Wednesday, December 30, 2015

मधेशमा मोर्चाको लाठी जुलुस । मोर्चा अगामी रणनितीको वारेमा आन्तरिक तयारी गर्दै ।


३ पुषमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले घोषणा गरेको कार्यक्रम अनुसार आज मधेशका सवै जिल्लाहरुमा लाठी जुलुस निकालिएको छ । मोर्चाको आब्हानमा निकालिएको सवै जिल्लाहरुको लाठी जुलुसमा विशाल जनसहभागीता रहेका थिए । मुख्य गरी विरगंज, कलैया, गौर, मलंगवा, जनकपुर, राजविराज, विराटनगर लगायतका सहरहरुमा निकालिएको लाठीजुलुसमा आम मधेशीहरुको उलेख्य सहभागीता रहेको देखिएका छन । गएको शनिवार विराठनगर जोगवनी नामामा धर्ना बस्न गएको वेला मोर्चाका एक जना शिर्ष नेता सदभावना अध्यक्ष राजेन्द्र महतो माथी प्रहरीले आक्रमण गरेपछि मधेशमा थप आक्रोश पैदा हुदै गएको देखिन्छ । महतो माथी भएको प्रहरी आक्रमणको विरुद्धमा मधेशका विभिन्न सहरहरुमा उग्र प्रर्दशनहरु समेत गरिएको छ । आजको लाठी जुलुसको क्रममा समेत कतिपय ठाउहरुमा उग्र प्रर्दशनहरु भएको देखिन्छ । पछिल्लो चरणमा मोर्चाले आज सम्म १५ पुष सम्मको केन्द्रिय तहको कार्यक्रमहरु घोषणा गरेका थिए । अवको दुई तीन दिन संघिय गठवन्धनको कार्यक्रमहरु रहेका कारण मोर्चाले १९ पुषमा अव मात्रै आफनो अगामी रणनीती सहितको थप केन्द्रिय स्तरको कार्यक्रमहरु सार्वजनिक गर्ने छन । स्थानिय स्तरमा मोर्चाले छुटै विभिन्न विरोधका कार्यक्रमहरु समेत गर्दै आएका छन । 

मोर्चा अगामी रणनिती बनाउदै


लाल भन्छन, उक्त बैठकमा नाकाबन्दीको न पनि कसैले उच्चारण गरेका थिएन ।
खासगरी पछिल्लो दुई दिन तमलोपा अध्यक्ष महन्थ ठाकुरको भनाईहरुको आधारमा आएको केहि समाचारका कारण मोर्चाको अगामी रणनिती वारे सर्वत्र अत्यद्यिक चासो देखिन थालेका छन । पछिल्लो शनिवार सदभावना अध्यक्ष महतो माथी विराटनगरमा आक्रमणभए पछिमोर्चाको आपतकालिन बैठक गएको आइतवार साझ बसेको थियो । जुन बैठकले महतो माथी भएको आक्रमणको छानविन गर्न माग गरिएको थियो । गएको आइतवार सिंहदरवारमा बसेको मोर्चाको बैठकमा हाल आइरहेको नाका केन्द्रित सम्बन्धी धारणाहरु जस्तो कुनै चर्चा नभएको उक्त बैठकमा सहभागी तमलोपा उपाध्इक्ष बृषेश चन्द्र लाल बताउछन । लाल भन्छन, उक्त बैठकमा नाकाबन्दीको न पनि कसैले उच्चारण गरेका थिएन । उक्त बैठकमा तमलोपाको तर्फवाट अध्यक्ष महन्थ ठाकुर, नेताहरु हृदेश त्रिपाठी र लाल संगै सुरेन्द्र झा थिए भने, फोरम नेपालको तर्फ वाट अध्यक्ष उपेन्द्र यादव, सदभावना पार्टीका नरसिंह चौधरी र मनिष सुमन तथा तमसपाका महेन्द्र यादव र राम नरेश राय उपस्थिती थिए । गएको आइतवारको उक्त बैठकमा फोरम अध्यक्ष उपेन्द्र यादवले महतोको गतिविधीको आलोचना गरेका थिए भने सदभावनाका महासचिव सुमनले त्यसको प्रतिरोध । पछि त्रिपाठी र यादवकै सल्लाहमा सुमन जारी गरिएको प्रेस विज्ञप्ति वनाएर सार्वजनिक गर्दै उक्त बैठक सकिएको थियो । तमलोपा अध्यक्ष ठाकुर सहित अन्य नेताहरुले आफनो कुनै विचार समेत त्याहा नराखेको बैठकमा सहभागी नेताहरु बताउछन ।
 
तमलोपा उपाध्यक्ष लालका अनुसार अगामी १९ पुष पछि आन्दोलनको नया कायक्रमहरु कस्तो बनाउनेवारेमा शिर्ष तहका केहि नेताहरु विच अनौपचारिक छलफलहरु चलीरहेको छ । लाल भन्छन, चिसोका कारण नाका धर्नामा मानिसहरु ठुला संख्यामा बस्न नसकिरहेको अवस्थामा त्यस वारेमा विभिन्न ढृष्टिकोणले समिकक्षहरु भइरहेको छ । यद्यपी अहिले उक्त कार्यक्रम फिर्ता लिने कुनै योजना छैन । वरु हामी अरुविरोधका कार्यक्रमहरु भन्दा नाका केन्द्रित कार्यक्रम लाई नै कसरी सशक्क्र बनाउने वारेमा छलफल गरिरहेकाछौ, लाल भन्छन । सदभावना महासचिव सुमनका अनुसार मोर्चाको तीन ओटा सुरु देखिको विरोध कार्यक्रमहरुमा तत्कालै कुनै परिवर्तन हुने सम्भावना छैन । सुमन भन्छन, मोर्चाको आन्दोलनको सुरु देखि नै घोषाण गरिएको आमहडताल तथा नाका केन्द्रित धर्ना र कर नतिरेर सरकारलाई असहयोग गर्ने कार्यक्रम तत्कालै परिर्वतन हुदैन ।
 
वार्ता प्रक्रिया ठोस रुपमा मुर्त रुप नलिए सम्म आन्दोलनको उक्त तीन ओटा कार्यक्रम फिर्ता नगर्ने मोर्चाका अन्य घटकहरुसमेत बताएका छन । थप आन्दोलनको स्वरुप कस्तो गर्ने वारेमा विभिन्न कुराहरु माथी छलफलहरु भइरहेको नेताहरु बताउछन ।
 
जनकपुर साम्य हुदै 



 
गएको शनिवार विराटनगरमा सदभावना अध्यक्ष महतो माथी भएको आक्रमण पश्चात जनकपुर सूरु भएको उग्र प्रर्दशन आज दिउसो देखि केहि शान्त भएको स्थानिय प्रशासनले जनाएका छन । आज विहान प्रमुख जिल्ला अधिकारी र स्थानिय युवा आनन्दोलनकारीहरुको संयुक्त बैठक अराजक बन्दै गएको जनकपुरको परिस्थतीलाई मिलेर शान्त पार्ने सहमती भएको थियो । पछिल्लो तीन दिन यता जनकपुरमा प्रहरीहरु तथा प्रहरी चौकीहरुमाथी व्यापक पेटेल बमहरु प्रहार हुन थालेका थिए भने प्रहरीले आन्दोलनकारीहरुलाई समाती समाती व्यापक वल प्रयोग गरेर कुटपिट गरिरहेका थिए । आन्दोलनकारीहरु पछि हटन संकेत नदेखिए पछि स्थानिउ प्रशासनले आज पिहा आन्दोलनकारी अगुवा युवाहरु संग बैठक गरेर स्थिती नियन्त्रणमा ल्याइ दिन आग्रह गरेका थिए । बैठक पछि सवै पक्षले संयुक्त वक्तव्य निकालीसिथती साम्य पार्न सवै पष मिलेर सहयोग गर्ने उल्लेख गरिएको छ । उक्त वैठक आज विहान भए पछि दिउसो वाट स्थिती शान्त भएको छ । प्रर्दशनकारीहरु जानकी मन्दिरसंगै रहेको जानकी प्रहरी चौकीलाई केन्द्रमा राखेर विगत तीन दिन देखि प्रर्दशनहरु गर्दै आएका थिए । 

No comments:

Post a Comment