Monday, January 18, 2016

मोर्चा कार्यदलद्धारा वार्ताको औचित्य सकिएको भन्दै छलफल वहिष्कार ।


निर्णयक भनिएको प्रमुख दलहरु र मधेशी मोर्चाको सोमवारको वैठक मोर्चाको कार्यदलले वहिष्कार गर्दै अव वार्तामा नआउने चेतावनी दिएका छन । आइतवार कार्यदल स्तरमा भएको वार्तामा प्रमुख दलहरुको कार्यदलले शिर्ष नेताहरु संग छलफल गरेर सोमवार टुग्याउने भनेका थिए । मोर्चा र प्रमुख दलहरुको कार्यदल स्तरको वार्ता सुरु हुनु पर्व आज साझ प्रमुख दलहरुको शिर्ष नेताहरुको बैठक बसेको थियो । उक्त बैठक विना निष्कर्ष सक्दै भोली फेरी छलफल गरेर बैठक गर्ने निष्कर्ष निकालेका थिए । प्रमुख दलहरुको शिर्ष नेताहरुको बैठक सके वितिकै वालुवाटारमै कार्यदल स्तरको वैठक सुरु भएको थियो । कार्यदलको बैठकमा प्रमुख दलहरुको कार्यदल सदस्यले आज शिर्ष बैठक वारेमा बिफ्रिगं गरेका थिए । त्यसलगतै मोर्चाका कार्यदल सदस्यहरुले त्यसो भए अव उपरान्त आफुहरु वार्ताका लागी नआउने भन्दै त्याहावाट हिडेका थिए । मोर्चाका कार्यदल सदस्य लक्ष्मणलाल कर्ण भन्छन, कार्यदल स्तरको बैठककको अव औचित्य समाप्त भइसकेको हाम्रो निष्कर्ष छ । कर्ण भन्छन, प्रमुख दलहरुका कार्यदल सदस्यहरुले जहिले पनि शिर्ष नेताहरु संगको छलफल पछि यसो गर्ने उसो गर्ने भन्दै समय काटन थालेको हाम्रो बुझाइ छ, कर्ण भन्छन, त्यसो भए हामीले उहाहरुलाई प्रष्ट रुपमा आज भनेर आएका छौ, उसो भए अव शिर्ष तहमै छलफल वा वार्ता गर्नु होला ।
 
किन फेरी विग्रदै छन कुरा ।


गएको पांच महिना देखि मधेशमा आन्दोलनरत मधेशी मोर्चा र प्रमुख दलहरु विचको वार्ता फेरी विग्रन थालेको संकेत मोर्चाले गरेका छन । मोर्चाका नेताहरु भन्छन, प्रमुख दलहरु काग्रेसको दुई ओटा संशोधन प्रस्ताव वाहेक अन्य विषयलाई संीवद्यान संशोधन गरेर अघि वढने मनस्थ्तिीमा देखिएनन । संघियताका लागी उहाहरुले तीन महिने राजनितीक सयन्त्र मार्फत गरौ भन्नु भयो, हामीले मान्न तयार भयौ तर उक्त सयन्त्रको वैद्यानिकता देखि कार्यक्षेत्रको वारेमा उहाहरु खुलेर कुरा गर्न चाहन्नु हुन्न, मोर्चाका कार्यदल सदस्यहरु भन्छन, हामी वार्तामा लचकताका साथ प्रस्तुत भएका छौ भन्दैमा उहाहरुले जे जे भन्नु हुन्छ त्यो सवै जस्ताको त्यसतै मान्न सकिन्न । आन्दोलनको अघि सारेको एजेन्डाको सम्बोधन एउटा तह मार्फत हुनै पर्छ, त्यसमा सम्झौता हुने कुरा आउदैनन ।
 
मोर्चा उच्च स्रोतका अनुसार प्रमुख दलहरु खास गरी सरकारी तहवाट भारतीय पक्ष सामु गरिएको प्रतिवद्धतालाई समेत वार्ताको क्रममा पालना नभएको देखिए पछि मोर्चाका नेताहरुले आज अव वार्तामा नआउने जानकारी प्रमुख दलहरुलाइ गराएका छन । सरकारी पक्षले भारतीइ पक्षहरु सामु काग्रेसको संशोधन प्रस्तावमा मोर्चालाई मिलाइ दिदा आफुहरु सघियताको सिमाकन हेरफेर गर्ने ठोस आधार सहित अघि वढने प्रतिवद्धता जनाएका थिए । त्यही स्वरुप भारतीय पक्षले मोर्चालाई पछिल्लो समयमा लागातार वार्तावाट नहटन आग्रह गर्दै आएका थिए ।
 
मोर्चा स्रोतका अनुसार प्रमुख दलहरु संघियताको सिमाकंन हेरफेरका लागी तयार नदेखिएका कारण मोर्चा वार्तावाट अलगीएको जानकारी आज सरकारी पक्षलाई गराएर वालुवाटारवाट फर्केका छन ।
 
पछिल्लो समयमा कार्यदल स्तरमा मोर्चाले संघियताको सिमाकंनको हेरफेरका लागी वनाइने सयन्त्रको संवैद्यानिक मान्यता सहत त्यसको प्रष्ट कार्यविद्यि अहिले नै बनाउनु पर्नै अडान राख्दै आएका थिए । मोर्चाले सयन्त्रको संवैद्यानिक मान्यताका लागी त्यसलाई सविद्यानमै उल्लेख गर्नु पर्ने र कार्यक्षेत्रमा विगतको राज्यपुर्नसंरचना समिती र आयोगको सिफरिसमा मधेशमा वढीमा २ प्रदेश बनाउने व्यवस्था कायम गर्न माग गर्दै आएका थिए । आज साझ वालुवाटारमा बसेको प्रमुख दलहरुको शिर्ष नेताहरुको बैठकले २ प्रदेश उल्लेख हुनु पर्ने मोर्चाको माग स्विकार गर्न नसकिने निष्कर्ष निकालेका थिए । त्यस लगतै बसेको कार्यदल बैठक मोर्चाले वहिष्कार गर्दै मोर्चाले अव वार्तामा नजाने जनाएका छन ।

No comments:

Post a Comment