Saturday, December 26, 2015

विराटनगरको नाकामा तनाव । सदभावना अध्यक्ष महतो सहित कयौन नेताहरु धाइते ।

प्रहरीसंगको झडपम धाइते भएका सदभावना अध्यक्ष राजेन्द्र महतो अस्पतालमा


विराटनगर स्थित जोगवनी नाकामा धर्ना दिन पुगेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो प्रहरी संगको दाहोरो झडपमा धाइते भएका छन । महतो आज दिउसो देखि उक्त नाकामा धर्ना दिने पुर्व कार्यक्रम थियो । विरगंज नाकामा बस्दै भएका महतो हिजो अवेर साझ भारतीय वाटो हुदै विराटनगर पुगेका थिए । आज दिउसो विराटनगर जोगवनी नाकामा धर्नामा बसीरहेको वेला प्रहरीले हस्तपेक्ष गरेर महतोलाई नियन्त्रणमा लिन खाजेका थिए । त्यस पछि स्थिती तनावपुर्ण बन्न पुगेको र दाहोरो झडपको अवस्था सिर्जना भएको थियो । दाहोरो झडपको क्रममा महतो संगै सदभावना पार्टीका प्रवक्ता संतोष मेहता सहित आधा दर्जन नेताहरु धाइते भएका छन । महतोको टाउको र खुटामा चोट लागेको सदभावनाका प्रवक्ता संतोष मेहताले बताए । धाइते महतो सहित अन्य सवैको विराटनगरमा उपचार गरिएको छ ।


गएको चार महिना देखि आन्दोलनमा रहेको मधेशी मोर्चाले नाकाहरु अवरुद्ध पार्दै त्याहा धर्ना दिदै आएका छन । तर पछिल्लो समयमा विरगंज वाहेक अन्य नाकाहरुमा मोर्चाको धर्ना कार्यक्रम फितलो बन्दै गएको थियो । आन्दोलनको सुरु देखि नै विरगंज नाकामा केन्द्रित रहदै आएका महतोले आज देखि लागातार एक हप्ता भन्दा वढी विराटनगरमा बस्ने कार्यक्रम सहित त्याहा पुगेका थिए । दिउसो आफना स्थानिय नेताहरु तथा कार्यकर्ताहरुलाई लिएर जोगवनी नाकामा धर्ना दिन पुगेका महतोलाई प्रहरीले सूरुमा नियन्त्रणमा लिन खाजेका थिए । तर कार्यकर्ताको घेरामा रहेका महतो धर्नास्थलवाट जोगवनी तिर लागेका थिए ।  त्यसपछि उनी संग रहेका कार्यकर्ताहरु र प्रहरी विच दाहोरो झडप हुन थाले पछि स्थिती तनावपुर्ण बन्न पुग्यो । त्यही क्रममा महतो सहित अन्य नेताहरु धाइते भएको बताइएको छ ।
 
खासगरी पुर्वको झापा, मोरड, सुनसरीलाई २ नम्बरको मधेश प्रदेशमा गाभ्नु पर्ने भन्दै मोर्चा सहितका मधेशी पार्टीहरुले आन्दोलन गर्दै आएका छन । दुई दिन अगाडी मात्रै गएको विहिवार जेपी गुप्ता, शरद सिंह भण्डारी, राज किशोर यादव र अनिल झा नेतृत्व संघिय गठवन्धनले पनि विराटनगरमा आमसभा गर्दा प्रहरीले कार्यक्रम सकिए पछि वल प्रयोग गरेको उक्त मोर्चाले जनाएका थिए । विहिवार उक्त गठवन्धनको आमसभा सकिए पछि प्रहरी गठवन्धनले बनाएको मन्चमा तोडफोड गर्नुको साथै त्याहावाट निस्कीरहेका आमसहभागीहरु संग झडप गरेका थिए ।
 
पछिल्लो समयमा आन्दोलन पक्षहरुले पुर्वको तीन जिल्लामा आन्दोलन चर्काउन खाजेको देखिन्छ जसको सशक्क्त प्रतिकार प्रहरी प्रशासनको भुमिका देखिएको छ । आन्दोलनरत पक्षहरुले ती तीन जिल्लामा आन्दोलनलाई उचाइमा पुर्याउन नसकेको भन्दै आन्दोलनमा समर्थन जनाउदै आइरहेको विभिन्न पक्षहरुले आलोचना गर्दै आएका छन ।

No comments:

Post a Comment