Monday, December 28, 2015

किन असफल हुदै छन वार्ता प्रक्रिया ?


गएको साढे चार महिना देखि आन्दोलनरत मधेशी पक्ष र प्रमुख दलहरु विच वार्ता हुदै छ भन्ने समाचार आउने वितिकै सवैको चासो त्यता जाने गर्छन । स्वभाविक पनि हो । लामो समय देखि जारी आन्दोलनले मधेश देखि पहाड सम्मको जनजीवनहरु प्रभावित छन । त्यही भएर होला वार्ताको समाचारले आम नागरिकलाई अली वढी आशावादी वनाइ दिन्छ । र हरेक वार्तावाट नेताहरु निस्कदा भन्ने गर्छन, कुराकानी साकारात्मक रुपमा अगाडी वढेको छ, केहि दिनमै टुगो लाग्छ । यसले थप हौसिन्छ नागरिकहरु । तर त्यस्तो परिणाम देखिनमा आउदैन । फेरी दलहरु पुरानै विन्दूमा गएको देखिन्छ । आखिर किन यस्तो भईरहेको छ । पछिल्लो समयमा सरकारी पक्ष भन्दा पनि काग्रेस र एमाओवादी संग वढी बसउठ गरीरहेका मोर्चाका नेताहरु भन्छन, याहा वाट पनि केहि निस्कीएला भन्नेमा विश्वास छैन । तर गएको शनिवार वार पछिल्लो पटक काग्रेस एमाओवादीसंग छलफलमा बसेका एक नेता भन्छन, किन त्यस्तो नहोस । चार घण्टाको छलफलमा कुनै निष्कर्ष निस्केकै हुदैन, अनि आउने वेलामा प्रमुख दलका नेताहरुले वाहिर साकारात्म्क छ भनेर प्रेसमा भन्नुस भनेर उर्दी जारी गर्छन, हामी त्यही अनुरुप भनिदिन्छौ तर केहि भएकै हुदैन अनि परिणाम कसरी देखियोस । पछिल्लो शनिवारको छलफलको सन्दर्भमा त्यहा सहभागी एक नेता भन्छन, तीन घण्टाको काग्रेस संग छलफलमा मोर्चाको ११ बुदे वारेमा समान्य छलफल र काग्रेसले संसदमा पेश गरेको संशोधन विद्येयक वारेमा अली वढी छलफल भयो । हामीले उक्त परिमार्जन विना परित भयो भन्ने हामी स्विकार गर्ने छैन भनेर कुरा राख्यौ उहाहरुले समान्य परिवर्तनको जनाउ दिनु भयो जसले हाम्रो मागलाई सम्बोधन गर्ने कुरै आउदैन, ती नेता भन्छन, अनि अन्तमा प्रचण्डजी आउदा पनि यही सेरोफेरोमा कुरा भयो साझ अली वढी घर्कन थालेको थियो, हामी सवै जना निस्कने कुरा गर्यौ । निस्कने कुरा आए पछि प्रचण्डले भने, एउटा सानो टिम बनाएर सवै कुराको वारेमा एउटा आधार वनाउ र त्यसलाई सहमतीको स्वरुप दिने कुरा गरेको मोर्चाको नेताको भनाई छ । तर मोर्चा भन्दा पहिला त्यसमा काग्रेसले प्रश्न गर्यो, के एमालेले मान्छन त्यो । त्यसपछि काग्रेसका केहि नेताले प्रचण्डलाई उक्त जिम्मा दिए, तपाइ एमाले संग कुरा गर्नुस अनि भोली वसौला । त्यसपछि प्रचण्डले मोर्चाका नेताहरुलाई तपाईहरु वाहिर साकारात्म्क छलफल हुदै छ भनेर बोलि दिन आग्रह गरे । उनले हामी भोली एमाले सहित बैठक गर्ने पनि जिम्मा लिए । तर त्यसो हुन सकेन । वार्ता तथा छलफलहरुमा सहभागी हुने नेताहरु भन्छन, सुरुमा सवै विषय माथी कुरा हुन्छन तर अन्तिममा निष्कर्ष निकाल्ने वेलामा हामी एउटा पनि ठोस रुपमा दिन सक्दैनौ, अहिले सम्मको वार्ता र छलफलको निचोड यस्तै छ । अनि कसरी होस वार्ता प्रकिया सफल ? उनले प्रश्न गरे । 

किन अफल हुदै छन वार्ता ?


औपचारिक देखि अनौपचारिक छलफलहरुमा सहभागी हुदै आएका तराई मधेश लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदेश त्रिपाठी भन्छन, प्रमुख दलहरु मुद्धाको सम्बोधन गर्नु भन्दा पनि समान्य रुपमा टालटुल पार्न खोज्दै छन, जुन कुरा हामी स्विकार गर्ने पक्षमा छैन । समस्या नियत मै देखिए, त्रिपाठी भन्छन, नियत ठिक भए पो निती माथी विश्वास गर्न सकिन्छ । त्रिपाठी भन्छन, प्रमुख दलहरु काग्रेसको संशोधन विद्येयकमा समान्य परिमार्जन गरेर यसलाई सहमतीमा ल्याउने पक्षमा अहिले सम्म मात्रै देखिएको छ । उनी भन्छन, संघियताको कुरामा त यती अमुर्त रुपले तीन महिने समितीको कुरा गररिहेको छ कि त्यो मान्य हुने कुरै हुदैन । उनी भन्छन, हामीले तीन महिना समितीको वारेमा पनि कुरा गरौ त भनेकै हो तर उहाहरु त्यसको वारेमा फेरी अघि वढन चाहनु हुन्न । खाली समिती बनाएर मात्रै विश्वास गर्ने आधार नभएको भन्दै त्रिपाठी भन्छन, जव सम्म त्यसको टिओआर बनाएर त्यसको वाध्यतात्मक अवस्था हुदैन तव सम्म हामी त्यो मान्न तयार हुने छैनौ । उनी भन्छन, प्रमुख दलहरु यसमा अहिले सम्म हामी संग बसेर एक घण्टा पनि छलफल गरेका छै्रनन । अहिले सम्म सवै वार्ताहरु लगभग काग्रेसका संशोधन विद्येयकमै केन्द्रित रहेको उनको भनाई छ । शायद त्यही भएर होला आज पार्टी स्थापना दिवसको अवसरमा पत्रकारहरु संगको संक्षिप्त कुराकानीमा तमलोपा अध्यक्ष महन्थ ठाकुरले भने, प्रमुख दलहरु माथी विश्वास गर्ने कुनै आधार नै नरहेको जिकिर गरे । ठाकुरले भने, हामी सग आएर अनौपचारिक, औपचारिक रुपमा आएर एउटा कुरा गर्नूृ हुन्छ अनि व्यहवारमा उहाहरुको फेरी अर्को देखिन्छ ।
 
के हुन्छ त ?  
त्रिपाठी भन्छन, आन्दोलनकारी हाथमा दही जमाएर त पक्कै बस्ने छैनौ होला ।
काठमाडौमा एक थरीको वुझाइ र विश्लेषण अनुसार अव मधेशी मोर्चा जारी आन्दोलनलाई धेरै लम्बाउन सक्ने छैन । यीनीहरुको विश्लेषण अनुसार भारतले साथ छाडी सकेका कारण मोर्चा दबाबमा आएर अन्तोगत्वा आन्दोलनको स्वरुप फेर्न वाध्य हुने छन । तर मधेशमा त्यसको ठिक विपरित अवस्थाहरु दिन प्रति दिन देखिन थालेका छन । गएको शनिवार वेलुकि विराटनगर नाकामा सदभावना अध्यक्ष राजेन्द्र महतो प्रहरीको कुटाइवाट धाइते भए पछि मधेशका विभिन्न सहरहरुमा प्रर्दशनहरु उग्र वन्दै गएको देखिन्छ । मोर्चाका एक नेता भन्छन, एक त त्यतीकै लामो आन्दोलनले मधेशको हिंसात्मक बन्दै गएको मुडलाई महतो घटनाले थप घिउ हाली दिएको छ । मधेशमा प्रहरी, प्रशासन देखि प्रमुख दलहरु सहित काठमाडौको ठुला मिडियाहरु प्रति व्यापक असन्तुष्टि देखिन्छ । जुन विभिन्न ढंगले प्रगट पनि भइरहेको छ, यस्तो वेला आन्दोलन आफै सेलाएर जान्छ भन्ने आकंलन काठमाडौको अर्को महाभुल सावित हुने छ । आन्दोलन लम्बिदै जादा आम मधेशीहरुको प्रतिवद्धता थप प्रगाढ हुदै गएको देखिन्छ ।
 
पछिल्लो शनिवारको काग्रेस, एमाओवादी संगको छलफलमा समेत यो कुराको वारेमा बहस भएको तमलोपा नेता त्रिपाठी वताउछन । उनी भन्छन, प्रचण्डजीको आग्रह थियो कि सरकार कडा रुपमा प्रस्तुत हुन खोज्दै छन, त्यही भएर तपाईहरु लचिलो भइदिनु पर्यो । त्रिपाठी भन्छन, सरकार सुरक्षावल प्रयोग गरेर मधेशलाई आफनो नियन्त्रणमा पार्न सकिन्छन र आपुर्ति व्यवस्था सहज बनाउन सकिन्छ भन्ने धेउमा देखिन्छ । जुन उनलाइ मंगहो सावित हुनेछ, त्रिपाठी भन्छन, सरकार कडा रुपमा प्रस्तुत भए हामी आन्दोलनकारी के हाथमा दही जमाएर त पक्कै बस्ने छैनौ होला । त्रिपाठीले मुलुक गम्भिर मोडमा फसेको समेत बताए । उनले भने, स्थिती साच्चिकै गम्भिर छ , केहि भन्न सकिन्न, के हुन्छ, हुन्छ ।
 
गएको शनिवार सदभावना अध्यक्ष महतो माथी आक्रमण भए पछि मोर्चाले वार्ता प्रक्रिया माथी औपचारिक रुपमा प्रश्न चिन्ह खडा गरीदिएको छ भने सदभावना पार्टीले अवको वार्तामा नजाने अडान प्रस्तुत गरेका छन । मोर्चाका कतिपय भित्रिया भन्छन, आन्दोलन मार्फत नै फेरी धक्का दिने मोर्चाले आन्तरिक निष्कर्ष निकाली सकेका छन । हाल प्रतिकुल मौसमका कारण अली आन्द्योलनमा पनि चिसो देखिएको हुन सक्छ, स्रोत भन्छन, तर काठमाडौले फेरी सोच्नै नसकिने ढंगले समेत आन्दोलन उठने छन । जसको आन्तरिक तयारीमा मोर्चा पनि लागेको भानहरु हुन थालेका  छन ।

No comments:

Post a Comment