Thursday, January 7, 2016

मोर्चा बैठकमा कार्यदलको रिर्पोटिंग - धेरै साकारात्मक नहोउ


हालै प्रमुख दलहरु र मोर्चाले वार्ताको लागी कार्यदल बनाएर पछि उक्त कार्यदलले हिजो देखि जारी मधेश आन्दोलनको सम्बोधन वारेमा छलफल सुरु गरेका छन । कार्यदलले आज मधेशी मोर्चाको बैठक बस्ने भए पछि कतिपयले त्यसलाई लक्षित गरेर छलफल सुरु वढाएको बताएका थिए । हिजो साझ र आज विहान गरी दुई पटक भएको कार्यदल स्तरको छलफलहरु वारेमा आज बसेको आन्दोलनरत मोर्चाको बैठकमा त्यस वारेमा रिर्पोटिंग भयो । कार्यदल स्तरको छलफलको वारेमा बैठकमा तमलोपा नेता हृदेश त्रिपाठीले रिर्पोटिंग गरेका थिए । बैठक स्रोतका अनुसार त्रिपाठीले हिजो र आज प्रमुख तीन दलविच भएको छलफल वाट उत्साहित हुने अवस्था नरहेको निष्कर्ष सुनाएका थिए । बैठक स्रोत भन्छन, काग्रेस केहि साकारात्मक देखिए पनि विश्वासिलो आधार उसले पनि दिन नसकेको, एमाले आफनो पुरानै अडानमा र एमाअओवादी दाहोरो अवस्थामा देखिएको त्रिपाठीले बताएका थिए । कार्यदल स्तरमा भएको छलफलमा आज विहान मात्रै काग्रेसको तर्फवाट संघियताका लागी तीन महिना आयोगको प्रस्ताव आएको थियो । त्रिपाठीले कार्यदलमा हिजो र आज भएको छलफलमा विगतमा भएको अनौपचारिक कुराकानीहरु भन्दा भिन्न केहि नरहेको प्रष्टाएका थिए
 

आन्दोलनको समिकक्षा हुदै ।


आज अपरान्ह बसेको मोर्चा बैठक भोली ११ बजे फेरी बस्दै छन । आजको बैठकमा सुरुमा कार्यदलले छलफलहरुको वारेमा रिर्पौटंग गरेका थिए । त्यस पछि बैठकमा गएको साढे चार महिना देखि जारी आन्दोलनको वारेमा समिकक्षा सुरु भएको छ । आन्दोलनको सुरु चरण देखि पछिल्लो समयमा विकसित सबै घटनाक्रमहरु माथी विस्तृतमा समिकक्षा भएकाले भोली फेरी बैठक डाकिएको नेताहरु बताउछन । मोर्चा गठन हुदा जस्तोसुकै आपसमा मतभेद भए पनि मोर्चाका कुनै पनि घटकको विरुद्धमा एक अर्कोले नाकारातम्क टिकाटिप्पणीहरु सार्वजनिक रुपमा नगर्ने उल्लेख थियो । तर पछिल्लो समयमा मोर्चाकै कतिपय शिर्ष नेताहरुकै तहमा एक अर्का विरुद्धको विवादहरु सतहमा देखिएका थिए । त्यो संगै आन्दोलन लम्बिदै जादा देखिएको केहि समस्याहरु सहित अन्य सवै पक्षहरु माथी गम्भिर समिकक्षाहरु भइरहेको नेताहरुले बताएका छन । समिकक्षा पश्चात मात्रै नयां रणनिती वनाएर अघि वढने शिर्ष नेताहरुको बुझाइ भएको मोर्चाका नेताहरुले बताएका छन । दोस्रो तहका नेताहरु पछिल्लो केहि दिन यता अगामी आन्दोलनको कार्यक्रमहरु बनाए पनि आज त्यसको वारेमा छलफल नै हुन सकेन । मोर्चाका नेताहरु भन्छन, पहिला समिकक्षा गरेर मात्रै अगामी कार्यक्रमहरुको वारेमा छलफल हुनेछ । आजको बैठकमा मोर्चा भित्र एक अर्का विरुद्ध देखिएको विभिन्न आरोप प्रत्यारोप नगर्न नेताहरु विच अनौपचारिक सहमती भएको बुझिएको छ ।

माघ सम्म यथास्थतीमै  आन्दोलन गर्ने र त्यस पछिको तयारीमा मोर्चा

जारी आन्दोलनको समकक्षा पश्चात मोर्चाले अगामी केहि हप्ताको केन्द्रिय कार्यक्रहरु सार्वजनिक गर्ने छ । मोर्चाका भित्रियाहरुका अनुसार मौसम प्रतिकुलताका कारण आन्दोलन माघ मसान्त सम्म यथास्थितीमा रहने निष्कर्ष मोर्चाका दोस्रा तहका नेताहरुले निकालेका छन । अव फेरी आन्दोलनले उचाइमा उठने भनेको फागुन देखि नै हो । तर आन्दोलनको कार्यक्रमहरु केन्द्रवाट दिइराख्दा तल्लो स्तरमा उत्साह कायम रहने भएकाले केन्द्रिय कार्यक्रमहरु एक पछि अर्को दिइ राख्ने रणनितीमा छन मोर्चा । अहिलेको कार्यक्रमहरु समान्य जुलुस, प्रर्दशन लगायतका नै हुनेछ , मोर्चा स्रोत भन्छन, आन्दोलनलाई सफल बनाउने गरी उत्कर्ष केन्द्रित बनाउनका लागी फागुनको पहिलो हप्ता देखि सुरु गर्ने योजनामा छन मोर्चा । नाका केन्द्रित धर्नाहरु, आम हडतालहरु जारी राख्दै अहिले समान्य प्रकृतिकै विरोध कार्यक्रमहरु मोर्चाले बनाउदै । तर गाउ गाउ स्तरमा फागुन देखि फेरी ठुलो संख्यामा नागरिकहरुलाई सदरमुकामहरुमा उतार्न र काठमाडौ केन्द्रित आन्दोलन पनि उठाउने वारेमा छलफलहरु भइरहेको वुझिइएको छ । कतिपय भित्रियाहरुका अनुसार फागुनमा काठमाडौमा १० लाख मधेशीहरुलाई उतारेर प्रर्दशन गराउने वारेमा आन्तरिक छलफलहरु अघि वढाइएको छ ।

No comments:

Post a Comment