Saturday, January 2, 2016

मोर्चाको एकतामा कुनै असर पुग्दैन - सदभावना पार्टी


संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा पछिल्लो समय देखिएको तिकत्ताको विच आज सदभावना पार्टीले यसका कारण मोर्चामा कुनै समस्या नआउने दावी गरेका छन । आफना अध्यक्ष राजेन्द्र महतो प्रहरीको कुटाइ वाट धाइते भए पछि उक्त पार्टीले हिजो मात्रै उनलाई विशेष उपचारका लागी दिल्ली पठाएका थिए । त्यस अघि धरान अस्पताल वाट उनलाई काठमाडौ ल्याएका थिए । सदभावना पार्टीका अनुसार महतो दिल्ली उडनु अघि आन्दोलनकारी मधेशीहरुको नाममा एउटा अपिल छोडेर गएका थिए । उक्त पार्टीले आज काठमाडौ सहित मधेशका सवै जिल्लाहरुमा पत्रकार सम्मेलन गरेर उक्त अपिल सार्वजनिक गरेका छन । त्यही अवसरमा काठमाडौमा ओजना गरिएको पत्रकार सम्मेलनमा सदभावना केन्द्रिय नेताहरुले मोर्चा भित्र कुनै समस्या नरहेको दाबी गरेका थिए । उक्त पार्टीका महासचिव मनिष सुमनले् पत्रकारहरुको जिज्ञासामा भने, लोकतन्त्रमा विचारको वहस हुनु स्वभाविकै हो, यसलाई अन्यथा लिनु हुदैन । सुमनले भने, मोर्चा हिजो पनि अखण्ड थियो, आज पनि छ र भोली पनि यो मोर्चा अखण्ड रहने छ, यसमा केहि समस्या छैन, द्धुविद्या नपाले हुन्छ ।  महतोको अपिल संगै सदभावना पार्टीले के्हि छुटै विरोधका कार्यक्रमहरु पनि सार्वजनिक गरेका छन । उक्त पार्टीले आज घोषणा गरिएको विरोध कार्यक्रमहरु स्थानिय स्तरमा मोर्चा सहित आन्दोलनका अन्य सवै पक्षहरुसंग समायोजन गर्दैृ अगाडी वढाइने जनाइएको छ । पत्रकार सम्मेलनमा सुमनले भने, गएको १३ गते तमलोपाले काठमाडौ देखि मधेश सम्मा संकल्प दिवस मनायो, त्यसमा हामी पनि खुल्ला रुपमा सहभागी भयौ, त्यसैगरी फोरम नेपालले भोली कार्यक्रम गर्दै छन, त्यसमा पनि हामी सहभागी हुदै छौ त्यसैगरी यो विरोधका कार्यक्रम पार्टीगत हामी घोषणा मात्रै गरेका छौ, यसमा सवै पक्ष सहभागी हुनेछ । सुमनले मोर्चा चार ओटा पार्टीहरुको गठवन्धन भएको र पार्टीगत रुपमा हामी सवै भिन्न भएको कुरालाई नविर्संन्न सवैमा आग्रह गरे । यसले मोर्चा रुपी गढवन्धनलाई कुनै असर पुग्दैन, सुमनको दावी थियो ।

महतोको अपिल संगै जारी गरिएको छुटै कार्यक्रमहरुमा प्रार्थना सभा देखि सामुहिक उपवास हुदै प्रमुख दलहरु मधेशी नेताहरुलाई जारी मधेश आन्दोलनमा सहभागी गराउने विभिन्न कार्यक्रमहरु गर्ने जस्ता कुराहरु उल्लेख गरिएका छिन । भोली देखि २७ पुष सम्मको विरोध कार्यक्रमहरु सदभावना पार्टीले उदघोष गरेका छन ।

पत्रकार सम्मेलनमा सदभावना पार्टीले सरकार संग वार्ताको क्रममा मोर्चाले बुझाएको ११ बुदे मागको सम्बोधन नभए सम्म आफुहरुको जारी आन्दोलन नरोक्ने बताए । जारी आन्दोलनको प्रमुख तीन ओटा आन्दोलनको स्वरुपमा तत्कालै कुनै परिवर्तन नहुने उक्त पार्टीले जनाएको छ । पहिलो आमहडताल, दोस्रो नाका केन्द्रित विरोध कार्यक्रम र तेस्रो कर नदिएर सरकारलाई असहयोग आन्दोलन । पत्रकार सम्मेलनमा उक्त पार्टीका महासचिव सुमनले भने, यी तीन ओटा कार्यक्रममा तत्कालै कुनै परिवर्तन हुने छैन । उनका अनुसार मोर्चाको चाडै बस्ने वैठकले मोर्चाको थप केन्द्रिय स्तरका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्नेछ । भोली वुटवलमा आमसभा छ, सुमनले भने त्यसपछि सवै नेताहरु काठमाडौ फर्किए पछि मोर्चाको बैठक डाक्ने कुरा छ, त्यसले थप कार्यक्रमहरु अगाडी आउने छ ।
 
खासगरी सदभावना अध्यक्ष महतो माथी विराटनगर जोगवनी नाकामा प्रहरीले आक्रमण गरेपछि मोर्चा भित्र त्यसलाई लिएर भएको विभिन्न टिकाटिप्पणीहरुका कारण विवाद देखिएका थिए । तर आजको पत्रकार सम्मेलनमा सुमनले सुचना र जानकारी समेत अभावका कारण कहिले काही यस्तो अवस्था सिर्जना हुने गरेको भन्दै यसलाई अन्यथा रुपमा नलिन पत्रकारहरुलाइ आग्रह गरेका थिए । 

No comments:

Post a Comment