Wednesday, January 6, 2016

विहारमा सतारुढ गठवन्धनको आयोजनामा मधेश वारे विशेष कार्यक्रम हुदै । आन्दोलनरत शिर्ष नेताहरुलाई निम्तो ।

विहारका सतारुढ गठवन्धनका एकजना प्रभावशाली नेता केहि हप्ता अगाडी सिमाक्षेत्रको एउटा कार्यक्रममा

जारी मधेश आन्दोलनको वारेमा बिहारको पटनामा आउदो १० जनवरीमा बिशेष कार्यक्रमको आयोजना हुदै छ । कार्यक्रम विहारमा हालै चुनाव जितेका लालु प्रसाद यादव र मुख्यमन्त्री नितिशकुमारको पार्टीहरुको गठवन्धनले आयोजना गर्दै छन । १० जनवरीमा ओयोजनमा गरिने उक्त कार्यक्रममा बिहारका सतारुढ प्रमुख नेताहरु सहित मधेशमा आन्दोलनरत दुई ओटै मोर्चाका शिर्ष नेताहरु सहभागी हुने छ । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर सहित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शिर्ष नेताहरु उक्त कार्यक्रमका लागी आमन्त्रित छन भने संघिय गठवन्धनवाट नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झा, तराई मधेश राष्टिय अभियानका जेपी गुप्ता लगायतका शिर्ष नेताहरुलाई आमन्त्रण गरिएको मधेशी पार्टीहरुले पुष्टि गरेका छन । केहि हप्ता अघि मात्रै विहालका सतारुढ एक जना शिर्ष नेता रघुवंश प्रसाद सिंह आफै सिमावर्ती क्षेत्रहरुमा घुमेर तराई मधेशका स्थानिय आन्दोलनकारीहरु  संग अन्तक्रिया कार्यक्रमहरु गरेका थिए ।

भारतीय पुर्व केन्द्रिय मन्त्री समेत रहेका सिह लालु प्रसाद यादवको पार्टीका एक जना प्रभावशाली नेता हुन । सिंहले हालै सिमावर्ती क्षेत्र घुमेर आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा सिमापारीका नागरिकहरुले जारी मधेश आन्दोलनमा कसरी सहयोग गर्न सकिन्छ भन्ने वारेमा स्थानिय मधेशी नेताहरुको राय संकलन समेत गरेका थिए ।

गएको साढे चार महिना देखि मधेशमा जारी आन्दोलन मौसम प्रतिकुलताका माझ विषम परिस्थतीवाट ग्रुजिरहेको सन्दर्नमा विहारको पटनामा हुन लागेको यो कार्यक्रमलाई महत्वका साथ हेरिएको छ । भारतीय नेता रघुवंश प्रसाद सिंहले सिमाक्षेत्रको भ्रमणको क्रममा केहि दिन अघि जारी मधेश आन्दोलनलाई सफल बनाउन आफुहरु १० लाख भारतीय लाई लिएर काठमाडौ सम्मको यात्रा गर्ने सक्ने जस्ता चेतावनीयुक्त भाषणहरु गरेका थिए ।
 
क्रस बोर्डर आन्दोलन वारे चर्चा हुने ।
 
नयां संविद्यानमा सिमांकन सहित अन्य आफना मुद्धाहरुलाई सम्बोधन नभएको भन्दै आन्दोलनमा होमिएको मधेशले पांच महिना हुनै लाग्दा पनि प्रमुख दलहरु सरकारी पक्षले त्यसलाई सम्बोधन गर्ने कुनै छाटकाट देखाएका छैन । यस्तो अवस्थामा कतिपय आन्दोलनकारी अगुवाहरु स्वयंम जारी आन्दोलन विषम परिस्थ्तीवाट गु्रज्रीरहेको बताउने गरेका छन । नाका केन्द्रित कार्यक्रमहरु खासगरी मौसम प्रतिकुलताका कारण पछिल्लो समयमा आम मधेशीहरुको उपस्थिती कम हुदै गएको देखिन्छ । स्वयंम मधेशी मोर्चाका पनि कतिपय भित्रियाहरु माघ सम्म आन्दालन पुरानै अवस्थामा फर्कन नसक्ने बताउने गरेका छन । त्यही भएर होला मोर्चाका कतिपय शिर्ष नेताहरु माघ सम्म आन्दोलनलाई यथास्थ्तिीमा जलाउने र त्यस पछिको लागी भिषण तयारी अहिले देखि थालिसकिएको बताउछन ।
 
यस्तो परिस्थतीको वावजुद मोर्चाका कतिपय नेताहरुका अनुसार पछिल्लो समयमा विहारका सतारुढ दलहरुको जारी आन्दोलन प्रति देखिएको साहनुभुतिलाई क्रस बोर्डर आन्दोलनको रुपमा समेत अघि वढाउने वारेमा छलफलहरु भईरहेको छ । जस अन्र्तगत सिमापारीका विहार र उत्तर प्रदेशका नागरिहरु पनि नाका केन्द्रित मधेशी पार्टीहरुको विरोध कार्यक्रममा उच्च संख्यामा सहभागी भइ नेपाल भारतको सवै नाकाहरुलाई पुर्ण रुपमा ठप्प पार्ने जस्ता कार्यक्रमहरु गर्नेवारेमा छलफल भइरहेको छ । आउदो १० जनवरीमा पटनामा हुन लागेको जारी मधेश आन्दोलनको सन्दर्भको यो कार्यक्रममा यो विषयमा समेत गहिरो छलफल हुन सक्ने बुझिइएको छ ।
 
महन्थ ठाकुर दिल्ली हुदै पटना जाने तयारीमा
 
बिहारको सतारुढ गठवन्धनको शिर्ष नेताहरुको उपस्थितमा हुने विशेष कार्यक्रमहरुमा मोर्चाका एक जना शिर्ष अगुवा महन्थ ठाकुर समेत जाने तयारी गरिरहेको बुझिएको छ । यद्यपी ठाकुरको जाने नजाने सुनिश्चित भइसकेको छैन । तर ठाकुर निकटस्तहरुका अनुसार उनी जाने वारेमा आज आफना केहि निकटस्तहरु संग छलफल गरेका छन । भोली २ वजे संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक वोलाइएको छ । ठाकुरजी भोली वेलुकि मात्रै यस वारेमा अन्तिम निर्णयमा पुग्ने बताइएको छ । ठाकुरको नियमित स्वास्थय चेकजाच समेत दिल्लीमा हुने भएकाले उनी पर्सी विहान दिल्ली जाने सक्ने र त्यही वाट पटनामा कार्यक्रममाा सहभागी हुने मनस्थ्तिीमा छन  ।
 
पछिल्लो समयमा मोर्चाकै एक घटक सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो समेत दिल्लीमै उपचारार्थ छन । महतो विराटनगर र धरानमा अस्पतालमा भर्ना हुदा ठाकुर सहितका मोर्चाका शिर्ष नेताहरु उनलाई भेटन नजादा त्यसको चौतर्फी आलोचना समेत भइरहेको छ । त्यही भएर ठाकुर दिल्ली गएर आफुनो उपचारको संगै त्यही अस्पतालमा रहेको महतोलाई समेत भेटघाट गर्ने मनस्थितीमा छन । महतो आज दिल्लीमा अस्पतालवाट डिस्चार्ज भए पनि डाक्टरकै निगरानीमा दिल्ली मै छन । तर ठाकुरको दिल्ली कार्यक्रम आज अवेर साझ सम्म निश्चित भईसकेको छैन । उनका केहि निकटस्तका अनुसार भोली मोर्चाको बैठक पश्चात मात्रै ठाकुरले अन्तिम निर्णय गर्ने बताइएको छ ।

No comments:

Post a Comment