Sunday, January 17, 2016

कार्यदल स्तरमा सहमतीय खाका बन्यो । भोली शिर्ष नेताहरु संगको छलफल पछि औपचारिकता दिने तयारी ।



पछिल्लो समयमा कार्यदल स्तरमा भइरहेको वार्ताले आइतवार आन्दोलनरत पक्ष र प्रमुख तीन दल विच हुने सहमतीको खाका अन्तिम रुपमा बनाइरहेको नेताहरुले बताएका छन । आइतवार मोर्चा र प्रमुख तीन दलको कार्यदल बैठकमा संघियताको लागी वनाइने राजनितीक सन्यत्रको वारेमा दुवै पक्ष विच सहमती जुटे पछि सहमतीय खाका वनाएर शिर्ष नेताहरु समकक्ष पेश गर्ने तयारीमा कार्यदल जुटेको छ । आइतवारको कार्यदल वैठक पछि सदभावना सहअध्यक्ष लक्ष्मण लाल कर्णले भने, राजनितीक सयन्त्रको टिओआरको वारेमा दुवै पक्ष विच मोटामोटी सहमती जुटेको छ । प्रमुख दलहरुको कार्यदलले भोली शिर्ष नेताहरुसंग छलफल गरेर फेरी एकचोटी बस्न भनेकाले सहमतीय खाका अन्तिम स्वरुप भोली पाउने कर्णले बताए । कर्णले राजनितीक सयन्त्रणको टिओआरको वारेमा दुवै पक्ष विच कस्तो सहमती भएको छ त्यो भने खुलाएनन । उनले भने, दुवै पक्षले आआफना कुराहरु राखे पछि टिओआरमा एउटा मोटामोटी सहमतीय विन्दू हामीले फेला पारेका छौ । स्रोतका अनुसार मोर्चाको प्रस्ताव अनुसार प्रमुख दलहरु संघियताका लागी बनाइने राजनितीक सयन्त्रलाई संवैद्यानिक मान्यता कसरी दिन् वारेमा अन्तिम छलफल निष्कर्षमा पुगीसकेको छैन । पछिल्लो समयमा आन्दोलनरत मधेशी मोर्चा र प्रमुख दलहरु विच कार्यदल स्तरमा वार्ताहरु धनिभुत रुपमा हुदै आएका थिए । मोर्चा र प्रमुख दलहरु विच कायृदल स्तरमा वार्ता सुरु भए लगतै प्रमुख दलको राजनिती सयन्त्रको प्रस्ताव माथी मोर्चाले साकारात्मक संकेत गरेपछि वार्ता साकारात्मक रुपमा अघि वढेको थियो ।  दिउसो भएको मोर्चा र प्रमुख कार्यदल विचको सहमती अनुसार हस्ताक्षारको लागी अन्तिम सहमतीको दस्तावेज बनाउने दुवै पक्ष आइतवार अवेर राती सम्म एउटा गोप्य बैठकमा रहेको स्रोतको दावी छ । 


मोर्चा र प्रमुख दलहरुको आइतवारको कार्यदल बैठकले भोली दुवै शिर्ष नेताहरुसंग आज भएको सहमती वारेमा छलफल गरेर भोली सोमवार ३ वजे फेरी बैठक गर्ने निर्णय गरेको थियो । वार्ताको क्रममा मोर्चाले बुझाएको ११ बुदे मागमा सात ओटा संविद्यान संशोधनसंग सम्बन्धीत थियो भने चार ओटा सरकारी स्तरवाट गर्नु पर्ने कामहरु थियो ।
 
स्रोतका अनुसार संघियताको सन्दर्भमा राजनितीक सयन्त्रलाइ संवैद्यानिक मान्यता दिदै त्यसको टिओआर अहिले नै प्रष्ट पार्दै काग्रेसको पेश गरेको संशोधन पैस्तावमा मोर्चाको सहमती अनुसार परिमार्जन गर्ने दुवै पक्षविच सहमती भएको छ । त्यसैगरी नागरिकताको सवालमा अन्तरिम सविद्यानमा भएको व्यवस्था पुर्नव्यवस्था गर्न पनि सहमती बनेको नेताहरुले बताएका छन ।
 
काग्रेसले पेश गरेको दुई ओटा संशोधन प्रस्ताव समानुपातिक समावेशीता र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र संग सम्बन्धीत छन । मोर्चासंग कै सल्लाहमा अघिल्लो हप्ता मात्रै काग्रेसले फेरी त्यसमा केहि पुनं संशोधनका लागी दर्ताहरु गराएका थिए ।
 
मोर्चा र प्रमुख दलका कार्यदलले आज भएको विस्तृत सहमतीको वारेमा केहि वताउन चाहेका छैनन । एक नेताले भने, शिर्ष नेताहरुसंगको छलफलमा समान्य हेरफेरको पनि सम्भावना बाकी रहेकाले दुवै पक्षले सहमतीमको विस्तृत खाकावारेमा मुख खोलेका छैनन ।
 
सदभावना अध्यक्ष महतो काठमाडौमा  ।
 


गएको पांच महिना देखि आन्दोलनरत मोर्चाका एक घटक सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आज काठमाडौ फर्किएका छन । महतो पछिल्लो हप्ता देखि दिल्लीमा उपचार गराइ रहेका थिए । ११ पुषमा महतो प्रहरीको कुटाइवाट विराटनगरमा धाइते भएका थिए । काठमाडौमा मोर्चा र प्रमुख दलहरु विचको कार्यदल स्तरमा सहमती भइरहदा महतो काठमाडौ आइपुगेका हुन । 

No comments:

Post a Comment