Friday, January 29, 2016

ठाकुर दिल्लीवाट फर्के पश्चात मोर्चाको आन्तरिक छलफल तीव्र

शुक्रवार विहान रक्सौल नाकावाट ५ ओटा मालवाहक टक भित्रिए पछि पुर्न प्रर्दशनमा उत्रेका मधेशी आन्दोलनकारीहरु


विहिवार राती तमलोपा अध्यक्ष महन्थ ठाकुर दिल्लीवाट फर्केए पछि मोर्चाको अगामी वैठक र रणनिती वारेमा आन्तरिक छलफलहरु तीव्र भएको छ । ठाकुरले आज तराई मधेशका जिल्लाहरुमा रहेका सदभावा अध्यक्ष राजेन्द्र महतो र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसंग फोनमा सवाद गरेर मोर्चाको अगामी वैठक वारेमा कुराकानी गरेका छन भने काठमाडौमै रहेका आफना दोस्रो तहका नेताहरु संग यो विचको घटनाक्रमको वारेमा जानकारी लिएका छन । साथै आज ठाकुर संगकै कुराकानी पश्चात मोर्चाका कार्यसम्पादन समितीको समेत बैठक बस्यो । कार्य सम्पादन समितीलाई अहिले सम्मको आन्दोलनकमे सुक्ष्म विश्लेषण गर्दै सवै पक्षको यर्थात अवस्था वारेमा मोर्चाको अगामी वैठामा प्रस्तुत गर्न समेत भनिएको छ । ठाकुर निकटस्त स्रोतका अनुसार अगामी मोर्चाको बैठकले गएको साढे महिना देखि जारी मधेश आन्दा्लनको सवै पक्षको गम्भिरता पुर्वक समिकक्षा गर्ने छ । ठाकुरले आज संवाद गरेको मोर्चाका अन्य शिर्ष नेताहरु मध्ये फोरम नेपालका अध्यक्ष यादवले आफु १८ गते मात्रै काठमाडौ आइपुग्ने वताएका थिए । यादवले आफु सिरहामा रहेको र याहा वाट विरगंज जान लागेको भन्दै विरगंज वाट काठमाडौ फर्किने बताएका थिए । त्यसैगरी सदभावना अध्यक्ष महतोले मोर्चाको अगामी वैठक विराटनगरमै गर्न सुझाएका थिए । महताले आफनो आखामा समस्या आएको र १९ गते अपरेशनका लागी डाक्टरहरुले भनेका कारण विराटनगरमा हुदा आफुलाई सजिलो हुने बताएका थिए ।


पछिल्लो समयमा सितलहर वढे सगै मोर्चाको आन्दोलनमा त्यसको प्रभाव देखिदै आएको छ । त्यही भएरहोला मोर्चाका नेताहरुका अनुसार मोर्चाको अगामी रणनिती पनि अव शितलहरी र जाडो कम भए पश्चात मात्रै आन्दोलन चर्काउने छ । मोर्चा स्रोत भन्छन, यस विचमा मोर्चाले धेरै कामहरु पनि गर्नु पर्ने छ, अव त्यो हुन्छ । मोर्चाले अगामी वैठकले स्थानिय स्तरमा आन्दोलनमा देखिएको विभिन्न समस्याहरुको वारेमा समेत गम्भिर छलफल र त्यसको वारेमा ठोस निष्कर्षहरु निकाल्ने तयारी भएको छ ।
 
मोर्चाले आफनो ११ बुदे मागको वारेमा सहमतीय प्याकेज नभए सम्म नाका केन्द्रित धर्नाहरु पनि नरोक्ने बताउदै आएका छन । आज विहानै मात्रै नाकामा धर्नाकारी नभएको मौकामा विरजंज रक्सौल नाकामा ५ ओटा मालवाहक टकहरु भित्रिएका थिए । मोर्चा सम्बद्ध स्थानिय स्रोतका अनुसार त्यसमा स्थानिय कर्मचारीहरुको खैलनवैलाका कारण शुक्रवार विहानको घटना हुन गएको हो । मोर्चाका स्थानिय स्रोत भन्छन, पहिलो गल्ती हाम्रो आफनै भएकाले हामीले अरु कुरालाई उठाएका छैनौ तर नाका केन्द्रित धर्ना सुरु भए संगै प्राय जसो विहान मानिसहरु केहि घण्टाका लागी हाथमुख धुनका लागी जाने चलन थियो, तर कहिल्यै पनि त्यसतो भएको थिएन । मोर्चा स्थानिय स्रोत आज विहानको घटना दुवै तिरको स्थानिय भंसार कर्मचारीहरु विचको पैसाको चलखेल भएको दावी गर्छ । शुक्रवार विहान ५ ओटा टक नाकावाट भित्रिए लगतै मधेशी आन्दोलनकारीहरु नाकामा फेरी धर्ना दिदै प्रर्दशनहरु गरेका थिए ।
 
आन्दोलन पांच महिना भन्दा लामो समय देखि लम्बिदै जादा मोर्चाले स्थानिय तहमा अघोषीत रुपमा बजार, यातायातहरु खुकुलो बनाउदै लगेका छन ।

No comments:

Post a Comment