Tuesday, January 5, 2016

मधेशी मोर्चा द्धारा छुटै कार्यदलको घोषणा । कार्यदलप्रति सदभावनाको एक्यवद्धता । अगामी रणनितीको आन्तरिक तयारीमा मोर्चा ।


प्रमुख तीन दलको आग्रहलाई अस्विकार गर्दै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आफनो तर्फवाट छुटै कार्यदल बनाएको घोषणा गरेको छ । गएको आइतवार प्रमुख तीन सहित मोर्चाको बैठकमा प्रमुख दलहरुले आन्दोलनको मागलाई सम्बोधन गर्नका लागी संयुक्त कार्यदल बनाउने प्रस्ताव गरेका थिए । प्रमुख दलहरुले आफनो तर्फवाट उक्त कार्यदलमा सहभागी हुनेहरुको नाम सहित बैठकमा उपस्थिती भएर मोर्चालाई त्यसमा सहभागी हुने नेताहरुको नाम मागेका थिए । मोर्चाले बैठकमा आफुहरु पछि छलफल गरेर यसवारेमा निर्णय गर्ने जनाएका थिए । त्यस पछि मोर्चाको दुई दिन देखि लगातार भएको अनौपचारिक छलफलको आधारमा प्रमुख दलहरुको कार्यदलमा नबस्ने निष्कर्ष निकाल्दै वरु उक्त कार्यदलसग संवाद गर्न आफनो तर्फवाट तीन सदस्यीय कार्यदलको घोषणा गरेका छन । मंगलवार काठमाडौ स्थित तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यलयमा पत्रकार सम्मेलन गरेर मोर्चाले आफनो तीन सदस्यीय कार्यदलको घोषणा गरेका थिए । पत्रकार सम्मेलनमा उपल्बध गराइएको विज्ञप्तिमा मोर्चाको तर्फवाट तमलोपा अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गरेको विज्ञिप्तमा तमलोपा नेता हृदेश त्रिपाठी, फोरम नेपालका राजेन्द्र श्रेष्ठ र तमसपाका रामनरेश राय सहभागी रहेको रहेको तीन सदस्यीय कार्यदल बनाएको उल्लेख गरिएको छ । 


कार्यदल घोषणा गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा तमलोपा नेताहरु त्रिपाठी, बृषेशचन्द्र लाल र सदभावनाका महासचिव मनिष सुमन उपस्थ्ति थिए । पत्रकार सम्मेलनमा कार्यदलमा सहभागी समेत  रहेका तमलोपा नेता त्रिपाठीले आफुहरुको कार्यदलले प्रमुख दलहरुले बनाएको कार्यदल संग मोर्चाको ११ बुदे मागको वारेमा छलफल गर्ने बताए । उनले भने, अव वल उहाहरुको काटमा छ, कति वेला बोलाउनु हुन्छ, हामी त्यसलाई पर्खेर बसेका छौ । त्रिपाठीले आन्दोलनको पुर्ववत कुनै पनि कार्यक्रममा हेरफेर नभएको भन्दै थप विरोधका कार्यक्रमहरु मोर्चा एक दुई दिनमै सार्वजनिक गर्ने तयारीमा जुटेको बताए । मोर्चा संवादवाट कहिल्यै पनि भागेका छैन, त्यसैले हामीले आफनो तर्फवाट यो छुटै कार्यदल बनाएका छौ तर यसको अर्थ यो होईन कि हामी आन्दोलनवाट पछि हटेका छौ । पत्रकारहरुको जिज्ञासामा त्रिपाठीले मोर्चाको नाकाकेन्द्रित धर्ना र आमहडताल जस्ता पुर्ववत कार्यक्रममा कुनै परिवर्तन नभएको बताउदै केन्द्रिय स्तरमा थप विरोधका कार्यक्रमहरु चाडौ सार्वजनिक गर्ने तयारीमा मोर्चा रहेको प्रष्टाए ।
 
कार्यदलप्रति सदभावनाको एक्यवद्धता  
मोर्चाले घोषणा गरेको तीन सदस्यीय कार्यदलमा मोर्चाका एक घटक सदभावना पार्टीको प्रतिनिधित्व नभएको भन्दै चौतर्फी चासो व्यक्त हुनु स्वभाविकै हो । तर घोषणा गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा सदभावना पार्टीका महासचिव मनिस सुमन स्वयंम उपस्थ्ति थिए । पत्रकारहरुको प्रश्नको जवाफमा सुमनले मोर्चाले घोषणा गरेको कार्यदल आफुहरुको समेत समर्थनमा घोषणा गरिएको जनाए । उनले भने, हामीले पार्टीगत तहमा सरकारले माफी नमागे सम्म छलफलमा नबस्ने भनेका छौ, यसको अर्थ मोर्चा संवादमै जानु हुदैन भन्ने होइन । मोर्चाको तर्फवाट घोषणा गरिएको कार्यदलमा हामी पनि छौ, हाम्रो सक्रिय सहभागी यसको काममा रहने छ, सुमनले भने, हामीले पार्टीगत रुपमा घोषणा गरेका मात्रै यसमा शारिरिक रुपमा उपस्थित भएनौ । आजको मोर्चाको अनौपचारिक बैठकमा समेत सहभागी सुमनले मोर्चाको हरेक गतिविधीमा आफुहरुको स्वामित्व रहेको दावी गरे । पछिल्लो समयमा सदभावना अध्यक्ष महतो माथी प्रहरी आक्रमण भए पछि मोर्चा भित्र विभिन्न तहमा विवादहरु देखिएका थिए । यद्यपी मोर्चा कुनै पनि हालतमा नछाडने सदभावना पाटीृले प्रष्ट पारिसकेका छन ।
 
मोर्चा अगामी रणनिती बनाउदै
 
गएको आइतवार प्रमुख दलहरुले वार्ताका लागी कार्यदल बनाउने प्रस्ताव ल्याए पछि मोर्चाले आफनो छुटै कार्यदल बनाउनुले अर्थ बोक्छन । मोर्चाका नेताहरु भन्छन, प्रमुख दलहरुआन्दोलनको पांच महिना हुनै लाग्दा पनि सम्बोधनका लागी तयार नरहेको र आलटार गरीरहेको बताउछन । मुद्धामा कुरा नै हुदैन अनि आज यो त भोली त्यो भनेर समय काटीरहेको देखिन्छ । तर संवादवाट पुरै टाढिए अन्तराष्टिय जतहमा गलत सन्देश जाने भन्दै आफनो तर्फवाट छुटै कार्यदल बनाएको घोषणा गरेका छन । यस्तो अवस्थामा अब मोर्चा आन्दोलनलाई कसरी अगाडी बढाउने वारेमा विभिन्न तहमा मोर्चाले आन्तरिक छलफलहरु गरिरहेको छ । मोर्चाका केहि शिर्ष नेताहरु काठमाडौ वाहिर रहेकाले औपचारिक बैठकहरु  हुन सकेका छैन । मोर्चाका नेताहरु भन्छन, शिर्ष नेताहरु भोली सम्म आउने कार्यक्रम छ । त्यसैले सम्भव भयो भने भोली वेलुकि नै अथवा पर्सी मोर्चाको औपचारिक बैठक डाकिने छ । जसले मोर्चाको अगामी रणनितीहरुको वारेमा छलफल गर्नुको साथै अगामी केहि हप्ताका लागी थप विरोधका कार्यक्रमहरु घोषणा गर्ने छन ।

1 comment: