Saturday, January 9, 2016

मधेशी मोर्चा द्धारा थप आन्दोलनको कार्यक्रमहरु घोषणा ।



पछिल्लो दुइ दिन देखि लागातार स्थगीत हुदै आएको मधेशी मोर्चाको आजको बैठकले अगामी माघ पहिलो हप्ता सम्मका लागी कार्यक्रमहरु घोषणा गरेका छन । विहिवार र शुक्रवार तमलोपाको पार्टी कार्यलयमा बसेको मोर्चाको बैठक स्थगीत हुदै आएको थियो । शनिवार फोरम नेपालको पार्टी कार्यलयमा बसेको मोर्चा बैठकले आमहडताल, नाका केन्द्रित धर्ना लगायतका पुर्ववत कार्यक्रमहरुलाइ यथावत राख्दै नया कार्यक्रमहरु घोषणा गरेका छन । मोर्चाले घोषणा गरेको कार्यक्रमहरुमा प्रर्दशन, लाठी जुलुस देखि गाउ नगर तहको सभाहरु छन ।


गएको साढे चार महिना देखि आन्दोलनरत मोर्चा वार्ता प्रति सरकारी पक्ष गम्भिर नदेखिएको आरोप समेत लगाएका छन । पछिल्लो समयमा प्रमुख दलहरु संग कार्यदल स्तरमा वार्ता चलीरहेको वेला मोर्चाले प्रमुख दलहरु अझै पनि मोर्चाको ११ बुदे मागलाई सम्बोधन गर्न तयार नरहेको प्रष्टाएका छन । आजको बैठक पश्चात मोर्चाले विज्ञिप्त जारी गर्दै औपचारिक र अनौपचारिक तहमा २५ पटक भन्दा वढी भएको वार्तामा समेत प्रमुख दलहरु मधेश प्रति स्पष्ट दृष्टिकोणका साथ आउन नसक्नु दुखद भएको बताएका छन ।

No comments:

Post a Comment