Sunday, January 31, 2016

बिहारको मुज्फरपुरमा मधेशी शिर्ष नेताको उपस्थितीमा कार्यक्रम



आन्दोलनरत मधेशी मोर्चाका शिर्ष नेताहरुको सहभागीमा बिहारको मुज्फरपुरमा कार्यक्रम भएको छ । आइतवार भएको उक्त कार्यक्रममा मार्चाका तीन ओटा घटकका अध्यक्षहरु सहभागी थिए भने बिहारको तर्फ वाट सतारुढ गठवन्धनका एक जना शिर्ष नेता रघुवंश प्रसाद सिंह सहभागी थिए । मोर्चाका शिर्ष नेताहरु फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सदभावना पार्टीका अध्यक्ष अध्यक्ष राजेन्द्र महतो, तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादव सहभागी थिए भने तमलोपाको तर्फवाट उक्त पार्टीका सासंद जगीलाल यादव थिए । जारी मधेश आन्दोलनमा सिमापारीका नागरिकको भुमिका र बिहारका राजनितीक शक्तिहरुले गर्न सक्ने सहयोगको वारेमा पछिल्लो समयमा सिमामा रहेको भारतीय सहरहरुमा कार्यक्रमहरु तीव्र रुपमा हुदै आएका छन । पछिल्लो समयमा तराई मधेशको कसपलवस्तू देखि मोरड सम्मका्े क्षेत्रवाट सहभागी हुने गरी विभिन्न भारतीय सहरहरुमा कार्यक्रमहरु सम्पन्न भइसकेका छन । बिहारको सतारुढ गठवन्धनका एक जना शिर्ष तथा प्रभावशाली नेता रघुवंश प्रसाद सिह उक्त सवै कार्यक्रमहरुमा सहभागी हुदै जारी मधेश आन्दोलनको पक्षमा बोल्दै आएका छन ।

Saturday, January 30, 2016

महन्थ ठाकुर समकक्ष महागठवन्धनको औपचारिक प्रस्ताव


राज किशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक, शरदसिंह भण्डारी नेतृत्वको राष्टिय मधेश समाजवादी पार्टी, अनिल कुमार झा नेतृत्वको सदभावना पार्टी र जेपी गुप्ता नेतृत्वको तराई मधेश राष्टिय अभियान सम्मलीत संघिय समावेशी मोर्चाले तमलोपा अधयक्ष महन्थ ठाकुर समकक्ष जारी मधेश आन्दोलनमा रहेको सवै शक्तिहरु विच बृहत एकता गर्दै महागठवन्धन निर्माण गर्न शनिवार औपचारिक रुपमा प्रस्ताव राखेका छन ।  तमलोपा पार्टी कार्यलय पुगेर समावेशी मोर्चाको तर्फवाट राज किशोर यादव नेतृत्व टोलीले ठाकुर समकक्ष यस्तो प्रस्ताव राखेका थिए । पछिल्लो केहि दिन यता आन्दोलतरत सवै पक्ष विचको एकताको वारेमा मधेशमा चर्चा हुदै आएका छन । यद्यपी मधेशी मोर्चाका नेता ठाकुर पछिल्लो केहि हप्ता उपचारका लागी दिल्लीमा भएकाले मोर्चाकै कतिपय शिर्ष नेताहरु ठाकुर दिल्लीवाट फर्के पश्चात यस वारेमा कुराकानी अगाडी वढाइने बताएका थिए ।

Friday, January 29, 2016

ठाकुर दिल्लीवाट फर्के पश्चात मोर्चाको आन्तरिक छलफल तीव्र

शुक्रवार विहान रक्सौल नाकावाट ५ ओटा मालवाहक टक भित्रिए पछि पुर्न प्रर्दशनमा उत्रेका मधेशी आन्दोलनकारीहरु


विहिवार राती तमलोपा अध्यक्ष महन्थ ठाकुर दिल्लीवाट फर्केए पछि मोर्चाको अगामी वैठक र रणनिती वारेमा आन्तरिक छलफलहरु तीव्र भएको छ । ठाकुरले आज तराई मधेशका जिल्लाहरुमा रहेका सदभावा अध्यक्ष राजेन्द्र महतो र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसंग फोनमा सवाद गरेर मोर्चाको अगामी वैठक वारेमा कुराकानी गरेका छन भने काठमाडौमै रहेका आफना दोस्रो तहका नेताहरु संग यो विचको घटनाक्रमको वारेमा जानकारी लिएका छन । साथै आज ठाकुर संगकै कुराकानी पश्चात मोर्चाका कार्यसम्पादन समितीको समेत बैठक बस्यो । कार्य सम्पादन समितीलाई अहिले सम्मको आन्दोलनकमे सुक्ष्म विश्लेषण गर्दै सवै पक्षको यर्थात अवस्था वारेमा मोर्चाको अगामी वैठामा प्रस्तुत गर्न समेत भनिएको छ । ठाकुर निकटस्त स्रोतका अनुसार अगामी मोर्चाको बैठकले गएको साढे महिना देखि जारी मधेश आन्दा्लनको सवै पक्षको गम्भिरता पुर्वक समिकक्षा गर्ने छ । ठाकुरले आज संवाद गरेको मोर्चाका अन्य शिर्ष नेताहरु मध्ये फोरम नेपालका अध्यक्ष यादवले आफु १८ गते मात्रै काठमाडौ आइपुग्ने वताएका थिए । यादवले आफु सिरहामा रहेको र याहा वाट विरगंज जान लागेको भन्दै विरगंज वाट काठमाडौ फर्किने बताएका थिए । त्यसैगरी सदभावना अध्यक्ष महतोले मोर्चाको अगामी वैठक विराटनगरमै गर्न सुझाएका थिए । महताले आफनो आखामा समस्या आएको र १९ गते अपरेशनका लागी डाक्टरहरुले भनेका कारण विराटनगरमा हुदा आफुलाई सजिलो हुने बताएका थिए ।

Thursday, January 28, 2016

महन्थ ठाकुरको काठमाडौ फिर्ती प्रति चौतर्फी चासो ।



३ माघमा तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर दिल्ली उडिरहदा काठमाडौमा मधेशी मोर्चा र प्रमुख दलहरु विचको कार्यदल स्तरको वार्ता सहमती गर्नै अन्तिम कसरतमा थिए । स्वयंम कार्यदलमा सहभागी दुवै तिरका नेताहरुले भोली अन्तिम खाकामा सहमती हुने  लगभग निश्चित रहेको बताउदै थिए । तर त्यो भएन, त्यसको भोली पल्ट मोर्चाको कार्यदलले बैठक वष्किार मात्रै गरेनन त्यस पछि वार्तामा नबस्ने उदघोष नै गरे । त्यस पछि शिर्ष तहमा एक पटक दवै तिरको बैठक भए पनि लगभग वार्तामा नबसेकै सरह थियो पनि । त्यस पश्चात आन्दोलनरत पक्ष र प्रमुख दलहरु विच विर्ता प्रक्रिया अवरुद्ध छन । विचमा प्रमुख दलहरुले मोर्चाको सहमती वेगर नै संविद्यानमा दुइृ ओटा संशोधन गरे, जसलाई मोर्चाले अस्विकार गरे । मोर्चाका एक जना अगुवा नेता ठाकुर आज राती साढे १० वजे दिल्ली वाट काठमाडौ १२ दिन पश्चात उत्रिरहदा याहा राजनितीक माहौल धेरै परिर्वतन भइसकेको अवस्थामा छ । यी कुरावाट ठाकुर दिल्ली मै हुदा पनि जानकार नै थिए । तर अन्योलता याहा निर वढी थियो । त्यही भएर होला यो विचमा मोर्चा समबद्ध सवैको एउटै भनाई सुन्नमा आउथ्यो, अव ठाकुरजी आए पछि मात्रै भन्न सकिन्छ के हुन्छ भनेर ।

Wednesday, January 27, 2016

विरगंज - रक्सौल नाका सुचारु नहुने ।



गएको पांच महिना महिना देखि अवरुद्ध रहेको विरगंज रक्सौल नाका अहिले नै सुचारु हुने कुनै सम्भावना नरहेको सयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले जनाएको छ । गएको शनिवार प्रमुख दलहरुले संविद्यानमा दुई ओटा संशोधन गरे पछि विरगंज रकसौल नाका वारेमा विभिन्न टिकाटिप्पणीहरु भइरहदा मोर्चा उच्च स्रोतले बताए अनुसार उक्त संशोधन विद्येयककै आधारमा मोर्चाले रक्सौल नाका सुचारु गर्न दिने छैन । हिजो मात्रै मोर्चाकै एक घटक तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादवले मोर्चाको अगामी बैठकमा त्यस वारेमा पुर्नविचार हुन सक्ने बताएका थिए । तर मोर्चा स्रोत भन्छन, मोर्चाको अगामी बैठकले त्यसतो कुनै निर्णय लिने सम्भवना रती भर पनि छैन । मोर्चा उच्च स्रोतका अनुसार जारी मधेश आन्दोलनलाई सम्बोधन हुने गरी प्याकेजमै मोर्चाको ११ बुदे मागको वारेमा सहमती नभए सम्म नेपाल भारतको प्रमुख नाका विरगंज रक्सौलन खुल्ने छैन । पछिल्लो दिनमा मोर्चा नरम भएको र विरगंज रक्सौल नाका वाट अली अली समान रातीको समयमा आउन थालेको भन्दै उक्त नाका आशिंक वा विस्तारै पुर्ण रुपमा सुचारु हुने खालको आकंलनहरु गरिदै आएका छन । तर मोर्चा उच्च स्रोतले बताए अनुसार हाल राती रातीको समयमा आइरहेको अली अली समान आउनु दिनु पछाडी पनि मोर्चाको आफनै रणनीतीले काम गरिरहेको छ । स्रोत भन्छन, पछिल्लो १० दिन यता तराई मधेशमा व्यापक शितलहरीले नागरिकहरु परेशान छन, यस्तो वेला त्याहा राती बस्न गाहे भएका कारण  धर्ना स्थलमा धर्नाकारी कम भएको मौकामा अली अली समान राती राती आयो भन्ने त्यसले भारतीय पक्षलाइ काठमाडौका नेताहरु सामु आफनो कुरा राख्न सजिलो हुने र काठमाडौमा भनिदै आएको भारतको अघोषीत नाकाबन्दी छैन भन्ने पनि देखाउने दाउ मात्रै हो । इन्धन लगायतका कुनै पनि मालवाहक गाडीहरु विरगंज रक्सौल नाका वाट आएको छैन । पछिल्लो हप्ता देखि शितलहरी ह्वातै वढेपछि विरगंज रक्सौल नाकामा राती बस्न अत्यद्यिक गाहे छ, स्रोत भन्छन, जव सम्म यो शितलहर र अत्यद्यिक चिसोले राती बस्न गाहे हुन्छ, त्यती वेला सम्म राती राती अली अली समान ल्याउदैमा केहि हुदैन भन्ने हाम्रो वुझाई छ । जसका कारण भारतीय पक्षलाई समेत सजिलो हुने कतिपय भित्रियाहरुको बुझाई छ ।

Tuesday, January 26, 2016

के हुदै छन मधेश वृतमा ?



गएको शनिवार प्रमुख दलहरुले संविद्यानमा पहिलो संशोधन गरे पछि काठमाडौमा अव मधेशमा के हुन्छ भन्ने वारेमा मत प्रति मतहरु आ आफना ढंगले प्रगट भईरहेको देखिन्छ । एउटा तप्का अव गएको पांच महिना देखि अवरुद्ध नाका सुचारु हुने दावी प्रस्तुत गरेको देखिन्छ भने अर्को तप्का मधेश आन्दोलनको मुख्य माग नै सम्बोधन भइसक्यो भनेर आफनो विचार प्रगट गरेको देखिन्छ । एउटा अर्को धार पनि काठमाडौमा प्रगट भएको देखिन्छ जसले संशोधन विद्येयकले आशिंक माग सम्बोधन भइसकेको र बाकी विस्तारै मिल्दै जाला भन्ने वारेमा तर्क प्रतितर्कहरु प्रस्तुत गरेको देखिन्छ । काठमाडौमा प्रगट भइरहेको पछिल्लो सबै तर्क प्रतितर्कहरुको निशानामा भारतीय पक्ष पनि देखिन्छ । काठमाडौको अधिकांशको बुझाइमा संविद्यान संशोधन पश्चात भारतले अव मधेश आन्दोलनलाई दिदै आएको धाप बन्द हुनेछ र अव सवै कुरा मिली हाल्छन भन्ने देखिन्छ । तर काठमाडौले फेरी पनि के बिर्सदै छन भने मधेशमा के भईरहेको छ ? मधेशको राजनिती वृतमा के कस्ता खालको अभ्यासहरु थालिएको छ, जसको प्रभाव के होला ? काठमाडौ अहिले केहि नेता त केहि विशेष स्रोतको हवालामा उफ्रदै छन जुन विगत झै फेरी समान्य सत्यलाई स्विकार नगर्दाको गल्ती सावित नहोला भन्न सकिन्न ।
 
मधेशमा के हुदै छन ?

Monday, January 25, 2016

मधेशका जिल्लाहरुमा संशोधन विद्येयक जलाइदै । मोर्चाद्धारा थप आन्दालनको कार्यक्रमहरु सार्वजनिक ।

मधेशमा संविद्यान संशोधनको पहिलो विदेयक जलाउदै आन्दोलनकारीहरु


गएको शनिवार प्रमुख दलहरुले मोर्चाको बेवास्ता गर्दै गरेको पहिलो संविद्यान संशोधनलाई मोर्चाले अपुरो भन्दै अमान्य हुने प्रष्ट पारेका छन । मोर्चाको शिर्ष नेताहरु काठमाडौ वाहिर रहेकाले मोर्चाका दोस्रो तहका नेताहरुको आज बसेको बैठकले हालै संविद्यानमा भएको पहिलो संशोधनले आफुहरुको आन्दोलनलाई सम्बोधन नगरेको भन्दै जारी आन्दोलन यथावत रहेको जनाएको छ । साथै मोर्चाले अउदो १८ माघ सम्मका लागी नयां विरोधका कार्यक्रमहरु समेत सार्वजनिक गरेका छन । मोर्चाले १८ माघ सम्मका लागी घोषणा गरेको कार्यक्रमहरुमा मैनवती जुलुस सहित दिप प्रज्वलनको साथै क्षेत्र स्तरको सभाहरु र मधेशका वौद्धिक समुदायहरु संगको अन्र्तक्रियाहरु छन ।

Sunday, January 24, 2016

मधेशी मोर्चा आन्तरिक छलफलमा । आन्दोलन पुन चर्काउन लागी विभिन्न गृहकार्यहरु हुदै ।


रंगेली घटना पश्चात तराई मधेशमा चर्केको प्रर्दशन कायमै छन ।

प्रमुख दलहरुले आन्दोलनरत मधेशी मोर्चाको सहमती वेगर संविद्यान संशोधन गरे पछि उत्पन्न परिस्थती वारेमा मधेशी मोर्चा आन्तरिक छलफलहरु विभिन्न तहमा सुरु गरेका छन । आन्तरिक छलफल र गृहकार्य कै कारण मोर्चाको बैठक तत्कालै तीन चार नबस्ने समेत मोर्चाका नेताहरुले बताएका छन । आज देखि मोर्चाको दोस्रो तहका नेताहरुले विभिन्न तहमा अगामी आन्दोलनको रणनिती वारेमा छलफलहरु सुरु गरेका छन । प्रमुख दलहरुले हिजो राती गरेको २ बुदे संविद्यान संशोधनले मधेश आन्दोलनको मुद्धाहरुलाई समबोधन नगर्ने भन्दै मोर्चाले त्यसलाइ अस्विकार गर्नै जनाएका छन । त्यही भएर मोर्चाले लिने अगामी रणनीती वारेमा सर्वत्र चासो समेत देखिन्छ । तर मोर्चाका सवै शिर्ष नेताहरु काठमाडौ वाहिर भएकाले र अगामी रणनीती वारेमा केहि आन्तरिक गृहकार्यको समेत खाचो देखिएकाले मोर्चा केहि दिनमा त्यसमा व्यवस्त हुनेछन । पछिल्लो समयमा मोर्चाका शिर्ष नेताहरु मध्ये तमलोपा अध्यक्ष महन्थ ठाकुर दिल्लीमा छन भने, सदभावना अध्यक्ष राजेन्द्र महतो विराटनगरक्षेत्रमा छन । त्यसैगरी पछिल्लो केहि दिन यता पार्टीको केन्द्रिय कार्यसमितीको बैठकमा व्यवस्त रहेको फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आज बैठक सकाए पनि उनी भोली विराटनगर जाने कार्यक्रम छन । तमसपाका अध्यक्ष महेन्द्र यादव पनि उपचारकै सिलसिलामा भारतमै छन । मोर्चा स्रोतका अनुसार मोर्चाको अगामी बैठक केहि दिन पर धकेल्ने भएका छन । यद्यपी जारी आन्दोलनका कार्यक्रमहरु यथावत छन । स्थानिय तहहरुमा  आफनो ढगले विरोधका कार्यक्रमहरु जारी नै छन र केन्द्रिय स्तरमा मोर्चाले अगामी रणनीती वारेमा केहि ठोस तयारीमा जुटीरहेको बुझिएको छ ।

Saturday, January 23, 2016

अब के गर्छन मधेशी मोर्चा ?


कार्यदल स्तरको सहमती नजिक पुगेको भनिएको वार्ता एकाएक अवरुद्धको अवस्थामा पुग्नु र मोरडको रंगेलीमा गएको विहिवार भएको घटना पश्चात अब मधेशी मोर्चा कसरी अगाडी बढछन भन्ने जिज्ञासा चौतर्फी देखिन्छ । २५ पुषमा माघको पहिलो हप्ताको केन्द्रिय कार्यक्रम घोषणा गरेको मोर्चाको उक्त कार्यक्रमहरु पनि समाप्त भइसकेको छ । विचमा आशावादी रहेको वार्ता प्रक्रिया लगभग सकिएको विन्दूमा पुगिएको छ । ७ माघमा मोर्चाको कार्यक्रमहरु सकिए पछि लगतै बैठक बस्नु पर्ने थियो तर मोर्चाको एक घटक फोरम नेपालको केन्द्रिय कार्यसमिती र पदाधिकारी बैठकका कारण हुन सकेन । शनिवार फोरम नेपालको बैठक सकिएको छ । सम्भवतह भोली आइतवार देखि मोर्चाको फेरी बैठक सुरु हुदै छन । निश्चित नभए पनि मोर्चाको शिर्ष तहको नेताहरुको तहमा भोली आइतवार देखि मोर्चाको बैठक गर्ने मोटामोटी कार्यक्रम तय भएको थियो । मोर्चाका कतिपय भित्रियाहरुका अनुसार अव हुने मोर्चाको बैठक धेरै दृष्किोणले महत्वपुर्ण हुने छन । पहिलो अवको बैठकले सम्रग अहिले सम्मको आन्दोलनको समिकक्षा गर्ने छ, दोस्रो विभिन्न तहमा भएको वार्ताको प्रयास मोर्चाको लाईन अनुसार लगभग असफल भएको छ, तेस्रो अव मोर्चाले लिने रणनिती सम्भवतह पांच महिना देखि जारी आन्दोलनको सवै भन्दा कठोरतम फेजमा जाने छन । वार्ता र संवादमा पछिल्लो समय सहभागी मोर्चाको नेताहरुको निष्कर्ष छन, प्रमुख दलहरु मधेशको मुद्धा सम्बोधन हुने गरी संद्यिान संशोधनको पक्षमा छैन । नेपाली काग्रेसको पुर्ववर्ती सरकारले पेश गरेको दुई ओटा संशोधन विद्येयक माथी टेकेर सहमतीय प्याकेज खोज्ने सम्भावना भाडिए पछि मोर्चाले काग्रेस, एमालेको तहवाट हुने जस्तो सुकै संविद्यान संशोधनलाई स्विकार गर्ने छैन ।

मोर्चाको अबको रणनिणी ।

Friday, January 22, 2016

रंगेली घटना पश्चात पुर्व सहित तराई-मधेश भरी नै तनाव ।

जनकपुरमा प्रर्दशन गर्दै युवा आन्दोलनकारी


विहिवार मोरडको रंगेलीमा भएको घटना पश्चात तराई मधेशको पुर्व देखि पश्चिम सम्म फेरी तनावको वातावरण सिर्जना भएको छ । पछिल्लो समयमा समान्यीकरण बन्दै गएको तराई मधेशको अवस्था रंगेली घटना लगतै तनावमा परिणत भएको छ भने आन्दोलनहरु ठाउ ठाउमा चर्किएको छ । विहिवार रंगेलीमा एमाले सम्बद्ध युवा संगठनले आयोजना गरेको कार्यक्रमको प्रतिरोधमा उत्रेका मधेशी आन्दोलनकारीहरु प्रहरी र युवा संघ दुवैको वल प्रयोगवाट ठुलो क्षती व्योहोरेका छन । रंगेलीमा प्रहरीले चलाएको गोली वाट तीन जनाको मृत्यू भइसकेको छ भने झण्डै चार दर्जन धाइतेहरुको उपचार भईरहेको छ । त्यसैगरी युवा संघका नेताहरुले प्रहार गरेको धारिलो हतियारवाट विराटनगरमा धाइते भएका सदभावनाका प्रवक्ता संतोष मेहता सहितका कयौन अन्य नेताहरुको समेत उपचारार्थ छन ।

Thursday, January 21, 2016

मोरडको रंगेलीमा दोहोरो हिंसात्मक झडप । अवस्था तनावपुर्ण ।

रंगेली घटनाको मृतकलाई प्रहरीले लगदै । फोटो -अनलाईन खवर

मोरडको रंगेलीमा प्रर्दशनकारी र प्रहरी विच भएको दोहोरो झडप पश्चात अत्यन्तै तनावपुर्ण बन्दै गएको स्थानिय अधिकारीहरुले जनाएका छन । अवस्था तानवपुर्ण बन्दै गए पछि  स्थानिय प्रशासनले त्यस क्षेत्रमा क्फुर्य लगाएका छन । विहिवार दिउसो भएको प्रहरी संगको झडपमा साझ सम्ममा तीन जना प्रर्दशाकारीहरुको  मृत्यु भइसकेको प्रहरी अधिकारीहरुले पुष्टि गरेका छन । मधेशी मोर्चाले प्रहरीको गोली वाट धाइते भएका अन्य तीन जनाको अवस्था अत्यन्तै नाजुक रहेको जनाएको छ । मोर्चाले जनाए अनुसार प्रहरीको गोली लागी अन्य ८ जना पनि गम्भिर धाइते भएका छन भन्ने जम्मा धाइतेको संख्या ३५ जना भन्दा वढी रहेको मोर्चाको दावी छ । धाइतेहरुको उपचार विराटनगर स्थित विभिन्न अस्पतालहरुमा भईरहेको छ ।  विहिवार मोरडको रंगेलीमा एमाले सम्बद्ध युवा संघले कार्यक्रम गर्ने भए पछि मोर्चाले हिजो देखि नै त्यसलाई लक्षित गरेर विरोध प्रर्दशनहरु गर्दै आएका थिए । हिजो पनि प्रहरी संग मोर्चाका आन्दोलनकारीहरुको दोहोरो झडप भएको थियो । 

Wednesday, January 20, 2016

वार्ता अवरुद्ध भएको घोषणा संगै मधेशमा फेरी चर्कदै आन्दोलन ।


सरकारी पक्षसंगको वार्ता साकारात्मक नभएको भन्दै मोर्चाले कार्यदलीय स्तरमा अब वार्ता नहनु बताए सगै मधेशका जिल्लहरुमा प्रर्दशनहरु फेरी चर्कन थालेका छन । पछिल्लो समयमा मधेशका जिल्लाहरुमा बजारहरु खुल्न थालेका थिए भए स्थानिय स्तरमा यातायातहरु संचालनमा आउन थालेका थिए । तर सोमवार राती प्रमुख दलहरु र मोर्चाको कार्यदल स्तरमा वार्ता भंग भएपछि मधेशमा फेरी तनावको वातावरणहरु देखिन थालेका छन । विरगंज, गौर, मंलगवा, लहान, राजविराज, विराटनगर सहितका सहरुमा प्रर्दशनहरु भएका छन भने कतिपय ठाउहरुमा फेरी बजारहरु बन्द गराउने क्रम सुरु भएको छ । मोरडको रंगेलीमा आज दिनभर नै मोर्चाको प्रर्दशनका कारण अवस्था तनावपुर्ण बनेको थियो ।

Tuesday, January 19, 2016

यसरी अवरुद्ध भयो कार्यदलीय स्तरको वार्ता ।


मधेशी मोर्चा र प्रमुख दलहरु विचको कार्यदलीय स्तरको वार्ता आइतवार सक्दा दुवै तर्फका नेताहरुले सार्वजनिक रुपमै भनेका थिए, मोटामोटी रुपमा एउटा सहमतीय खाकामा हामी दुवै पक्ष पुगी सकेका छौ । एक चोटी शिर्ष नेताहरु संग छलफल गरेर भोली टुग्याउने गृहकार्यमा हामी रहेको बताएको कार्यदलीय स्तरको वार्ता सोमवार वेलुकि छलफलमै प्रवेश नगरी अन्त हुन पुग्यो । पछिल्लो समयमा कार्यदल स्तरमा चलेको छलफल साकारात्मक रुपमा अघि वढेको भन्दै चौतर्फी आशाहरु पलाएको थियो, अव गएको पांच महिना देखिको आन्दोलन विसाउछ कि अनि लथालिंग हुदै गएको सवै क्षेत्र पुन सक्रिय होला कि भनेर । तर त्यो आशा फेरी सपनामै सिमित हुन पुगेको छ । आखिर किन यत्रो साकारात्मक भनिएको वार्ता प्रक्रिया अवरुद्ध हुन पुग्यो  त ? सोमवार अवेर राती प्रमुख दलहरुको कार्यदलसंग वार्ताका लागीपुगेका मोर्चाका कार्यदल सदस्यहरु भन्छन, उहाहरु लाई आफनै शिर्ष नेताहरुको छलफलको निष्कर्ष हामीलाई सुनाउन एकदमै अप्ठायारो महसुस भइरहेको थियो । तर त्यसमा उहाहरुको के दोष, उहाहरुले सुनाउनु भयो हामी त्यो सुनेर कार्यदल स्तरमा जारी वार्ता प्रक्रियाको औचित्य अव सकियो भनेर फर्कियौ । मोर्चा कार्यदलका सदस्यहरु भन्छन, आन्दोलनरत मोर्चा वार्तावाट न त हिजो भागेका थिए, नत आज भागेका छन, नत भोली भाग्ने छन । पछिल्लो समयमा कार्यदल स्तरीय वार्ताको प्रमुख हर्ताकर्ता मोर्चावाट देखिएका थिए तमलोपा नेता हृदेश त्रिपाठी र पछिल्लो समयमा वार्तामा जान थालेका सदभावना सहअध्यक्ष लक्ष्मणलाल कर्ण । मंगलवार पत्रकार सम्मेलनमा त्रिपाठी र कर्णले कार्यदल स्तरमा भएको छलफलहरुको वारेमा वोली विस्तार समेत लगाए । तमलोपा नेता त्रिपाठी भन्छन,
 
सहमतीय खाका लीपीवद्ध हुन थालेपछि शिर्ष तहवाट वातावरण विथोलियो ।

Monday, January 18, 2016

मोर्चा कार्यदलद्धारा वार्ताको औचित्य सकिएको भन्दै छलफल वहिष्कार ।


निर्णयक भनिएको प्रमुख दलहरु र मधेशी मोर्चाको सोमवारको वैठक मोर्चाको कार्यदलले वहिष्कार गर्दै अव वार्तामा नआउने चेतावनी दिएका छन । आइतवार कार्यदल स्तरमा भएको वार्तामा प्रमुख दलहरुको कार्यदलले शिर्ष नेताहरु संग छलफल गरेर सोमवार टुग्याउने भनेका थिए । मोर्चा र प्रमुख दलहरुको कार्यदल स्तरको वार्ता सुरु हुनु पर्व आज साझ प्रमुख दलहरुको शिर्ष नेताहरुको बैठक बसेको थियो । उक्त बैठक विना निष्कर्ष सक्दै भोली फेरी छलफल गरेर बैठक गर्ने निष्कर्ष निकालेका थिए । प्रमुख दलहरुको शिर्ष नेताहरुको बैठक सके वितिकै वालुवाटारमै कार्यदल स्तरको वैठक सुरु भएको थियो । कार्यदलको बैठकमा प्रमुख दलहरुको कार्यदल सदस्यले आज शिर्ष बैठक वारेमा बिफ्रिगं गरेका थिए । त्यसलगतै मोर्चाका कार्यदल सदस्यहरुले त्यसो भए अव उपरान्त आफुहरु वार्ताका लागी नआउने भन्दै त्याहावाट हिडेका थिए । मोर्चाका कार्यदल सदस्य लक्ष्मणलाल कर्ण भन्छन, कार्यदल स्तरको बैठककको अव औचित्य समाप्त भइसकेको हाम्रो निष्कर्ष छ । कर्ण भन्छन, प्रमुख दलहरुका कार्यदल सदस्यहरुले जहिले पनि शिर्ष नेताहरु संगको छलफल पछि यसो गर्ने उसो गर्ने भन्दै समय काटन थालेको हाम्रो बुझाइ छ, कर्ण भन्छन, त्यसो भए हामीले उहाहरुलाई प्रष्ट रुपमा आज भनेर आएका छौ, उसो भए अव शिर्ष तहमै छलफल वा वार्ता गर्नु होला ।
 
किन फेरी विग्रदै छन कुरा ।

Sunday, January 17, 2016

कार्यदल स्तरमा सहमतीय खाका बन्यो । भोली शिर्ष नेताहरु संगको छलफल पछि औपचारिकता दिने तयारी ।



पछिल्लो समयमा कार्यदल स्तरमा भइरहेको वार्ताले आइतवार आन्दोलनरत पक्ष र प्रमुख तीन दल विच हुने सहमतीको खाका अन्तिम रुपमा बनाइरहेको नेताहरुले बताएका छन । आइतवार मोर्चा र प्रमुख तीन दलको कार्यदल बैठकमा संघियताको लागी वनाइने राजनितीक सन्यत्रको वारेमा दुवै पक्ष विच सहमती जुटे पछि सहमतीय खाका वनाएर शिर्ष नेताहरु समकक्ष पेश गर्ने तयारीमा कार्यदल जुटेको छ । आइतवारको कार्यदल वैठक पछि सदभावना सहअध्यक्ष लक्ष्मण लाल कर्णले भने, राजनितीक सयन्त्रको टिओआरको वारेमा दुवै पक्ष विच मोटामोटी सहमती जुटेको छ । प्रमुख दलहरुको कार्यदलले भोली शिर्ष नेताहरुसंग छलफल गरेर फेरी एकचोटी बस्न भनेकाले सहमतीय खाका अन्तिम स्वरुप भोली पाउने कर्णले बताए । कर्णले राजनितीक सयन्त्रणको टिओआरको वारेमा दुवै पक्ष विच कस्तो सहमती भएको छ त्यो भने खुलाएनन । उनले भने, दुवै पक्षले आआफना कुराहरु राखे पछि टिओआरमा एउटा मोटामोटी सहमतीय विन्दू हामीले फेला पारेका छौ । स्रोतका अनुसार मोर्चाको प्रस्ताव अनुसार प्रमुख दलहरु संघियताका लागी बनाइने राजनितीक सयन्त्रलाई संवैद्यानिक मान्यता कसरी दिन् वारेमा अन्तिम छलफल निष्कर्षमा पुगीसकेको छैन । पछिल्लो समयमा आन्दोलनरत मधेशी मोर्चा र प्रमुख दलहरु विच कार्यदल स्तरमा वार्ताहरु धनिभुत रुपमा हुदै आएका थिए । मोर्चा र प्रमुख दलहरु विच कायृदल स्तरमा वार्ता सुरु भए लगतै प्रमुख दलको राजनिती सयन्त्रको प्रस्ताव माथी मोर्चाले साकारात्मक संकेत गरेपछि वार्ता साकारात्मक रुपमा अघि वढेको थियो ।  दिउसो भएको मोर्चा र प्रमुख कार्यदल विचको सहमती अनुसार हस्ताक्षारको लागी अन्तिम सहमतीको दस्तावेज बनाउने दुवै पक्ष आइतवार अवेर राती सम्म एउटा गोप्य बैठकमा रहेको स्रोतको दावी छ । 

Saturday, January 16, 2016

मधेशी मोर्चा र प्रमुख दल सहमती नजिक । भोली सम्म टुगो लाग्ने सम्भावना ।


गएको पाच महिना देखि आन्दोलनरत मधेशी मोर्चा र प्रमुख दलहरु विच अन्नतह सहमती नजिक पुगेको मोर्चा सम्बद्ध नेताहरुले बताएका छन । अनौपचारिक तथा औपचारिकतहमा पछिल्लो समयमा धनिभुत भएको छलफल निष्कर्ष उन्मुख रहेका र सहमतीय खाका भोली सम्म टुगो लगाउने अन्तिम कसरत चलीरहेको नेताहरुले बताएका छन । आज दिउसो ३ बजे पछि मोर्चा र प्रमुख दलहरुको कार्यदल विच झण्डै पांच घण्टा सम्म चलेको बैठकले धेरै कुराको टुगो लगाइसकेका छन ।  आजको बैठकमा प्रमुख तीन दलले मोर्चाले अघि सार्दै आएको संघियताको सिमाकंन हेरफेर गर्नका लागी बनाइने समितीको टोओआर प्रस्तुत गरेको मोर्चाको नेताहरुले बताएका छन । संघियता वाहेक अन्य विषयमा प्रमुख दलहरु र मोर्चा यस अघि नै एक प्रकारको सहमतीय खाका नजिक पुगीसकेका थिए । मोर्चा कार्यदलका नेता हृदेश त्रिपाठी भन्छन, प्रमुख दलहरुले आजको ल्याएको सिमाकंन समितीको टिओआरमा हामीले केहि करेक्सन गर्न भनेका छौ, उहाहरुले त्यसलाई भोली ल्याउने कुरा गर्नु भएको छ । भोली नै सहमतीमा चाही हस्ताक्षर भइहाल्छ भन्ने होइन तर उहाहरु आज भएको छलफल अनरुप आउनु भयो भन्ने सहमतीय खाकाको लगभग अन्तिम टुगो लाग्न सक्ने सम्भावना रहेको त्रिपाठीले बताए । मोर्चाको कार्यदलमा आफनो प्रतिनिधी नदिएको मोर्चाका एक घटक सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मण लाल कर्ण समेत आजको कार्यदल बैठकमा सहभागी भएका थिए । कर्ण भन्छन, संघियता सहित हामीले प्रस्तुत गरेको ११ ओटै बुदाहरु माथी निष्कर्ष उन्मुख छलफलहरु चाही अघि वढेको छ । एक दुई दिन भित्रै टुगो लाग्ने सम्भावना अत्यद्यिक छ । प्रमुख दलहरु र मोर्चाको विचमा विषयगत रुपमा भईरहेको छलफलवारेमा यस अघि नै सार्वजनिक टिप्पणी नगर्ने सहमती भएकाले नेताहरुले प्रमुख दलहरुले के ल्याएको र त्यसमा मोर्चाले थप के गर्न भनेर आज भनेका छन भन्ने वारेमा मुख खोलेका छैन । त्रिपाठी र कर्ण दुवैले त्यसवारेमा भने, त्यो अहिले नभनौ, पक्ष र विपक्षमा त्यसमा मत सिर्जना गरे पछि वार्तामा बस्नेलाई अप्ठायारो हुन्छ । कार्यदलको बैठक भोली २ बजे फेरी बस्दै छन ।

Friday, January 15, 2016

त्रिकोणात्मक चक्रव्युहमा सहमतीय सम्भावना ।


विहिवार प्रमुख तीन दलको शिर्ष तहको बैठकले आउदो ५ गते सम्ममा मधेशी मोर्चा संग सहमती गर्ने निर्णय गरेका छन । त्यही अनुसार आज मोर्चा र प्रमुख दलहरु विचको कार्यदल स्तरमा फेरी छलफल हुदै छन । अघिल्लो हप्ता देखि कार्यदल स्तरमा भइरहेको छलफलहरुलाई अहिले सम्म दुवै पक्षले साकारात्मक भएको भन्दै आएका छन । कतिपय नेताहरुका अनुसार आन्दोलनरत मधेशी मोर्चा काग्रेसले पेश गरेको संशोधन प्रस्तावलाई थप परिमार्जन सहित स्विकार गर्ने र प्रमुख दलहरुले संघियताका लागी भन्दै आएको राजनिती समितीलाई मान्न तयार भए पछि पछिल्लो चरणहरु सहमती नजिक पुगेका छन । विहिवारको प्रमुख दलहरुको वैठकले त्यही भएर होला मोर्चाले भन्दै आएको उक्त राजनितीक समितीलाई वैद्यानिता दिने निर्णग गरेका हुन । त्यसो भए के प्रमुख दलहरुले गरेको निर्णय अनुसार आन्दोलनरत मोर्चा संग यो हप्ताको मंगलवार सम्ममा सहमती होला त ?
 
मोर्चाको रणनिती

Wednesday, January 13, 2016

वार्ता प्रति मधेशको प्रतिक्रिया - कतै उत्साह त कतै आशंका

मधेशमा अहिले पनि विभिन्न विरोध प्रर्दशनहरु जारी छ ।

पछिल्लो समयमा प्रमुख तीन दल र आन्दोलनरत मधेशी मोर्चा विच कार्यदल स्तरमा भइरहेको वार्ता साकारात्मक रुपमा अघि वढीरहेको समाचारहरु आइरहदा मधेशमा त्यस प्रति भिन्न भिन्न प्रतिक्रियाहरु देखिएका छन । गएको पांच महिना देखि मधेशमा लागातार आमहडताल र विरोधका कार्यक्रमहरु हुदै आएका छन । मधेशी मोर्चाले वार्ता अघि वढे पनि आन्दोलनका कार्यक्रमहरु जारी राखेका छन । त्यसैले मधेशका सहर वजारहरुमा अहिले पनि कुनै न कुनै विरोधका कार्यक्रमहरु जारी रहेको देखिन्छ । वरु वार्ता सारात्मक रुपमा अघि वढेको समाचारहरु आए लगतै स्थानिय स्तरमा आन्दोलनकारीहरु व्यापारी विच एक खालको समझादारीमा स्थानिय स्तरमा बजारहरु खुल्न थालेका छन भने सार्वजनिक यातायातका साधनहरु पनि चल्न थालेको देखिन्छ । तर वार्ता प्रति स्थानिय आन्दोलनकारीहरु र आम मधेशीहरुको चासो भन्ने अत्यद्यिक देखिन्छ । कपिलवस्तूलाई केन्द्र वनाएर पश्चिमी मधेशमा मानवअधिकारको क्षेत्रमा काम गर्दै आएका एक जना मधेशी अगुवा रवि ठाकुर भन्छन, यत्रोमा आन्दोलनमा होमिएको मधेशीहरुमा एक किसिमको निराशापन वढी देखिन्छ । ठाकुर भन्छन, मधेशी युवाहरुमा शान्तिपुर्ण आन्दोलनप्रतिको विश्वास दिन प्रति दिन कम हुदै गएको देखिन्छ । ठाकुरका अनुसार हाल प्रमुख दलहरु र मोर्चा विच जारी वार्ता प्रक्रियावाट मधेशीहरु फेरी उद्यारो सम्झौता गर्न लागेको भन्दै बजार देखि चौकचौराहा सम्म विभिन्न खाले टिकाटिप्पणीहरु सुन्नमा पाइन्छ ।

Tuesday, January 12, 2016

के हुदै छन कार्यदलमा ?



अघिल्लो हप्ता देखि कार्यदल स्तरमा सुरु भएको छलफल आज फेरी भयो । हिजो नै बोलाइएको बैठक सतापक्षको नेताहरुको व्यवस्तताका कारण हुन सकेका थिएन । आज दिउसो बसेको बैठक पर्सी बस्ने गरी फेरी सकिएको छ । नेताहरुले वार्ता साकारात्मक रुपमा अघि वढेको बताउदै आएका छन । कतिपय भित्रियाहरुका अनुसार काग्रेसले पेश गरेको संशोधन प्रस्ताव मोर्चाको सहमतीमा अघि वढाउदै सिमाकंनका लागी कार्यदल बनाएर अघि वढने अन्तिम कसरतमा दुवै पक्ष अघि वढन खोजेको देखिन्छ । सिमाकंनका लागी बनाइने भनिएको समितीको वैद्यता मोर्चाले खोज्दै त्यसको टिओआर प्रष्ट रुपमा बनाउन माग गरेका छन । कार्यदल सदस्य तथा तमलोपा नेता हृदेश त्रिपाठी भन्छन, हामीले उक्त समितीले काम गर्ने वारेको विश्वसिनयता खोजीरहेका छौ । त्रिपाठी भन्छन, हामीले आफनो तर्फवाट त्यसका लागी प्रस्ताव गरिसकेका छौ । उनी भन्छन, हामी आन्दोलनकारीहरुले विश्वासको वातावरण मात्रै खाजेका छौ, त्यो उहाहरुले गर्नु पर्ने हुन्छ । त्रिपाठीका अनुसार प्रमुख दलहरुको कार्यदलले पर्सी गम्भिरतापुर्वक गृहकार्यका साथ आएको खण्डमा सहमती फ्रेमबर्क अगाडी वढने सम्भावना छ । मोर्चाले सिमाकंनका लागी बन्ने समितीको टिओआरका लागी के प्रस्ताव गरेको छ भन्ने कुरा अहिले गोप्य राखिएको छ । त्रिपाठी भन्छन, अहिले भन्दा पक्ष वा विपक्षमा मत वाझिने भएकाले हामी दुवै पक्षले त्यसमा गोप्य नै राख्ने समझदारी गरेका छौ । मोर्चावृतमा रहेको चर्चा अनुसार मोर्चाले समितीको टिओआरमा राज्यपुर्नसंरचना समिती वा आयोगले सिफरिस गरेको अनुसार मधेशमा दुइ प्रदेशको सुनिश्चितता अथवा हाल विवादित देखिएको झापा, मोरड, सुनसरीको तल्लो भाग दुइ नम्बर प्रदेशमा र पश्चिमको कैलालीको थरुहट भाग ५ नम्बर प्रदेशमा गाभ्ने उल्लेख गर्न माग गरेका छन । तमलोपा नेता तथा कार्यदल सदस्य त्रिपाठीले आफुहरुले सिमांकनका लागी बन्ने समितीले भोली गर्ने कामको विश्वासिलो आधार प्रमुख दलहरुवाट खोजेको उल्लेख गरे । त्रिपाठी भन्छन, यो वा त्यो भन्ने कुरा अहिले नै नभनौ ।

Sunday, January 10, 2016

मधेशी मोर्चा - 'पर्ख र हेर' को अवस्थामा


प्रमुख दलहरु र मधेशी मोर्चाको कार्यदल स्तरमा छलफल हुन थाले पछि गएको पांच महिना देखि लामो आन्दोलनको सम्बोधन चाडै होला भन्ने चर्चाले व्यापकता पाएको देखिन्छ । स्वयंम मोर्चाका कार्यदलमा सम्मलीत कतिपय नेताहरुले वार्ता साकारात्म्क रुपमा अगाडी वढेका कारण अवस्था चाडै सहमती उन्मुख हुन सक्ने आकंलन सहितको अभिव्यक्तिहरु वाहिर दिन थालेका छन । त्यसैले कतै सधै छलफलका लागी छलफल जस्तो देखिने वार्ता परिणामुखी होला कि भन्ने आशा वढन थालेको देखिन्छ । कार्यदल स्तरमा र संसदमा काग्रेसले पेश गरेको संशोधन विद्येयक माथी थप संशोधनका प्रस्तावहरु परे पछि पछिल्लो समयमा मोर्चाको बैठक प्रभावित भएको समेत देखियो ।  गएको विहिवार देखि हिजो शनिवार सम्म चलेको मोर्चा बैठकले जारी संवादको वारेमा गहन समिकक्ष समेत गरे । र संवादलाइ जारी राख्दै नया आन्दोलनको कार्यक्रमहरु घोषणा गरे । पछिल्लो समयमा मोर्चाको संवाद प्रक्रिया देखि बैठक सम्मको कार्यक्रमहरुमा सहभागी एक नेता भन्छन, आन्दोलनरत मधेशी मोर्चा अहिले पर्ख र हेरको अवस्थामा छन । वाता प्रक्रिया एक पाइला अगाडी वढेकै हो, मोर्चाका शिर्ष नेता भन्छन, तर सहमती भइहाल्ला वा सहमतीको फ्रेमवर्क कस्तो हुने हो त्यसका लागी कम्तीमा पनि एक हप्ता कुर्नै पर्ने हुन्छ ।
 
मोर्चा नेताले पढे पछि दर्ता भयो काग्रेसको तीन प्रस्ताव

Saturday, January 9, 2016

मधेशी मोर्चा द्धारा थप आन्दोलनको कार्यक्रमहरु घोषणा ।



पछिल्लो दुइ दिन देखि लागातार स्थगीत हुदै आएको मधेशी मोर्चाको आजको बैठकले अगामी माघ पहिलो हप्ता सम्मका लागी कार्यक्रमहरु घोषणा गरेका छन । विहिवार र शुक्रवार तमलोपाको पार्टी कार्यलयमा बसेको मोर्चाको बैठक स्थगीत हुदै आएको थियो । शनिवार फोरम नेपालको पार्टी कार्यलयमा बसेको मोर्चा बैठकले आमहडताल, नाका केन्द्रित धर्ना लगायतका पुर्ववत कार्यक्रमहरुलाइ यथावत राख्दै नया कार्यक्रमहरु घोषणा गरेका छन । मोर्चाले घोषणा गरेको कार्यक्रमहरुमा प्रर्दशन, लाठी जुलुस देखि गाउ नगर तहको सभाहरु छन ।

Friday, January 8, 2016

भारतीय राजदुतसंगको भेट पछि मधेशी मोर्चा अनिर्णत । केहि दिन पर्खन रे को आग्रह ।


आज बस्ने भनिएको मधेशी मोर्चाको बैठक कुनै विषयमै प्रवेश नगरी स्थगीत भएको छ । मोर्चाले बैठक स्थगीतको कारण औपचारिक रुपमा राष्टसंघिय उच्चअधिकारी संगको भेटलाई भनेका छन । राष्टसंघिय महासचिवको विशेष दुतको रुपमा हिजो काठमाडौ आइपुगेका उच्चअधिकारीहरु संग शुक्रवार दिउसो मोर्चाका नेताहरुको बैठक थियो । तर त्यसकै लागी भने मोर्चाको बैठक स्थगीत भएको होइन । मोर्चा उच्च स्रोतले बताए अनुसार शुक्रवार विहान मधेशी मोर्चाका शिर्ष नेताहरु संग भारतीय राजदुत रन्जित रेको बैठक भएको थियो । बैठकमा मोर्चाका चारै पार्टीका शिर्ष नेताहरु सहभागी थिए । तमलोपा अध्यक्ष महन्थ ठाकुर, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमसपाका महेन्द्र यादव र सदभावनाका सहअध्यक्ष लक्ष्मण लाल कर्ण राजुदत रे संगको बैठकमा सहभागी थिए । मोर्चा स्रोतका अनुसार भारतीय राजदुत रन्जित रेले मोर्चाका शिर्ष नेताहरुलाई केहि दिन पर्खिन दिन आग्रह गरेका कारण मोर्चाल्े आजको बैठक स्थगीत गरेका हुन । आजको बैठकमा मोर्चाका एक शिर्ष नेताले भारतीय राजदुत रेले हामीहरु आफनो ढंगले कुराकानी गरिरहेको र तपाइृहरुले यसमा सहयोग स्वरुप केहि दिन पर्खिए दिए यसले व्यवस्थानको सुत्र फेला पार्न सजिलो हुने बताएका थिए । एक मधेशी शिर्ष नेताका अनुसार राजदुत रेले सरकारी सहित प्रमुख दलहरुले भारतीय पक्षसामु आफुहरु जारी आन्दोलनलाई सम्बोधन गर्न तयार रहेको भन्दै यसमा विशेष भुमिका खेली दिन भनेका रैछन ।
 
मोर्चाका एक शिर्ष नेताका अनुसार भारतीय राजदुतले मोर्चाका शिर्ष नेताहरुलाई प्रमुख दलहरुको संवादमा बसीरहन आग्रह गर्दै भारतीय पक्ष प्रमुख दलहरुसंग गम्भिर रुपमा छलफलमा जुटेको बताएका थिए । केहि दिन पर्खनुस, भएन भने तपाइृहरु आफनो ढंगले फेरी आन्दोलनलाई निरन्तरता दिनु होला, तर छलफल आन्त्रिक रुपमा गम्भिर ढंगले भईरहेका कारण मोर्चा आन्दोलनको औपचारिक कार्यक्रमहरु घोषणा नगरिदिदा यसले थप सहजता पैदा हुने विश्वास भारतीय पक्षले गराएका थिए ।

Thursday, January 7, 2016

मोर्चा बैठकमा कार्यदलको रिर्पोटिंग - धेरै साकारात्मक नहोउ


हालै प्रमुख दलहरु र मोर्चाले वार्ताको लागी कार्यदल बनाएर पछि उक्त कार्यदलले हिजो देखि जारी मधेश आन्दोलनको सम्बोधन वारेमा छलफल सुरु गरेका छन । कार्यदलले आज मधेशी मोर्चाको बैठक बस्ने भए पछि कतिपयले त्यसलाई लक्षित गरेर छलफल सुरु वढाएको बताएका थिए । हिजो साझ र आज विहान गरी दुई पटक भएको कार्यदल स्तरको छलफलहरु वारेमा आज बसेको आन्दोलनरत मोर्चाको बैठकमा त्यस वारेमा रिर्पोटिंग भयो । कार्यदल स्तरको छलफलको वारेमा बैठकमा तमलोपा नेता हृदेश त्रिपाठीले रिर्पोटिंग गरेका थिए । बैठक स्रोतका अनुसार त्रिपाठीले हिजो र आज प्रमुख तीन दलविच भएको छलफल वाट उत्साहित हुने अवस्था नरहेको निष्कर्ष सुनाएका थिए । बैठक स्रोत भन्छन, काग्रेस केहि साकारात्मक देखिए पनि विश्वासिलो आधार उसले पनि दिन नसकेको, एमाले आफनो पुरानै अडानमा र एमाअओवादी दाहोरो अवस्थामा देखिएको त्रिपाठीले बताएका थिए । कार्यदल स्तरमा भएको छलफलमा आज विहान मात्रै काग्रेसको तर्फवाट संघियताका लागी तीन महिना आयोगको प्रस्ताव आएको थियो । त्रिपाठीले कार्यदलमा हिजो र आज भएको छलफलमा विगतमा भएको अनौपचारिक कुराकानीहरु भन्दा भिन्न केहि नरहेको प्रष्टाएका थिए
 

आन्दोलनको समिकक्षा हुदै ।

Wednesday, January 6, 2016

विहारमा सतारुढ गठवन्धनको आयोजनामा मधेश वारे विशेष कार्यक्रम हुदै । आन्दोलनरत शिर्ष नेताहरुलाई निम्तो ।

विहारका सतारुढ गठवन्धनका एकजना प्रभावशाली नेता केहि हप्ता अगाडी सिमाक्षेत्रको एउटा कार्यक्रममा

जारी मधेश आन्दोलनको वारेमा बिहारको पटनामा आउदो १० जनवरीमा बिशेष कार्यक्रमको आयोजना हुदै छ । कार्यक्रम विहारमा हालै चुनाव जितेका लालु प्रसाद यादव र मुख्यमन्त्री नितिशकुमारको पार्टीहरुको गठवन्धनले आयोजना गर्दै छन । १० जनवरीमा ओयोजनमा गरिने उक्त कार्यक्रममा बिहारका सतारुढ प्रमुख नेताहरु सहित मधेशमा आन्दोलनरत दुई ओटै मोर्चाका शिर्ष नेताहरु सहभागी हुने छ । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर सहित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शिर्ष नेताहरु उक्त कार्यक्रमका लागी आमन्त्रित छन भने संघिय गठवन्धनवाट नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झा, तराई मधेश राष्टिय अभियानका जेपी गुप्ता लगायतका शिर्ष नेताहरुलाई आमन्त्रण गरिएको मधेशी पार्टीहरुले पुष्टि गरेका छन । केहि हप्ता अघि मात्रै विहालका सतारुढ एक जना शिर्ष नेता रघुवंश प्रसाद सिंह आफै सिमावर्ती क्षेत्रहरुमा घुमेर तराई मधेशका स्थानिय आन्दोलनकारीहरु  संग अन्तक्रिया कार्यक्रमहरु गरेका थिए ।

Tuesday, January 5, 2016

मधेशी मोर्चा द्धारा छुटै कार्यदलको घोषणा । कार्यदलप्रति सदभावनाको एक्यवद्धता । अगामी रणनितीको आन्तरिक तयारीमा मोर्चा ।


प्रमुख तीन दलको आग्रहलाई अस्विकार गर्दै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आफनो तर्फवाट छुटै कार्यदल बनाएको घोषणा गरेको छ । गएको आइतवार प्रमुख तीन सहित मोर्चाको बैठकमा प्रमुख दलहरुले आन्दोलनको मागलाई सम्बोधन गर्नका लागी संयुक्त कार्यदल बनाउने प्रस्ताव गरेका थिए । प्रमुख दलहरुले आफनो तर्फवाट उक्त कार्यदलमा सहभागी हुनेहरुको नाम सहित बैठकमा उपस्थिती भएर मोर्चालाई त्यसमा सहभागी हुने नेताहरुको नाम मागेका थिए । मोर्चाले बैठकमा आफुहरु पछि छलफल गरेर यसवारेमा निर्णय गर्ने जनाएका थिए । त्यस पछि मोर्चाको दुई दिन देखि लगातार भएको अनौपचारिक छलफलको आधारमा प्रमुख दलहरुको कार्यदलमा नबस्ने निष्कर्ष निकाल्दै वरु उक्त कार्यदलसग संवाद गर्न आफनो तर्फवाट तीन सदस्यीय कार्यदलको घोषणा गरेका छन । मंगलवार काठमाडौ स्थित तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यलयमा पत्रकार सम्मेलन गरेर मोर्चाले आफनो तीन सदस्यीय कार्यदलको घोषणा गरेका थिए । पत्रकार सम्मेलनमा उपल्बध गराइएको विज्ञप्तिमा मोर्चाको तर्फवाट तमलोपा अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गरेको विज्ञिप्तमा तमलोपा नेता हृदेश त्रिपाठी, फोरम नेपालका राजेन्द्र श्रेष्ठ र तमसपाका रामनरेश राय सहभागी रहेको रहेको तीन सदस्यीय कार्यदल बनाएको उल्लेख गरिएको छ । 

Monday, January 4, 2016

सदभावना पार्टीको बृहत एकिकरणका लागी दिल्लीमा गृहकार्य

गएको बैशाख ३ मा सदभावना पार्टीले स्थापनाको २५ औ बर्षगाठ मनाएका थिए ।


टुक्रा टुक्रामा विभाजित रहेको तराइ मधेशको पुरानो पार्टी सदभावनाका सवै पक्षहरुको विचको एकिकरणका लागी दिल्लीमा गृहकार्यहरु थालिएको छ । जारी आन्दोलनको क्रममा ११ पुषमा प्रहरीको आक्रमणमा परी धाइते भएका राजेन्द्र महतो उपचारका लागी गएको शुक्रवार दिल्ली गएका थिए । महतोको उपचारमा दिल्लीमा भईरहदा यसैलाई निहू बनाएर टुक्रा टुक्रामा विभाजित सदभावना पार्टीहरुको एकिकरणको पहल थालिएको बुझिएको छ । यही विषयमा छलफल गर्न नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल कुमार झा पनि हिजो साझ दिल्ली पुगेका छन । झा आज विहानै मात्रै महतो उपचारार्थ अस्पताल पुगेर उनीसंग भेटेका थिए । तर दिल्ली स्थित उच्च स्रोतहरुका अनुसार टुक्रा टुक्रामा विभाजित भएर कमजोर देखिएका मधेशी पार्टीहरुलाई भारतीय पक्षले वारम्वर एकताबद्ध हुन आग्रह गर्दै आएका थिए । गएको दोस्रो संविद्यानसभाको निर्वाचनमा सवै मधेशी पार्टीहरुको विचको एकता प्रयासले खुवै चर्चा पाएको थियो । तर नेतृत्व विवादका कारण हुन सकेन ।

Sunday, January 3, 2016

मोर्चा र प्रमुख तीन दलको बैठक फेरी निष्कर्ष विहिन

कसरी बस्यो आइतवारको वालुवाटार सर्वपक्षिय बैठक ।


 
लामो समय देखि अवरुद्ध प्रमुख तीन दल र आन्दोलनरत मोर्चाको बैठक आइतवार भए पनि कुनै निष्कर्ष उन्मुख नदेखिएको नेताहरुले बताएका छन । लामो अन्तराल पछि सवै पक्षको बैठकमा सरकारी पक्षले फेरी पुन पुरानै रोडम्याप दोह्याएको मोर्चाका नेताहरुले बताएका छन । बैठकमा सहभागी तमसपाका नेता राम नरेश राय भन्छन, उहाहरु फेरी पुरानै कुरा गर्नु भयो, काग्रेस संशोधन विद्येयक पास गर्ने र संघियताको सन्दर्भमा तीन महिना राजनितीक आयोग बनाएर अघि वढौ । राय भन्छन, उहाहरुले पुरानै कुरा भने पछि हामीले पनि आफनो पुरानै अडान दोहउदै बैठक सकाएर फर्केका छौ । रायले भने, हाम्रो तर्फवाट ठाकुरजीले ११ बुदेको ठोस जवाफ मागे पछि उहाहरुले अमुर्त रुपमा कार्यदल बनाउन भन्नु  भयो तर मुद्धाहरुको वारेमा कुनै ठोस कुरा राख्नु भएन ।  गएको साढे चार महिना देखि आन्दोलनरत मधेशी मोर्चाले संघियता सहितको आफुहरुको ११ बुदे मागको प्याकेजमै सम्बोधन हुनु पर्ने अडान दोह्याउदै आएका छन । उता सरकारी पक्षले संघियताको सन्दर्भमा पछि मिलाउने भन्दै राजनितीक समिती बनाएर अघि वढन भनिरहेको छ । मोर्चाका नेताहरुले प्रमुख दलहरुले पछि नगर्ने भन्दै त्यसको आधारमा विश्वास नगर्ने बताउछन ।
 
कसरी बस्यो आइतवारको वालुवाटार सर्वपक्षिय बैठक ।

Saturday, January 2, 2016

मोर्चाको एकतामा कुनै असर पुग्दैन - सदभावना पार्टी


संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा पछिल्लो समय देखिएको तिकत्ताको विच आज सदभावना पार्टीले यसका कारण मोर्चामा कुनै समस्या नआउने दावी गरेका छन । आफना अध्यक्ष राजेन्द्र महतो प्रहरीको कुटाइ वाट धाइते भए पछि उक्त पार्टीले हिजो मात्रै उनलाई विशेष उपचारका लागी दिल्ली पठाएका थिए । त्यस अघि धरान अस्पताल वाट उनलाई काठमाडौ ल्याएका थिए । सदभावना पार्टीका अनुसार महतो दिल्ली उडनु अघि आन्दोलनकारी मधेशीहरुको नाममा एउटा अपिल छोडेर गएका थिए । उक्त पार्टीले आज काठमाडौ सहित मधेशका सवै जिल्लाहरुमा पत्रकार सम्मेलन गरेर उक्त अपिल सार्वजनिक गरेका छन । त्यही अवसरमा काठमाडौमा ओजना गरिएको पत्रकार सम्मेलनमा सदभावना केन्द्रिय नेताहरुले मोर्चा भित्र कुनै समस्या नरहेको दाबी गरेका थिए । उक्त पार्टीका महासचिव मनिष सुमनले् पत्रकारहरुको जिज्ञासामा भने, लोकतन्त्रमा विचारको वहस हुनु स्वभाविकै हो, यसलाई अन्यथा लिनु हुदैन । सुमनले भने, मोर्चा हिजो पनि अखण्ड थियो, आज पनि छ र भोली पनि यो मोर्चा अखण्ड रहने छ, यसमा केहि समस्या छैन, द्धुविद्या नपाले हुन्छ ।  महतोको अपिल संगै सदभावना पार्टीले के्हि छुटै विरोधका कार्यक्रमहरु पनि सार्वजनिक गरेका छन । उक्त पार्टीले आज घोषणा गरिएको विरोध कार्यक्रमहरु स्थानिय स्तरमा मोर्चा सहित आन्दोलनका अन्य सवै पक्षहरुसंग समायोजन गर्दैृ अगाडी वढाइने जनाइएको छ । पत्रकार सम्मेलनमा सुमनले भने, गएको १३ गते तमलोपाले काठमाडौ देखि मधेश सम्मा संकल्प दिवस मनायो, त्यसमा हामी पनि खुल्ला रुपमा सहभागी भयौ, त्यसैगरी फोरम नेपालले भोली कार्यक्रम गर्दै छन, त्यसमा पनि हामी सहभागी हुदै छौ त्यसैगरी यो विरोधका कार्यक्रम पार्टीगत हामी घोषणा मात्रै गरेका छौ, यसमा सवै पक्ष सहभागी हुनेछ । सुमनले मोर्चा चार ओटा पार्टीहरुको गठवन्धन भएको र पार्टीगत रुपमा हामी सवै भिन्न भएको कुरालाई नविर्संन्न सवैमा आग्रह गरे । यसले मोर्चा रुपी गढवन्धनलाई कुनै असर पुग्दैन, सुमनको दावी थियो ।

Friday, January 1, 2016

जब मनिष सुमनले महन्थ ठाकुर र उपेन्द्र यादव माथी औला उठाए......

आइतवार मोर्चा बैठकको तस्बीर

गएको आइतवार आन्दालनरत मधेशी मोर्चाको बैठकको दृश्य अली फरक देखिए । शनिवार सदभावना अध्यक्ष राजेन्द्र महतो माथी विराटनगर जोगवनी नाकामा आक्रमण भए पछि आइतवारको बैठक बसेको थियो । साझ ५ बजे सिंहदरवार स्थित फोरम नेपालको संसदीय दलको कार्यलयमा भएको उक्त बैठकमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपावाट अध्यक्ष महन्थ ठाकुर, नेताहरु हृदेश त्रिपाठी, वृषेशचन्द्र लाल र सुरेन्द्र झा तथा तमसपावाट महेन्द्र यादव, राम नरेश राय र सदभावना पार्टी वाट नरसिंह चौधरी र मनिष सुमन सहभागी सहभागी थिए । उक्त बैठक आफनो अधयक्ष माथी आक्रमण भए पछि सदभावनाको आग्रहमा बोलाइएको थियो । बैठकका सुरुमा फोरम नेपालको अध्यक्ष यपेन्द्र यादवले वोल्ने मौका पाए । उपेन्द्र आफनो भनाई अस्पतालमा उपचारार्थ राजेन्द्र महतोको आलोचना वार सुरु गरे । उनले भने, राजेन्द्र महतोजी आफनै कारण आफु पनि समस्यामा पर्नु हुन्छ अनि मोर्चालाई पनि बदनाम गराउनु हुन्छ । यादवले महतो किन र कुन कार्यक्रम अन्र्तगत विराटनगर नाकामा धर्ना दिन ग एभनेर प्रतिप्रश्न समेत गरे ? मोर्चामा त्यस्तो कुनै सल्लाह नै हुदै अनि वाहा आफनै तालले हिडनु हुन्छ, यादवको तर्क थियो । यादवलेमहतोको उपस्थितीमा आमसभा आयोजना गरिएको जानकारी आफुले पाएकाृ तर उहा त्याहा नगइकन नाकामा किन धर्ना दिन जानु भयो त्यो बुझिनसक्नु भएको भन्दै आलोचना गरे । यादव पछि तमसपाका नेता राम नरेश रायको पालो आएको थियो । तमसपाका नेता रायले पनि सदभावना अध्यक्ष महतोको आलोचनामै आफना कुराहरु टुग्याए । रायले फोरम नेपालका अध्यक्ष यादवकै भनाई लाई हो मा हो भन्दै आफना कुराहरु राखे ।

जब सुमनले महन्थ र उपेन्द्र माथी औला उठाए......