Tuesday, December 29, 2015

हिंसाको चक्रव्युहमा फस्दै मधेश ।


जारी मधेश आन्दोलनको लामो समय सम्म उचित सम्बोधन नहुदा मधेशका युवा आन्दोलनकारी हिसांत्मक गतिविधी प्रति आकर्षषित हुन थालेको पाइएको छ । सुरु देखि नै जारी आन्दोलनमा युवाहरुको अनुहार ठुलो सख्यामा देखिदै आएका थिए र अहिले पनि छन । तर आन्दोलनको उचित सम्बोधनमा ढिलाई हुदै जादा मधेशमा विभिन्न किसिमका प्रयोगहरु समेत हुन थालेका छन । मुख्यगरी जारी आन्दोलनमा प्रहरी प्रशासन द्धारा अत्यद्यिक वल प्रयोग भएको भन्दै मधेशी युवाहरुमा ठुलो आक्रोश देखिएका छन । दलानलाइ प्राप्त केहि फोटो र कागजातहरुले मधेशका युवाहरु जारी आन्दोलनलाई सफल बनाउदै भन्दै सैन्य तालिम तिर लम्किन थालेको देखिन्छ । दलानलाइ प्राप्त एउटा एक पेज लामो भर्ना सम्बन्धी एउटा विज्ञप्ती दुई महिना अघिको देखिन्छ । उक्त विज्ञप्तिमा भनिएको छ, जारी मधेश आन्दोलन दुई महिना लामो समय देखि चलीरहदा पनि सफल नभइरहेको अवस्थामा मधेशी सेना निर्माणका लागी आब्हान गरिएको छ । उमेर समुह नै तोकेर आब्हान गरिएको विज्ञप्तिमा १५ बर्ष दे्खि २५ बर्ष उमेर समुहका मधेशी इच्छुक युवाहरुलाई आउन आब्हान गरिएको देखिन्छ । विज्ञप्तिमा तालिम समय, तालिम स्थान, देखि सम्पर्क व्यक्तिहरुको नम्बरहरु समेत देखाइएको छ । हिंसात्मक गतिविधी थप प्रोत्साहन नपाओस भन्ने उदेश्यले दलानले त्यसको माथिल्लो अंश मात्रै याहा प्रकाशित गरेको छ । जस खण्डमा विज्ञप्तिमा भनिएको मधेशी सेनाका लागी अपिल गरिएको छ । भाषिक रुपमा केहि त्रुटिपुर्ण देखिएको उक्त विज्ञप्तिमा नेपाली र हिन्दीमा एउटा मुक्तक समेत लेखिएको देखिन्छ । जारी मधेश आन्दोलनको दुइ महिना पछि उक्त विज्ञप्ति जारी गरिएको देखिन्छ । अर्थात आज भन्दा दुई महिना पुर्वको उक्त विज्ञप्ति हो भन्न सकिन्छ । त्यसैगरी हालै मधेशको एउटा ग्रामिण इलाकामा मधेशी युवाहरुले बन्दुक जलाउन सकिरहेको फोटो समेत दलानलाई प्राप्त भएको छ । जुन फेटोमा भर्खरका केहि मधेशी युवाहरु बन्दुक चलाउन सिकिरहेको देखिन्छ । रातीको समयको उक्त फोटो खिचेको देखिन्छ । दलानलाइ प्राप्त भएको उक्त फोटाको स्रोतलाई सुरक्षाको दुष्टिकोणका कारण हामीले उक्त फोटोको विस्तृत विवरण याहा प्रस्तुत गर्न सकेनौ ।
 
हिंसाको खतरनाक पुर्नागमन को संकेत 



 
पहिलो मधेश आन्द्योलन पश्चात तराई मधेशमा चाउसरी उम्रिएको हतियारी सशस्त्र समुहको नमिठो अनुभव संकालेको मधेशमा फेरी हतियारको राजनिती फस्टाउने हो कि भन्ने त्रास केन्द्र देखि तल्लो स्तर सम्मा देखिन्छ । पछिल्लो चरणमा खासगरी जारी मधेश आन्दोलनको उठान संगै तराई मधेशमा प्राय निस्प्रभावी भईसकेको सशस्त्र समुहहरुको एक आध विज्ञप्ति वाहेक अरु खासै गतिविधी देखिएन । काठमाडौमा त्यसलाई लिएर विभिन्न अडकलवाजीहरु भए पनि तराई मधेशको् नाममा रहेको बाकी केहि सशस्त्र समुहहरुलाई लिएर ठुलो वयान गर्नु अनुचित नै रहेको दाबीहरु प्रस्तुत भएको थियो । जुन धेरै हद सम्म सत्यको नजिक पनि देखिन्थ्यो ।
 
हाल पछिल्लो समयमा आएर मधेशी सेनाको गर्ने भनिएको निर्माण अज्ञात समुहको नाममा भईरहेको देखिन्छ । हाल सम्म कुनै सशस्त्र समुह वा कसैको उक्त विज्ञप्तिमा नाम देखिन्न । हाल सम्म अज्ञात समुहको नाममा देखिएको उक्त गतिविधीका केहि स्रोतले दलानलाई दिएको जानकारी अनुसार तराई मधेशको पुर्व देखि पश्चिम सम्म लक्षित गरेर तीन ठाउमा सेल्टरहरु बनाएर हालै विभिन्न सैन्यमुलक तालिमहरु सम्पन्न भएको छ । पुर्वमा सप्तरी, त्यसैगरी रौतहटलाई केन्द्र बनाएर अर्को र पश्चिमलाई केन्द्र बनाउदै रुपन्देही पारीको क्षेत्रमा उक्त सेल्टरहरु बनाएर सैन्य तालिमहरु दिइएको छ ।
 
सप्त्तरी र सिरहा क्षेत्रमा कार्यरत एक उच्च सुरक्षा अधिकारीका अनुसार पछिल्लो समयमा आन्दोलनमा देखिएको भिड पहिला भन्दा अत्यद्यिक हिंसक देखिन्छ । ती अधिकारी भन्छन, खासगरी पछिल्लो समयमा ३ पुषमा मोर्चाले आन्दोलनलाई पुन चर्काउने गरेको निर्णय पश्चात आन्दोलनकारीहरुको समुहमा हिसांवाट उत्प्रेरित युवाहरुको जमात विस्तारै वढदै गएको देखिन थालेको छ । ती अधिकारी भन्छन, यसको अर्थ आन्दोलनमा आम मधेशी छैन भन्ने होईन, तर आन्दोलनको भिडमा पछिल्लो समयमा हिंसा मच्चाउने जमात वढदै गएको हामीले नोटिस गरेका छौ ।
 
ती सुरक्षा अधिकारीको दावीमा सिरहा र सप्त्तरी क्षेत्रको नजिकै भारतीय क्षेत्रमा दशै यता तीन पटक सुसुप्त भईसकेको सशस्त्र समुहहरुको संयुक्त बैठक भएको देखिन्छ । हामीले अहिले नै यो वा त्यो भन्न सक्ने अवस्था छैन, तर सशस्त्र समुहहरु फेरी व्युतेला कि भन्ने आकंलन चाही हामीले पनि निकालेका छौ, ती अधिकारी भन्छन ।
 
मधेशी युवाहरुलाई सैन्य तालिम संचालन गरीरहेको एक अगुवाका अनुसार हाल सुरु गरिएको सैन्य दस्ता सशस्त्र समुहकै रुपमा अघि आउला कि नआउला भन्ने कुरा अवको दुइ महिना पछि मात्रै निक्र्यौल हुन्छ । ती अगुवा भन्छन, हाम्रो विगत साह्ै तितो छ, सशस्त्र राजनिती मधेशमा यस भन्दा पहिला फाफेको छ्रैन, त्यसैले अहिले हामी अज्ञात समुहकै नाममा काम गृहकार्य गरिरहेका छौ । उनीहरुको अहिले जारी मधेश आन्दोलनलाई सफल हुन नदिन मुख्य रुपमा तीन ओटा तत्वलाई आफनो दुश्मनको रुपमा किटान गरेको जनाएका छन । ती अगुवा भन्छन, मधेशमा व्याप्त रहेको निराशालाई नै हामीले पनि आफनो कार्यसुचिमा राखेका छौ । पहिलो त प्रहरी प्रशासन नै हो, दोस्रो भनेको प्रमुख दल काग्रेस, एमाले र एमाओवादी  अनि तेस्रो भनेको काठमाडौ केन्द्रित ठुला मिडियाहरु, उनी भन्छन, यो तीन ओटा कारक तत्वका कारण मधेश आन्दोलन सफल हुन सकिरहेको छैन, त्यसैले हाम्रो निशानामा यी तीन ओटै तत्वहरु पर्ने छन । उनीहरुले यो तीन ओटा पक्षलाई तराई मधेशवाट आफुहरु लखेटने दावी गर्छन ।
 
कतिपय भित्रियाहरु भन्छन, जारी मधेश आन्दोलनलाई काठमाडौले सम्बोधन गर्न गरीरहेको ढिलाइले मधेशमा देखिन थालिएको यस्ता गतिविधी नत मधेशको हित छ नत काठमाडौको हितमा । पहिलो मधेश आन्दोलन पश्चात तराई मधेशमा फस्टाएको सशस्त्र समुहहरुको भएको अपराधिकरणले मधेशमा कम्तीमा पनि तीन सय युवाहरुको ज्यान गएको र हजारको हराहारीमा जेल जलान भएको तथ्यांकहरु छन । प्रहरी प्रशासनले घोषीत रुपमै इन्काउन्टरको रणनिती लिएर सशस्त्र समुहमा लागेका सयौको लागी मारेको विभिन्न मानव अधिकारवादी संघ संस्थाहरुले जनाएको देखिन्छ ।
 
यस्तो पुष्टभुमिमा फेरी हतियारको राजनिती तिर लम्किरहेको मधेशको अगामी कार्यदिशा के होला त्यो भन्न सकिन्न । तर जानकारहरु भन्छन, यसले फाइदा कति गर्लान त्यो त भन्न सकिन्न तर वेफाइदाको कार्यसुचिहरु अहिले नै दिन सकिन्छ । यद्यपी यस्ता सैन्य दस्ताहरु निर्माणका लागेका अगुवाहरुको अगामी मुभ कस्तो हुन्छ त्यो पनि महत्वपुर्ण देखिन्छ । एक अगुवा भन्छन, हामी विगतमा असफल रहेको मधेशको सशस्त्र राजनितीको पनि विभिन्न पाटाहरु केलाइरहेका छौ, त्यसैले हतारमा हामी अहिले नै केहि कुरा सार्वजनिक गर्ने पक्षमा छैनौ । उनीहरुको भनाईमा फागुन पछि मात्रै यो समुहहरु एउटा ठोस निष्कर्षमा पुग्ने छन र त्यस पछि मात्रै उनीहरुको गतिविधी वारेमा ठोस कुराहरु आउने छन ।

No comments:

Post a Comment