Sunday, January 3, 2016

मोर्चा र प्रमुख तीन दलको बैठक फेरी निष्कर्ष विहिन

कसरी बस्यो आइतवारको वालुवाटार सर्वपक्षिय बैठक ।


 
लामो समय देखि अवरुद्ध प्रमुख तीन दल र आन्दोलनरत मोर्चाको बैठक आइतवार भए पनि कुनै निष्कर्ष उन्मुख नदेखिएको नेताहरुले बताएका छन । लामो अन्तराल पछि सवै पक्षको बैठकमा सरकारी पक्षले फेरी पुन पुरानै रोडम्याप दोह्याएको मोर्चाका नेताहरुले बताएका छन । बैठकमा सहभागी तमसपाका नेता राम नरेश राय भन्छन, उहाहरु फेरी पुरानै कुरा गर्नु भयो, काग्रेस संशोधन विद्येयक पास गर्ने र संघियताको सन्दर्भमा तीन महिना राजनितीक आयोग बनाएर अघि वढौ । राय भन्छन, उहाहरुले पुरानै कुरा भने पछि हामीले पनि आफनो पुरानै अडान दोहउदै बैठक सकाएर फर्केका छौ । रायले भने, हाम्रो तर्फवाट ठाकुरजीले ११ बुदेको ठोस जवाफ मागे पछि उहाहरुले अमुर्त रुपमा कार्यदल बनाउन भन्नु  भयो तर मुद्धाहरुको वारेमा कुनै ठोस कुरा राख्नु भएन ।  गएको साढे चार महिना देखि आन्दोलनरत मधेशी मोर्चाले संघियता सहितको आफुहरुको ११ बुदे मागको प्याकेजमै सम्बोधन हुनु पर्ने अडान दोह्याउदै आएका छन । उता सरकारी पक्षले संघियताको सन्दर्भमा पछि मिलाउने भन्दै राजनितीक समिती बनाएर अघि वढन भनिरहेको छ । मोर्चाका नेताहरुले प्रमुख दलहरुले पछि नगर्ने भन्दै त्यसको आधारमा विश्वास नगर्ने बताउछन ।
 
कसरी बस्यो आइतवारको वालुवाटार सर्वपक्षिय बैठक ।

सरकारी पक्ष अर्थात एमाललेले प्रष्ट रुपमा संघियताको सन्दर्भमा अहिले केहि नगर्ने वरु आन्दोलनमय मधेशमा आफुहरुले छुटै कार्यक्रम वनाएर जाने बताएका छन । हिजो मात्रै एमालेका नेताहरुले विराटनगर पुगेर जारी मधेश आन्दोलनको वारेमा गरेको टिकाटिप्पणीहरु हेर्दा तत्कालै वार्ता होला जस्तो लागेको थिएन । तर आइतवार विहानै देखि वार्ताको कुरा जोडतोडका साथ फेरी उठयो । सरकारी पक्षले त वार्ता प्रति यती उदासिनता देखाएका थिए कि उनले आफैले ३ वदे निर्णय गरेर मोर्चालाई वुझाए पछि फेरी अहिले सम्म कुनै पनि अनौपचारिक संवाद समेत गरेका थिएन । तर आइतवार किन र कसरी भयो त वार्ता ?

भित्रियाहरुको अनुसार पछिल्ले समयमा सरकारी पक्षले काग्रेसको सदनमा पेश गरिएको संशोधन विद्येयक पास भए पछि भारतीय पक्षले अवरुद्ध नाका खोल्ने सक्ने र त्यस पछि जारी मधेश आन्दोलनलाई क्रस गर्न सकिन्छ भन्ने निष्कर्ष निकालेका थिए । तर हालै ३६ पटकको प्रयास पश्चात प्रधानमन्त्री केपी ओली भारतीय समकक्षी नरेन्द्र मोदी संग कुरा गर्न सफल भए । ३६ औ पटकको प्रयास पछि ओली मोदी संग फोन संवाद गर्न त सफल भए तर उनले सोचो जस्तो आश्वासन भारतीय पक्षवाट पाउन सकेन । त्यस पछि फेरी वार्तामा बस्न मात्रै प्रधानमन्त्री राजी भएको कतिपयको बुझाइ छ ।
 
भारतीय पक्षले प्रष्ट रुपमा आन्दोलनरत मोर्चाको सहमतीमा अगाडी नवढे सम्म आफुहरुले सहयोग गर्न नसक्ने बताए पछि वार्तावाट अली टाढिएका सरकारी पक्ष नजिक मात्रै हुन खाजेका हुन । त्यसमा पनि शनिवार मात्रै इन्डोृ नेपाल विपी कोइराला फाउन्डेसनको कार्यक्रममा सहभागी हुन दिल्लीवाट वरिष्ट कुटनितीकहरु काठमाडौ आए पछि सरकारले यसै वाहानामा उनीहरुलाई सन्देश मात्रै दिन खाजेको पनि आशंका मोर्चाका शिर्ष नेताहरुमा देखिन्थ्यो । वार्तामा जानु अघि मोर्चाका एक जना शिर्ष नेताले यसो भन्दै राख्दा त्यही निष्कर्ष आउथ्यो । उनले भन्दै थियो, उनीहरु केहि साकारात्मक कुरा गर्छ भन्नेमा ५ प्रतिशत मात्रै म आशावादी छु, ९५ प्रतिशत केहि हुदैन भन्नेमा म ढुक्क छू । ५ प्रतिशत आशाको आधार के छ भन्ने प्रश्नमा उनले भित्रि पोल खाले र भने, सरकार भारतीय पक्ष संग आफनो सेटलमेन्टलमा लागी केहि गर्लान कि भन्ने मात्रै हो, उहाहरु हिजो देखि काठमाडौ हुनुहुन्छ कुराकानी शायद विभिन्न तहमा भइरहेको छ कि ।
 
त्यसको केहि समय लगतै देखियो पनि । प्रमुख तीन दलको बैठक सूरु हुनु अघि भारतीय राजदुत रन्जित रे र एमाओवादी अध्यक्ष प्रचण्ड विच भेटघाट भयो । एक भित्रियाका अनुसार प्रचण्ड र रेको भेटघाट हुनु भन्दा अघि तमलोपा अध्यक्ष महन्थ ठाकुर र भारतका लागी नेपाली राजदुत दिपकुमार उपाध्याय विच झण्डै तीन घण्टा एक्लै बैठक भएको थियो । शनिवार काठमाडौ आएको भारतीय वरिष्ठ अधिकारीहरुको टोलीलाई उपाध्यायले नै लिएर आएका छन । जसमा साउथ ब्लकका नेपाल डेस्क हेर्ने अभय ठाकुर सहित अन्य पदाधिकारीहरु छन । यी वरिष्ठ पदाधिकारीहरुले काठमाडौमा उच्चस्तरीय राजनितीक कुराकानीमा समेत सामेल रहेको बुझिएको छ ।

No comments:

Post a Comment