Friday, January 8, 2016

भारतीय राजदुतसंगको भेट पछि मधेशी मोर्चा अनिर्णत । केहि दिन पर्खन रे को आग्रह ।


आज बस्ने भनिएको मधेशी मोर्चाको बैठक कुनै विषयमै प्रवेश नगरी स्थगीत भएको छ । मोर्चाले बैठक स्थगीतको कारण औपचारिक रुपमा राष्टसंघिय उच्चअधिकारी संगको भेटलाई भनेका छन । राष्टसंघिय महासचिवको विशेष दुतको रुपमा हिजो काठमाडौ आइपुगेका उच्चअधिकारीहरु संग शुक्रवार दिउसो मोर्चाका नेताहरुको बैठक थियो । तर त्यसकै लागी भने मोर्चाको बैठक स्थगीत भएको होइन । मोर्चा उच्च स्रोतले बताए अनुसार शुक्रवार विहान मधेशी मोर्चाका शिर्ष नेताहरु संग भारतीय राजदुत रन्जित रेको बैठक भएको थियो । बैठकमा मोर्चाका चारै पार्टीका शिर्ष नेताहरु सहभागी थिए । तमलोपा अध्यक्ष महन्थ ठाकुर, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमसपाका महेन्द्र यादव र सदभावनाका सहअध्यक्ष लक्ष्मण लाल कर्ण राजुदत रे संगको बैठकमा सहभागी थिए । मोर्चा स्रोतका अनुसार भारतीय राजदुत रन्जित रेले मोर्चाका शिर्ष नेताहरुलाई केहि दिन पर्खिन दिन आग्रह गरेका कारण मोर्चाल्े आजको बैठक स्थगीत गरेका हुन । आजको बैठकमा मोर्चाका एक शिर्ष नेताले भारतीय राजदुत रेले हामीहरु आफनो ढंगले कुराकानी गरिरहेको र तपाइृहरुले यसमा सहयोग स्वरुप केहि दिन पर्खिए दिए यसले व्यवस्थानको सुत्र फेला पार्न सजिलो हुने बताएका थिए । एक मधेशी शिर्ष नेताका अनुसार राजदुत रेले सरकारी सहित प्रमुख दलहरुले भारतीय पक्षसामु आफुहरु जारी आन्दोलनलाई सम्बोधन गर्न तयार रहेको भन्दै यसमा विशेष भुमिका खेली दिन भनेका रैछन ।
 
मोर्चाका एक शिर्ष नेताका अनुसार भारतीय राजदुतले मोर्चाका शिर्ष नेताहरुलाई प्रमुख दलहरुको संवादमा बसीरहन आग्रह गर्दै भारतीय पक्ष प्रमुख दलहरुसंग गम्भिर रुपमा छलफलमा जुटेको बताएका थिए । केहि दिन पर्खनुस, भएन भने तपाइृहरु आफनो ढंगले फेरी आन्दोलनलाई निरन्तरता दिनु होला, तर छलफल आन्त्रिक रुपमा गम्भिर ढंगले भईरहेका कारण मोर्चा आन्दोलनको औपचारिक कार्यक्रमहरु घोषणा नगरिदिदा यसले थप सहजता पैदा हुने विश्वास भारतीय पक्षले गराएका थिए ।


भारतीइ राजदुत रे संग भेटेर मोर्चाको पुर्व निर्धारित बैठकका लागी मधेशी नेताहरु तमलोपा पार्टी कार्यलय पुग्ने वितिकै भारतका लागी नेपाली राजदुत दिपकुमार उपाध्याय  महन्थ ठाकुर र उपेन्द्र यादवसंग सुयुक्त रुपमा भेटनका लागी तमलोपा पार्टी कार्यलय पुगेका थिए । उपाध्यायले ठाकुर र यादवसंग संयुक्त रुपमा आधा घण्टा जती छलफल गरेका थिए । पछिल्लो एक हप्ता देखि भारतीय केहि अधिकारीहरु सहित उपाध्याय काठमाडौमा सक्रिय छन । विपी कोईराला फाउन्ेडसनको कार्यक्रममा औपचारिक सहभागीताका लागी काठमाडौ उत्रिएका उपाध्याय सहितका भारतीय अधिकारीहरु सुरु देखि नै उच्च स्तरीय राजनितीक संवादमा सक्रिय छन ।
 
उपाध्याप सहितको भारतीइ अधिकारीहरु गएको शनिवार काठमाडौ आए लगतै अवरुद्ध    प्रमुख दलहरु र मोर्चाको संवाद गएको आइतवार देखि सुचारु भएको थियो । आइतवारको प्रमुख दलहरुको वैटक पुर्व पनि  भारतीय राजदुत रे र नेपाली राजदुत उपाध्यायले महन्थ ठाकुर र एमाओवादी नेता प्रचण्डसंग भेटवार्ता गरेका थिए ।
 
मोर्चा स्रोतका अनुसार संमिाकंन आयोग मार्फत टुग्यांउनेमा प्रमुख दलहरुको सुनिश्तिता भारतीय पक्षले आफनो सामु  ठोस रुपमा गराएर काग्रेसले पेश गरेको संशोधन प्रस्तावमा अन्तिर संविद्यान बमोजिम अगाडी वढाउन खाजेका छन । काग्रेस नेता विमलेन्द्र निधि लगायतका काग्रेसकै अन्य नेताहरुले पेश गरेको थप संशोधन मार्फत हुन्छ कि नयां प्रस्ताव बनाउनु पर्छ भन्नेमा गृहकार्यहरु थालिएको छ ।
 
मोर्चाका एक शिर्षका अनुसार एमालेले भारतीय पक्ष सामु केहि दिनका लागी समय माग गरेका कारण भारतीइ राजदुत रेले मोर्चालाई केहि दिन पर्खन आज विशेष्या आग्रह गरेका छन ।  ती शिर्ष नेता भन्छन, हामी पनि पुर्ण ढक्क भइसकेको अवस्था छ्रैन र भारतीय राजदुत पनि पुर्ण विश्वासका साथ भइहाल्छ भन्नु भएको होइन तर प्रमुख दलहरुले अग्रसरता देखाएका कारण त्यसलाइ पर्खन लागेका हौ । मोर्चाले आज स्थगीत गरेको बैठक कहिल्यै बस्छ भन्ने कुरा औपचारिक रुपमा केहि बताएका छैन । नेताहरुले भोली बस्न सक्ने बताउदै बैठक स्थलवाट वाहिरिएका थिए ।

No comments:

Post a Comment