Thursday, December 31, 2015

मोदी -ओली संवाद पछि, प्रचण्ड भेटे ठाकुरलाइ ।


पछिल्लो समयमा अवरुद्ध देखिएको संवाद प्रक्रियाको माझ आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी ओली संग फोन संवाद गरेपछि एमाओवादी अध्यक्ष प्रचण्ड आजै वेलुकि तमलोपा अध्यक्ष महन्थ ठाकुरसंग भेटवार्ता गरेका छन । पछिल्लो समयमा सरकारले मधेशी मोर्चा संगको संवादलाई वेवास्ता गरे जस्तो देखिदै आएको छ । पछिल्लो समयमा परराष्टमन्त्री कमल थापा ११ दिन अघि मोर्चाको वार्ता टोलीलाई सरकारी निर्णय सुम्पीए पछि सरकारी पक्ष र मोचा विच कुनै संवाद भएको छैन । त्यस पछि मोर्चाको काग्रेस र एमाओवादी संग वरु दुई पटक बैठकहरु भएको थियो । तर पछिल्लो एक हप्ता यता उक्त संवाद पनि टुटेको देखिन्छ । आज विहान करीव ११ बजेको हराहारीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओली संग फोन वार्ता गरेका थिए । स्रोतका अनुसार मोदीले प्रधानमन्त्री ओलीलाई मधेशी मोर्चा संग सहमती गरेर अघि नवढे सम्म विरगंज रक्सौल नाका खुल्ने सक्ने अवस्था नरहेको घुमाउरो रुपमा भनेका थिए । मोदीले मधेशी मोर्चा संग सार्थक वार्ता समेत गर्न सुझाएको बुझिएको छ । पछिल्लो समयमा सरकारी पक्ष सहित काग्रेसले समेत संसदमा पेश गरिएको संशोधन विद्येयक पास भए पछि भारतीय पक्ष साकारात्मक हुने आकंलन गर्दै मोर्चा संगको संवादलाई खासै महत्व दिएको देखिएका थिएन । तर स्रोत भन्छन, मोदीले आज ओलीलाइ संविद्यान संशोधन मधेशी मोर्चाको सहमतीमा गर्न सल्लाह दिएका छन ।


प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदी विच विहान कुराकानी सकिएको केहि वेरमै एमओवादी अध्यक्ष तथा ओलीका सतासाझेदार प्रचण्डले तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई फोन गरेर वेलुकि भेटनका लागी समय मागेका थिए । त्यस पछि आज साझ ५ वजे ठाकुर र प्रचण्ड विच भेटवार्ता भएको तमलोपा स्रोतको भनाइ छ । पछिल्लो समयमा प्रचण्डले काग्रेस संग पनि मिलेर मोर्चा संगको वार्तालाई अघि वढाउने प्रयास गरेका थिए । तर त्यो पनि सफल हुन सकेका थिएन ।  स्रोतका अनुसार तमलोपा अध्यक्ष ठाकुरलेले आज पनि प्रचण्ड संग संघियताको सिमांकन सहित ११ बुदेको वारेमा प्रमुख सबै दलहरु विच समान धारणा हुनुपर्ने  र हाल संसदमा पेश गरिएको संशोधन विद्येयक तत्काल रोक्न सुझाएका थिए । मधेशी मोर्चाका नेताहरुले प्रमुख दलहरुले आफुहरु संग गरेको मौखिक वाचाको विपरित संशोधन विद्येयकलाई अगाडी वढाएको भन्दै सरकार तथा काग्रेस प्रति थप रुष्ट बनेका छन ।
 
ठाकुर र प्रचण्ड विच आज भएको भेटवार्तालाई कतिपय नेताहरु अवरुद्ध संवाद सुरु होला कि भन्ने पहलको रुपमा मात्रै दिनु पर्ने रुपमा अर्थाउछन । तत्कालै केहि भइहाल्छ भन्ने् विश्वास मधेशी मोर्चाका शिर्ष नेताहरुमा देखिदैनन ।
 
यता मधेशी मोर्चा भन्ने अगामी आन्दोलनको रणनिती बनाउनमा व्यस्त देखिन्छ । आउदो १९ गते पछि हुने मोर्चाको बैठकले आन्दोलनको कार्यक्रमहरुलाई कुन रुपमा अगाडी लैजाने भन्ने वारेमा विभिन्न तहमा छलफल भइरहेको छ । मोर्चाका भित्रियाहरु भन्छन, बाहिर हल्ला गरिए जस्तो तत्कालै नाका अवरुद्धको कार्यक्रममा कुनै वदलाव आउने छैन ।

No comments:

Post a Comment