Sunday, December 27, 2015

'राष्टवादले समावेशीताको ग्यारेन्टी गर्नै पर्छ ।'


नेपाली काग्रेसका नेता प्रदीप गिरी तथा तमलोपा अध्यक्ष महन्थ ठाकुरले राष्टवादले समावेशीतको ग्यारेन्टी गर्नु अनिवार्य रहेको तर्क गरेका छन । काठमाडौमा पत्रकार प्रशान्त झा द्धारा लेखिएको व्याटल अफ रिपब्लीकाको नेपाली संस्करण गणतन्त्रका संघर्षहरुको विमोचन कार्यक्रममा आयोजना गरिएको कार्यक्रम यी दुइ नेताले समावेशीताको ग्यारेन्टी विना राष्टवाद हुनै नसक्ने दावी गरे । डेढ बर्ष अघि प्रकाशित व्याटल अफ रिपब्लीकाको नेपाली संस्करण गणतन्त्रका संघर्षको अनुवाद उज्जवल प्रसाइले गरेका छन । विमोचोन समारोहमा आयोजना गरिएको कस्तो राष्टवाद र कसको राष्टवाद शिर्षकको छलफलमा मधेश आन्दोलनका एक जना अगुवा नेता महन्थ ठाकुर र नेपाली काग्रसका नेता प्रदीप गिरी उक्त शिर्षक माथी विचारहरु राखेका थिए । जारी मधेश आन्दोलनलाई तमलोपा अध्यक्ष महन्थ ठाकुरले मधेशीहरुको राष्टीयतासंग जोडदै यसको उचित सम्बोधन भए  नेपालको राष्टियता मजवुत हुने दावी गरे । मधेश आफैमा छुटै राष्ट हो, म नेपाली काग्रेसमा रहदा देखि नै यो कुरा भन्दै आएको छू, ठाकुरले भने यसवाट आतिनु पर्ने वा डराउनु पर्ने कारण छैन । एउटा देश भित्र विभिन्न राष्टीयताहरु हुन्छ ठाकुरले भने त्यस सवैलाई मिलाएर देश अगाडी वढदा झनै मजवुत हुन्छ ।


ठाकुरले जारी आन्द्योलनको वटमलाईनको रुपमा अघि देखिएको संघिद्दयताको मुद्धालाई विगतको अन्तरिम संविद्यान र पहिलो संविद्यानसभाकै प्रतिवेदनहरुले प्रष्ट पारे पनि केहि प्रमुख नेताहरुले त्यसलाई खुम्चाएका कारण समस्या उत्पन्न भएको दावी गरे । ठाकुरले भने, पहिलो संविद्यानसभाको राज्य पुर्नसंरचना समिती र तत्कालिन सरकारले वनायो राज्य पुर्नसंरचना आयोग दुवैले झापा देखि कन्चनपुर सम्मको भागलाई मधेश भनेर स्विकार गरेर त्यसमा दुई ओटा प्रदेश बनाउने भनिएको थियो तर केहि प्रमुख दलका नेताहरुले त्यसलाई मानेनन ।
 
तमलोपा अध्यक्ष अध्यक्ष ठाकुरले नेपालमा भारतसंग नजिक हुन सवैले तत्वशरम गरेको देखिए पनि आफनो अनुकुल नहुने वितिकै नेपाली राष्टियतालाई भारतसंग जोडेर गाली गर्ने प्रवृति रहेको तर्क समेत दिए । याहा को भारतसंग नजिक हुन खाजेका छैन, ठाकुरले भने, अनि अरुले आफनो अधिकारको कुरा गर्दा भारतसंग जोडेर राष्टियता माथी प्रश्न गर्ने ?
 
छलफलमा काग्रेस नेता प्रदीप गिरीले मधेशीहरुले आफनो अधिकारको माग गर्नु प्रजातान्त्रिक कुरा भएको भन्दै यसमा भारतले गरेको समर्थनलाई अन्यथा लिनुपर्ने कुनै कारण नरहेको बताए । गिरीले भने, हामीले प्रजातन्त्रको लडाइ लडदा भारतलाई गुहार गरेर समर्थन गर्ने अनि मधेशीहरु आफनो अधिकारको लागी आन्दोलन गर्दा त्यसमा भारतले सर्मथन जनाउदा नानाथरी कुरा गर्नु वेतुकको छ । गिरीले भने, भारतले विना कुनै कारण मधेशीहरुको आन्दोलनमा समर्थन जनाउनु पर्छ ।
 
प्रजातन्त्रले नागरिकलाई भोटको महत्व बताउछन अनि त्यसमा नागरिकले हाम्रो अधिकार खोज्ने विश्वव्यापी प्रचलन छ, गिरीले भने, मधेशीहरुले आफनो भोटको महत्व ढिलै भए पनि बुझेका छन, त्यसैले उनीहरुले आफनो हिस्सेदारी खोज्नुलाई अन्यथा लिनु पर्दैन । जारी गरिएको नयां संविद्यानलाई पन्चायतकालिन संविद्यान भन्दा पनि खराव भएको संज्ञा दिदै गिरीले अन्तरिम संविद्यान भन्दा पछाडी फर्केर प्रमुख दलहरुले गम्भिर गल्ती गरेको दावी गरे ।
 
गिरीले राष्टवादको नारा दिएर नागरिकको अधिकारलाई कुण्ठित पार्न नपाइने दावी गरे । उनले भने, वास्तकीक राष्टवादले समावेशीको ग्यारेन्टी गर्नु पर्ने वाध्यता अवस्था हो । समावेशीताको ग्यारेन्टी विना वास्तकिता राष्टवाद हुन नसक्ने गिरीको दावी थियो ।
 
पुस्तकको लेखक प्रशान्त झाले जारी भएको नयां संविद्यानको सम्पुर्ण कुरा नराम्रो नभए पनि यसले समावेशी प्रजातन्त्रको मुल आधारमै प्रहार गरेको बताए । नयां सविद्यान सम्पुर्ण रुपमा खराव छ त म भन्दिन, झाले भने, तर यसले सवै समुदायको राजनितीक प्रतिनिधित्वमै व्यान्ड लगाउने काम गरेको छ । विगतको मधेश आन्दोलनको क्रममा गरिएको ८ वुदेलाई यो संविद्यानले सम्बोधन गर्नु पथ्र्यो झाले भने तर वलपुर्वक अस्विकार गर्ने काम गरिएकाले आजको समस्याको सामना गर्नु परिरहेको छ ।  

1 comment: