Saturday, January 16, 2016

मधेशी मोर्चा र प्रमुख दल सहमती नजिक । भोली सम्म टुगो लाग्ने सम्भावना ।


गएको पाच महिना देखि आन्दोलनरत मधेशी मोर्चा र प्रमुख दलहरु विच अन्नतह सहमती नजिक पुगेको मोर्चा सम्बद्ध नेताहरुले बताएका छन । अनौपचारिक तथा औपचारिकतहमा पछिल्लो समयमा धनिभुत भएको छलफल निष्कर्ष उन्मुख रहेका र सहमतीय खाका भोली सम्म टुगो लगाउने अन्तिम कसरत चलीरहेको नेताहरुले बताएका छन । आज दिउसो ३ बजे पछि मोर्चा र प्रमुख दलहरुको कार्यदल विच झण्डै पांच घण्टा सम्म चलेको बैठकले धेरै कुराको टुगो लगाइसकेका छन ।  आजको बैठकमा प्रमुख तीन दलले मोर्चाले अघि सार्दै आएको संघियताको सिमाकंन हेरफेर गर्नका लागी बनाइने समितीको टोओआर प्रस्तुत गरेको मोर्चाको नेताहरुले बताएका छन । संघियता वाहेक अन्य विषयमा प्रमुख दलहरु र मोर्चा यस अघि नै एक प्रकारको सहमतीय खाका नजिक पुगीसकेका थिए । मोर्चा कार्यदलका नेता हृदेश त्रिपाठी भन्छन, प्रमुख दलहरुले आजको ल्याएको सिमाकंन समितीको टिओआरमा हामीले केहि करेक्सन गर्न भनेका छौ, उहाहरुले त्यसलाई भोली ल्याउने कुरा गर्नु भएको छ । भोली नै सहमतीमा चाही हस्ताक्षर भइहाल्छ भन्ने होइन तर उहाहरु आज भएको छलफल अनरुप आउनु भयो भन्ने सहमतीय खाकाको लगभग अन्तिम टुगो लाग्न सक्ने सम्भावना रहेको त्रिपाठीले बताए । मोर्चाको कार्यदलमा आफनो प्रतिनिधी नदिएको मोर्चाका एक घटक सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मण लाल कर्ण समेत आजको कार्यदल बैठकमा सहभागी भएका थिए । कर्ण भन्छन, संघियता सहित हामीले प्रस्तुत गरेको ११ ओटै बुदाहरु माथी निष्कर्ष उन्मुख छलफलहरु चाही अघि वढेको छ । एक दुई दिन भित्रै टुगो लाग्ने सम्भावना अत्यद्यिक छ । प्रमुख दलहरु र मोर्चाको विचमा विषयगत रुपमा भईरहेको छलफलवारेमा यस अघि नै सार्वजनिक टिप्पणी नगर्ने सहमती भएकाले नेताहरुले प्रमुख दलहरुले के ल्याएको र त्यसमा मोर्चाले थप के गर्न भनेर आज भनेका छन भन्ने वारेमा मुख खोलेका छैन । त्रिपाठी र कर्ण दुवैले त्यसवारेमा भने, त्यो अहिले नभनौ, पक्ष र विपक्षमा त्यसमा मत सिर्जना गरे पछि वार्तामा बस्नेलाई अप्ठायारो हुन्छ । कार्यदलको बैठक भोली २ बजे फेरी बस्दै छन ।



मोर्चा र प्रमुख दलहरुको कार्यदल स्तरमा भएको आजको छलफल अघि प्रमुख दलहरु र मोर्चा दुवैको आन्तरिक छलफल छुटा छुटै भएको थियो । विहान प्रधानमन्त्री निवासमा भएको प्रमुख दलहरको छलफलले मोर्चाले भन्दै आएको टोओआरको टुगो लगाएका थिए । प्रमुख दलहरुको उक्त बैठक सकिने वितिकै तमलोपा पार्टी कार्यलयमा मोर्चाका सवै घटकहरुको बैठक बसेको थियो । बैठकमा कार्यदलका सदस्यहरुले वार्ताको क्रममा भएको सवै कुराको जानकारी गराएका थिए । तमलोपा पार्टी कार्यलयमा १२ बजे बसेको मोर्चाको बैठकमा कार्यदलका तीन ओटै सदस्यहरु सहित तमलोपा अध्यक्ष महन्थ ठाकुर, सदभावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, मनिष सुमन, फोरम नेपालका मंगलसिद्धि मनान्धर लगायतका नेताहरु उपस्थित थिए । मोर्चाको बैठकमा काग्रेसले पेश गरेको संशोधन प्रस्ताव मोर्चाको सल्लाहमा थप परिमार्जन गर्न प्रमुख दलहरु तयार रहेको, नागरिकताको सवालमा अन्तिरम संविद्यान अनुसारको व्यवस्था गर्र्ने र संघियताका लागी बनाइने राजनितीक समितीलाई संवैद्यानिक रुप दिन प्रमुख दलहरु तयार भइसकेकाले अव वार्ता निष्कर्ष उन्मुख रहेको बताइएको थियो । मोर्चाका कार्यदलले राजनितीक सन्यत्रको लागी बनाइउने टिओआर वारेमा प्रमुख दलहरुले अनौपचारिक रुपमा जानकारी गराएको कुराहरुमाथी छलफल समेत भएको थियो ।

मोर्चाका नेताहरुका अनुसार प्रमुख दलहरु टोओआरमा विगतमा बनेको राज्यपुर्नसरचना समिती र आयोगको सिफरिसलाई सन्दर्भ साम्रगकिो रुपमा राख्न तयार भएको बताइएको थियो । साथै मोर्चाले भन्दै आएको आन्दोलनरत मोर्चाको सहमतीमा सिमांकन हेरफेर गर्न प्रमुख दलहर उल्लेख गर्न तयार छन । मोर्चाको बैठकमा नेताहरुले कार्यदललाई राज्यपुनंसरचना समिती र आयोगको सिफरिसलाई सन्दर्भ साम्री भन्दा पनि आधार बनाउने कुरा उल्लेख गराउनका लागी आफनो स्टयान्ड राख्न सुझाएका थिए । 

मोर्चा भित्रियाहरु भन्छन, कार्यदल स्तरको वार्ता सम्भवतह भोली र नत पर्सी सम्ममा अन्तिम टुगो लाग्दै छन । जसले पांच महिना देखि आन्दोलनरत मधेश मोर्चा र प्रमुख दलहरु विच सहमतीपत्रमा हस्ताक्षर हुनेछ ।

सम्भवतह पछिल्लो घटनाक्रमको विकास भए पछि नै होला गएको दुई हप्ता देखि दिल्लीमा उपचार गराइरहेका सदभावना अध्यक्ष राजेन्द्र महतो भोली काठमाडौ फर्कदै छन । तर हिजो विहान अचनाक छातीमा दर्द उठेपछि तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादव उपचारका लागी दिल्ली आज लागेका छन । त्यसैगरी पछिल्लो १ महिना देखि स्वास्थमा फेरी समस्या देखिएका तमलोपा अध्यक्ष महन्थ ठाकुर पनि भोली वेलुकि दिल्ली जाने तयारीमा छन । ठाकुर अघिल्लो हप्ता नै दिल्ली जाने तयारी गरीसकेका थिए तर वार्ता प्रक्रिया अघि वढे पछि उनी गएनन । ठाकुर र यादव काठमाडौमा नरहदा पनि सहमतीमा हस्ताक्षरका लागी समस्या नपर्ने एक कार्यदल सदस्यको भनाई छ । यो प्राविद्यिक कुरा हो, हामी त्यसलाई मिलाइ हाल्छौ । मुख्य कुरा समस्या समाधान हो, ती नेता भन्छन, भोली ठाकुरजी जानु भन्दा अगावै लगभग एउटा तहको कुरा अन्तिम टुगोमा लागी सक्छन ।

No comments:

Post a Comment