Sunday, January 10, 2016

मधेशी मोर्चा - 'पर्ख र हेर' को अवस्थामा


प्रमुख दलहरु र मधेशी मोर्चाको कार्यदल स्तरमा छलफल हुन थाले पछि गएको पांच महिना देखि लामो आन्दोलनको सम्बोधन चाडै होला भन्ने चर्चाले व्यापकता पाएको देखिन्छ । स्वयंम मोर्चाका कार्यदलमा सम्मलीत कतिपय नेताहरुले वार्ता साकारात्म्क रुपमा अगाडी वढेका कारण अवस्था चाडै सहमती उन्मुख हुन सक्ने आकंलन सहितको अभिव्यक्तिहरु वाहिर दिन थालेका छन । त्यसैले कतै सधै छलफलका लागी छलफल जस्तो देखिने वार्ता परिणामुखी होला कि भन्ने आशा वढन थालेको देखिन्छ । कार्यदल स्तरमा र संसदमा काग्रेसले पेश गरेको संशोधन विद्येयक माथी थप संशोधनका प्रस्तावहरु परे पछि पछिल्लो समयमा मोर्चाको बैठक प्रभावित भएको समेत देखियो ।  गएको विहिवार देखि हिजो शनिवार सम्म चलेको मोर्चा बैठकले जारी संवादको वारेमा गहन समिकक्ष समेत गरे । र संवादलाइ जारी राख्दै नया आन्दोलनको कार्यक्रमहरु घोषणा गरे । पछिल्लो समयमा मोर्चाको संवाद प्रक्रिया देखि बैठक सम्मको कार्यक्रमहरुमा सहभागी एक नेता भन्छन, आन्दोलनरत मधेशी मोर्चा अहिले पर्ख र हेरको अवस्थामा छन । वाता प्रक्रिया एक पाइला अगाडी वढेकै हो, मोर्चाका शिर्ष नेता भन्छन, तर सहमती भइहाल्ला वा सहमतीको फ्रेमवर्क कस्तो हुने हो त्यसका लागी कम्तीमा पनि एक हप्ता कुर्नै पर्ने हुन्छ ।
 
मोर्चा नेताले पढे पछि दर्ता भयो काग्रेसको तीन प्रस्ताव

हाल चर्चामा रहेको संसदमा पेश गरिएको संशोधन विद्येयक माथीको थप संशोधन प्रस्तावहरु दर्ता गराउनु पर्व काग्रेसका नेताहरुले आन्दोलनरत मोर्चालाइ पठाएको खुलेका छन । मोर्चा स्रोतका अनुसार काग्रेसको तर्फवाट सूरुमा एउटा मात्रै प्रस्ताव मोर्चाको आन्तरिक सहमतीमा दर्ता गराउने गृहकार्य थियो । तर पछि काग्रेस र मोर्चा विच हाल संवाद पुलको काम गरीरहेको केहि नेताहरुले तीन ओटा प्रस्तावहरु लिएर गएका थिए । काग्रेसका ती संवाद पुलहरुले मोर्चालाइ तीन ओटै प्रस्ताव पढेर एउटामा साकारात्मक संकेत खोजेका थिए । तर मोर्चाका नेताहरु पढेर तीन ओटैलाइ ठिकै छ भन्ने पछि उनीहरुले मोर्चा संग सम्भावित सहमतीको खोजीका लागी तीन ओटैलाई दर्ता गराइएको बुझिइएको छ ।

काग्रेस र मोर्चा विचको संवाद पुलको रुपमा पछिल्लो समयमा विमलेन्द्र निधि देखि विद्याधर मल्लिक सहित पुर्वसभामुख दमननाथ ढुगाना समेत आन्तरिक यस्ता गृहकार्यहरुमा सामेल रहेको बुझिइएको छ । त्यसका साथै पछिल्लो हप्तामा काठमाडौमा रहेका भारतका लागी नेपाली राजदुत दिपकुमार उपाध्याय समेत यस काममा ढौडधुप व्यापक गरेको कतिपय नेताहरु बताउछन ।
 
बन्नलान सहमतीय फ्रेमवर्क ।
 
विहिवार मधेशी मोर्चाको बैठक तमलोपा पार्टी कार्यलयमा सरु हुनै लाग्दा संसदमा काग्रेसको तर्फवाट विमलेन्द्र निधि, परमुल्लाह मन्सुर र मिनेन्द्र रिजालले तीन ओटा थप संशोधनको प्रस्तावहरु पेश गरेका थिए । त्यही प्रस्तावका कारण शुक्रवारको मोर्चा बैठक पुर्ण रुपमा प्रभावित हुन पुग्यो । शुक्रवार विहान ११ वजे मोर्चाको बैठक पुर्व मोर्चाका चारै शिर्ष नेताहरु भारतीय राजदुत संग भेटघाट गर्न पुगे । उक्त भेटघाटको मुख्य विषय नै ती थप संशोधनका प्रस्तावहरु थिए । एक शिर्ष नेताका अनुुसार भारतीय पक्षले विमलेन्द्र निधिले दर्ता गराएको प्रस्ताव माथी वढी केन्द्रित भएर कुराकानी गरेका थिए । मोर्चाका धरै नेताहरु निधि लगायत कग्रेसको पछिल्लो तीन ओटै थप प्रस्ताव वारेमा पुर्ण जानकार समेत थिएन । त्यही भएर उक्त भेट पछि मोर्चाको बैठक स्थगीत हुन पुग्यो शुक्रवार । भारतीय राजदुतसंगको भेटघाटमा सहभागी एक नेता भन्छन, भारतीय पक्षले मोर्चाका नेताहरु त्यसको आधारमा सहमतीको सम्भावना भए त्यसलाई हेर्न सुझाएका थिए र त्यसमा प्रमुख दलहरु तर्फ केहि भनसुन गर्नु परे आफुहरुलाइ त्यो भन्न मोर्चाका नेताहरुलाइ आग्रह गरेका थिए । पछिल्लो समयमा मोर्चा र प्रमुख दलहरु विचको संवाद प्रक्रियामा भारतीय पक्ष मध्यस्ताको भुमिकामा देखिएका छन ।
 
उक्त पश्चात शनिवार बसेको मोर्चा बैठकमा पनि प्रमुखताका साथ त्यही विषयमा कुराकानी भएको नेताहरु बताउछन । शनिवारको बैठकमा कतिपय नेताहरुले विमलेन्द्रै निधि भन्दा मिनेन्द्र रिजालको प्रस्तावलाई पनि थप साकारात्मक भन्दै चित्रण गरेका थिए । तर मोर्चा स्रोत भन्छन, यो सवै कुरा फेरी पनि सघियताको सिमाकंन संग पनि गम्भिर रुपमा जोडिन पुगेका छन । त्यही भएर होला मोर्चाले भारतीय पक्षलाई यो कुराको अवगत गराएर आफना अगामी आन्दोलनका थप कार्यक्रमहरु घोषणा गर्न पुगे ।
 
मोर्चाका भित्रियाहरु भन्छन, कार्यदल स्तरमा चलीरहेको संवादको क्रममा संघियताका लागी प्रमुख दलहरुले अघि सारेको राजनितीक संयन्त्रको प्रस्तावमा मोर्चाले खोजेको टिओर मुख्य कुरा छ । मोर्चाले कार्यदल मार्फत र अनौपचारिक रुपमा प्रमुख तीन दलका शिर्ष नेताहरु भनिसकेका छन, राजनितीक संयन्त्र मार्फत जान सकिन्छ तर त्यस मार्फत पुर्व देअि पश्चिम सम्मको मधेशलाई दुइ प्रदेश हुने छन भन्ने कुराको ग्यारेन्टी संबैद्यानिक रुपमा अहिले नै हुनु पर्छ । मोर्चाका एक नेता भन्छन, यसका लागी पनि मोर्चाले दुइ ओटा प्रस्ताव कार्यदल स्तर र शिर्ष तहमा राखी सकेका छन । पहिलो, हाल विववादमा देखिएको झापा, मोरड, सुनसरी र कैलाली तथा कन्चनपुर मधेश तथा थरुहट प्रदेशमा आउने सुनिश्चिता टिओर मार्फत नै गराउने । दोस्रो पहिलो संविद्यानसभाको पालामा वनेको राज्ज पुर्नसंरचना समिती र आयोगको सिफरिस बमोजिम तराई मधेशमा दुई ओटा प्रदेश हुने कुरा टिओरमा उल्लेख गराएर त्यसको संवैद्यानिक ग्यारेन्टी गराउने ।
 
यस प्रस्तावको वारेमा प्रमुख दलहरुले ठोस सम्म ठोस जवाफ दिइ सकेको अवस्था छैन । मोर्चाका भित्रियाहरु भन्छन, यसको वारेमा कस्तो कुरा हुन्छ सहमतीय फ्रेमवर्कको सम्भावना त्यही मापनमा हुने छ । वार्ता मार्फत संवादको पाइला एक कदम अगाडी वढे पनि मोर्चा पुरै विश्वस्त छ्रैन । कार्यदल सदस्य तथा मोर्चाका एक जना नेता रामनरेश राय भन्छन, विगतमा पनि यी यस्ता छलफल र कुराकानी नभएका चाही होइन तर जव सम्म प्रमुख दलहरु यसलाई स्विकार गर्न तयार हुदैन तव सम्म मिली हाल्छ भन्न सकिन्न ।  
 
मोर्चाका कतिपय भित्रियाहरु भन्छन, संवाद गम्भिर रुपमा अगाडी वढेका कारण मार्चा पर्ख र हेरको विन्दूमा उभिएको छ । सम्भवतह यो हप्ताको अन्तिम सम्ममा यसको एउटा प्रष्ट तस्वीर आउन सक्छ ।

No comments:

Post a Comment