताकर्ता मोर्चावाट देखिएका थिए तमलोपा नेता हृदेश त्रिपाठी र पछिल्लो समयमा वार्तामा जान थालेका सदभावना सहअध्यक्ष लक्ष्मणलाल कर्ण । मंगलवार पत्रकार सम्मेलनमा त्रिपाठी र कर्णले कार्यदल स्तरमा भएको छलफलहरुको वारेमा वोली विस्तार समेत लगाए । तमलोपा नेता त्रिपाठी भन्छन,
 
सहमतीय खाका लीपीवद्ध हुन थालेपछि शिर्ष तहवाट वातावरण विथोलियो ।



तमलोपा नेता हृदेश त्रिपाठी
आइतवार वेलुकि सम्मको छलफलले हामी एउटा निष्कर्षमा पुगेकै थियौ । केहि समान्य असहमती वाहेक लगभग हामी सबै विषयलाइ एउटा टुगोमा पुर्याएका थियौ । असहमती रहेको मुख्य कुरा चाही थियो सिमाकनको लागी बनाइउने भनिएको राजनितीक सयन्त्रको वैद्यानिकताको सवाल र त्यसको कार्यविद्यि । तर हामी दुवै तर्फका कार्यदल स्तरमा त्यसवारेमा पनि एउटा विन्दू फेला पार्न सकिनेमा हामी दुवै पक्ष विश्वस्त थियौ । त्यही भएर हामी दुवै पक्ष सहमतीय खाकालाई लिपीवद्ध गर्न तर्फ अग्रसर भइसकेका थियौ । हाम्रो दुवै पक्षको कार्यदलका साथीहरुको एउटा समान बुझाइ के थियो भने, असहमती देखिएको कुरामा अली अलीतलमाथी गरेर दुवै पक्ष एउटा विन्दूमा उभिन सक्छौ । तर प्रमुख दलका कार्यदलका साथीहरुले एकचोटी शिर्ष नेताहरु संग छलफल गरेर असहमती रहेको कुरालाई अन्तिम रुपमा छिनोफाने गर्ने वताउनु भयो । हामीले त्यसलाई असमान्य रुपमा लिएनौ । तर जव सोमवार राती हामी वालुवाटार पुग्यो कुराहरु सवै विपरित भइसकेका रैछन । सोमवार साझ प्रमुख दलहरुको शिर्ष नेताहरुको बैठक भयो वालुवाटारमा, जसमा प्रमुख दलका कार्यदल साथीहरु समेत हुनुहुन्थयो । उक्त वैठक पश्चात हामी संगको कार्यदल वैठकमा प्रमुखदलका कार्यदल सदस्यहरुले उक्त बैठकवारेमा विफ्रिग गर्नु भयो । उहाहरुले हामीहरु संग वार्ता र छलफल गरेका्े सम्पुर्ण कुराहरुवाट पछाडी फर्केको वताउनु भयो । उहाहरुले निष्कर्षमा काग्रेस सरकारको पालामा दर्ता भएको दुई ओटा संशोधन विद्येयक जस्ताको त्यस्तै पारित गरेर अघि वढदै अरु कुरा पछि मिलाउदै जाने कुरा गर्नु भयो । जुन कुरा गर्न स्वयम कार्यदलका सदस्यहरुलाई अत्यन्तै अप्ठायारा महसुस भइरहेको हामीले महसुस गर्यौ ।
 
तीन दलको शिर्ष नेताहरुको बैठकमा यती सम्म कुरा भएको रै छ कि हालै काग्रेसले पेश गरेका संशोधन विद्येक माथीको थप संशोधन पनि पार्टीमा सल्लाह भएर सस्दमा दर्ता भएका छैन रे अनि त्यसमा एमाले संग त झनै केहि कुरा भएको थिएन अनि उहाहरुले त्यसमा कसरी अघि वढन सकिन्छ भनेर प्रश्न उठाउदै अस्विकार गरेको जानकारी हामीलाई गराइयो । हामीले कार्यदल स्तरमा भएको छलफलमा सदनमा पेश गरिएको दुई ओटा संशोधन विद्येयक माथी थप दर्ता गराइएको संशोधन प्रस्तावमा समान्इ हेरफेर गरे मोर्चा त्यसलाई मान्न तयार हुने कुरा बताएका थियौ । तर उहाहरु पुरानैलाई मात्रै अघि वढाउने कुरा गर्नु भयो । अनि त्यस वाहेक अहिले संीवद्यानमाअन्य कुनै हेरफेर गर्न उहाहरु तयार नरहेको पनि हामी काईदल सदस्यहरुवाटै थाहा पायौ । उहाहरु राजनितीक सहमती मात्रै गर्दै अघि वढन खोज्नु भएको रहेछ । हामीहरु संविद्यान संशोधनको कुरामा थियौ । त्यसमा हामी वेकारमा कार्यदल स्तरमा कुरा गर्नूको कुनै तुक छै्रन भनेर त्याहा वाट फर्कियौ ।
 
लक्ष्मण लाल कर्ण भन्छन -  ठुलो विश्वासका साथ अघि वढेका थियौ, उहाहरुले त्यो बुझन सक्नु भएन ।  
सदभावना सहअध्यक्ष लक्ष्मणलाल कर्ण 
कार्यदल स्तरको वार्ता प्रक्रियाको आन्तरिक एउटा मुख्य खेलाडी त्रीपाठी संगै सदभावना नेता कर्ण पनि हुन । हुनत सदभावना पार्टी कार्यदलमा सुरुमा सहभागी थिएन । तर कर्णको भुमिका चाही सधै महत्वपुर्ण नै थियो । पछिल्लो समयमा कार्यदलको बैठकहरुमा उनी सहभागी हुन थालेका थिए । उनी भन्छन, हामी धेरै मेहनत गरेर धेरै अगाडी वढीसकेका थियौ । प्रमुख दलहरुका शिर्ष नेताहरुले यो मुलुकलाई फेरी निकाश दिन चाहदैनन भन्ने मेरो वुझाइ छ । लगभग हामी सहमतीको अन्तिम विन्दूमा थियौ । तर सोमवारको शिर्ष नेताहरुको बैठकले यो संविद्यानलार्ए चलाउनु हुन्न भनेर निष्कर्ष निकालेका रै छन । हामी बेकारमा यती मेहनत गर्यौ जस्तो लाग्न थालेका छन । कार्यदल स्तरको छलफल मोर्चाले अघि सारेको ११ बुदे मागलाई समबोधन गर्ने गरी ठोस रुपमा मुर्त रुप लिइसकेको थियो । केहि प्राविद्यिक कुरामा मात्रै हामी विच वेमेल थियो । जसलाई मिलाउन सकिन्छ भन्नेमा हामी दुर्व कार्यदल विश्वस्त थियौ । तर कार्यदलले गरेको कामलाई तीन दलका शिर्ष नेताहरले आत्मसाथ नगर्दा अन्नतह सोमवार राती दुवै पक्ष विचको संवाद अन्तय हुन पुग्यो । उहाहरु अर्थात प्रमुख तीन दलका शिर्ष नेताहरु यो संविद्यान संशोधनको पक्षमा छैन भन्नेमा हामी हिजो राती प्रष्ट भएका छौ । काग्रेसले पेश गरेको दुई वुदे संशोधन प्रस्तावले हाम्रो मागलाइृ सम्बोधन गर्दैनन, वरु त्यसले समावेशीता र निर्वाचन क्षेत्र व्यवस्थालाइृ थप गिजोल्छन । त्यसैले पछिल्लो समयमा दर्ता भएको थप संशोधनको दर्ताहरुमा टेकेर केहि गर्न सकिने आधारहरु थियो । त्यसैले हामी अघि वढेका थियौ । तर हिजो उहाहरुले प्रष्ट रुपमा भन्नु भयो कि दर्ता भएको थप संशोधन प्रस्तावहरु काग्रेस पार्टीले गराएका छैनन । केहि नेताहरुले वयक्तिगत रुपमा मात्रै दर्ता गराउनु भएको छ । त्यसको सवामित्व लिन काग्रेस तयार देखिएनन । एमाले झन त्यसवारे अनभिज्ञ छ रे । मधेशमा जारी आन्दोलन नयां सविद्यान प्रति असन्तुष्टि वाट सुरु भएको छ । यसलाइ सशोधन नगरी यसको सम्बोधन हुन सकिदैनन । 

No comments:

Post a Comment