Wednesday, January 13, 2016

वार्ता प्रति मधेशको प्रतिक्रिया - कतै उत्साह त कतै आशंका

मधेशमा अहिले पनि विभिन्न विरोध प्रर्दशनहरु जारी छ ।

पछिल्लो समयमा प्रमुख तीन दल र आन्दोलनरत मधेशी मोर्चा विच कार्यदल स्तरमा भइरहेको वार्ता साकारात्मक रुपमा अघि वढीरहेको समाचारहरु आइरहदा मधेशमा त्यस प्रति भिन्न भिन्न प्रतिक्रियाहरु देखिएका छन । गएको पांच महिना देखि मधेशमा लागातार आमहडताल र विरोधका कार्यक्रमहरु हुदै आएका छन । मधेशी मोर्चाले वार्ता अघि वढे पनि आन्दोलनका कार्यक्रमहरु जारी राखेका छन । त्यसैले मधेशका सहर वजारहरुमा अहिले पनि कुनै न कुनै विरोधका कार्यक्रमहरु जारी रहेको देखिन्छ । वरु वार्ता सारात्मक रुपमा अघि वढेको समाचारहरु आए लगतै स्थानिय स्तरमा आन्दोलनकारीहरु व्यापारी विच एक खालको समझादारीमा स्थानिय स्तरमा बजारहरु खुल्न थालेका छन भने सार्वजनिक यातायातका साधनहरु पनि चल्न थालेको देखिन्छ । तर वार्ता प्रति स्थानिय आन्दोलनकारीहरु र आम मधेशीहरुको चासो भन्ने अत्यद्यिक देखिन्छ । कपिलवस्तूलाई केन्द्र वनाएर पश्चिमी मधेशमा मानवअधिकारको क्षेत्रमा काम गर्दै आएका एक जना मधेशी अगुवा रवि ठाकुर भन्छन, यत्रोमा आन्दोलनमा होमिएको मधेशीहरुमा एक किसिमको निराशापन वढी देखिन्छ । ठाकुर भन्छन, मधेशी युवाहरुमा शान्तिपुर्ण आन्दोलनप्रतिको विश्वास दिन प्रति दिन कम हुदै गएको देखिन्छ । ठाकुरका अनुसार हाल प्रमुख दलहरु र मोर्चा विच जारी वार्ता प्रक्रियावाट मधेशीहरु फेरी उद्यारो सम्झौता गर्न लागेको भन्दै बजार देखि चौकचौराहा सम्म विभिन्न खाले टिकाटिप्पणीहरु सुन्नमा पाइन्छ ।


पुर्वी मधेश क्षेत्रको एउटा प्रमुख सहर जनकपुर तर्फ भन्ने वार्ता प्रति दुई किसिमको धारणहरु देखिएको स्थानियहरु बताउछन । जनकपुर क्षेत्रमा आन्दोलनको एक जना अगुवा युवा सरोज मिश्र भन्छन, आन्दोलन लामो भइसकेकाले एकथरीमा अव यो वार्ताले यसलाई टुग्यिउदा हुन्छ भन्ने देखिन्छ साथै आन्दोलनकारीहरु युवाहरुमा चाही मधेशी नेतृत्वले उद्यारोमा सम्झौता नगरिदिए हुन्छ भन्ने ठुलो भावना पनि देखिन्छ । मधेश अधिकार संघर्ष समितीका संयोजक समेत रहेका मिश्र भन्छन, आन्दोलन लामो समय सम्म भएकाले आम मानिसमा परेको अप्ठायाराका कारण एउटा धारणा अव यो सकियोस भन्ने छ, जुन सानो स्वरमा देखिएका छन । उनी भन्छन, मधेशको ठुलो जमात अहिले पनि मधेशी नेतृत्वहरु अडेर मधेशको मुद्धा सम्बोधन गराउनु पर्छ भन्ने नै छ ।
 
आज देखि खुलेको बाराको कलैया वजार


विरगंजका एक जना स्थानिय शिक्षक उत्तम गुप्ताका अनुसार काठमाडौमा वार्ता साकारात्मक रुपमा अघि वढेको समाचार आए देखि स्थानिय स्तरमा मधेशी मोर्चाका नेताहरु आन्दोलनको मोर्चा वाट गायव देखिएका छन । वास्तवमा भन्ने हो भन्ने पछिल्ला तीन चार दिन यता विरगंजमा मोर्चाका स्थानिय नेताहरु समेत देखिएका छैनन, गुप्ता भन्छन, आम मधेशी अन्योलाको अवस्थामा देखिन्छ । विरगंज क्षेत्रका आम मधेशी अहिले पनि आन्दोलनको सश्क्क्त मुडमै छन, गुप्ता भन्छन, तर आन्दोलनकारीहरुको रवैयाले उनीहरु निराश देखिन थालेका छन । वार्ता प्रति आम मधेशीमा मधेशी नेतृत्व प्रति विश्वास नरहेको गुप्ताको बुझाई छ । उनी भन्छन, वास्तवमा भन्नु हुन्छ भन्ने कुनै राम्रो विकल्पका साथ कुनै मधेशी अगाडी आए यती चाडै मधेशमा नयां शक्ति निर्माण हुन्छ कि त्यो भन्न सकिन्न ।
 
आन्दोलनको सुरु देखि नै आफनो गृह जिल्लामा सुनसरीमा रहेर पुर्वी भेगको आन्द्योलनमा सक्रिय सदभावना पार्टीका प्रवक्ता संतोष मेहताका अनुसार वार्ता प्रकिया प्रति मधेशमा दुई ओटा धारहरु देखिएका छन । मेहता भन्छन, आम मधेशीहरु र अली पढे लेखेका मधेशीहरुको धारणा भिन्न देखिन्छ । आम मान्छे बन्द हडताल अव खोली दिए हुन्छ जस्तो देखिन्छ, मेहता भन्छन, तर पढेका लेखेका आम मध्यवर्गीय मधेशीहरु वार्ताको नाममा फेरी कतै मधेशलाई ठग्ने काम त भइरहेको छैन भन्ने धारणा प्रगट गरिरहेका छन ।
 
मधेशी मार्चाले आन्दोलनको कार्यक्रमहरु आउदो ७ माघ सम्मका लागी अघिल्लो शनिवार नै घोषणा गरेका थिए । त्यस अनुरुप मधेशका जिल्लाहरुमा विभिन्न विरोधका कार्यक्रमहरु जारी छन । कतिपय ठाउहरुमा स्थानिय आन्दोलनकारीहरुले स्थानिय स्तरमै घोषणा गरेको विरोध कार्यक्रमहरु समेत भइरहेको देखिन्छ । त्यसैगरी  अर्को तर्फ संघिय गठवन्धनको विरोध कार्यक्रमहरु पनि मधेशमा जारी नै छन । तर पछिल्लो समयमा अघिल्लो हप्ता देखि कार्यदल स्तरमा वार्ता अघि वढे पछि मधेशका धेरै जसो ठाउमाहरुमा बजारहरु र स्थानिय स्तरमा यातायातहरु आन्दोलनकारीहरुकै सहमतीमा सुचारु हुन थालेका छन ।
 
आज वाट मात्रै सुचारु भएको वाराको कलैया वजार वारेमा स्थानिय मधेशी युवा नेता संतोष यादव भन्छन, हामीले स्थानिय व्यापारी र आन्दोलनकारुी विच एउटा सहमतीमा आज देखि वजार खुल्ला गर्ने निर्णय गरेका छौ । यादव भन्छन, वार्ता सारात्मक रुपमा अघि वढेकाले व्यापारीहरु संग केहि दिनका लागी अहिले बजार खोल्ने निर्णय गरेका छौ । उनी भन्छन, केहि गरी विचमा भएन भने फेरी उहाहरुले आफैले पुर्ववत अवस्थामा बन्दहडताल जारी राख्ने सहमती गरेका छन । 

No comments:

Post a Comment