Thursday, December 24, 2015

आन्दोलनरत मोर्चाको तयारी - 'एक धक्का अझै जोडले दिनु पर्छ ।'


गएको चार महिना देखि आन्दोलनरत मधेशी मोर्चाले एक धक्का अझै जोडले दिनु पर्ने निष्कर्ष निकाल्दै त्यसको तयारी गरिरहेका छन । गएको ३ पुषमा आन्दोलनलाई फेरी सश्क्क्त बनाउने निर्णय सार्वजनिक गरे लगतै मधेशमा छठ पछि सुस्ताएको आन्दोलन विस्तारै उग्र वन्दै गईरहेको देखिन्छ । यही विच सरकारी पक्षले मन्त्रीपरिषद वाट वार्ताका लागी तीन बुदे निर्णय सहित आब्हान गरेको थियो । तर मोर्चाले त्यसलाई अपुरो भन्दै अस्विकार गरेका थिए । औनपचारिक छलफलमा सहभागी मोर्चाका नेताहरुका अनुसार सुरुमा आन्दोलनलाई नै मान्न तयार नहने प्रमुख दलहरु अहिले संघियता वाहेकको सवै मुद्धा सम्बोधन गर्न तयार भएको छ, आन्दोलनलाई अझै एक चरण जोडले धक्का दिएमा संघियता प्रति समेत उनीहरु वाध्य भएर सम्बोधन गर्न तयार हुने आकंलन गरेका छन । अनौपचारिक छलफलहरुमा सहभागी नेताहरुका अनुसार प्रमुख दलहरु संघियताको सन्दर्भमा अझै पनि लचिलो भएको अवस्था छैन, यस्तो अवस्थामा अन्य मुद्धा सम्बोधन गरेर मात्रै सहमती गर्दा संघियता फेरी जस्ताको त्यस्तै रहने सम्भावना हुन जान्छ । त्यसैले आन्दोलनलाई फेरी एक  चोटी उचाईमा पुर्याउदै प्रमुख दलहरुलाइृ झुकाउनु पर्छ ।

हाल मौसम प्रतिकुलताका कारण तराई मधेशमा आन्दोलनकारीहरु हुन सक्ने अप्ठायाराहरुका कारण मोर्चाले समान्य प्रकृतिका विरोध कार्यक्रमहरु सार्वजनिक गरेका छन । मोर्चाका एक नेता भन्छन, शितलहरी अली कम भए पश्चात अर्थात पुुष पछि आन्दोलन मार्फत जोडदार धक्का दिने तयारीमा मा्र्चा आन्तरिक रुपमा काम गरीरहेको छ । जस अन्र्तगत फेरी एकचा्ेटी नाकामा जारी अवरोधलाई सवै ठाउहरुमा अहिले देखि विस्तारै कडा पार्ने रणनितीमा मोर्चा अघि वढदै छन । त्यसैगरी इन्धनहरुको भईरहेको कालोवजारीलाई स्थानिय स्तरमा मोर्चाको मार्फत निरुत्साहित कसरी गर्न सकिन्छ भन्ने वारेमा समेत गृहकार्यहरु चलीरहेको छ । मोर्चाको एक नेता भन्छन, काठमाडौमा एक चरण फेरी अत्यद्यिक हाकाहार मच्याउदै मधेशमा सशक्क्त प्रर्दशनहरु गरेर मात्रै काठमाडौलाई झुकाउन सकिन्छ भन्ने हाम्रो आन्तरिक ठम्याइ छ ।

विरगंज नाकाको धर्नालाई लागतार नेतृत्व गर्दै आएका सदभावना अध्यक्ष राजेन्द्र महतो आज राती विराटनगर पुग्दै छन । उनी त्याहा एक हप्ता भन्दा वढी बस्ने योजना रहेको नेताहरु बताउछन । उनी त्याहा मुख्य रुपमा अहिले विराटनगर नाकामा सश्क्क्त धर्ना कसरी जमाउने वारेमा काम गर्ने छ । त्यसै संग त्यसमा स्थानिय स्तर अरु आन्दोलनकारीहरु संग पनि विभिन्न बैठकहरु गरेर पुर्वको आन्दोलनलाई कसरी थप उठाउने वारेमा काम गर्ने बताइएको छ । आज मात्रै विराटनगरमा संघिय गठवन्धनले आमसभा गरेका छन । जेपी गुप्ता, राजकिशोर यादव, अनिल झा र शरदसिंह भण्डारी नेतृत्वको गठवन्धन पनि पछिल्ले समयमा मधेशका सहरहरुमा विशाल विशाल आमसभाहरु गर्नै विरोधका कार्यकम्रहरु गर्दै आइरहेका छन । केन्द्रमा दुवै मोर्चा विच सहकार्य नदेखिएको भए पनि स्थानिय स्तरमा आन्दोलनकारीहरु विच सवै पक्षमा सहकार्यको वातावरण देखिएको छ । त्यसैले महतोले त्याहा सम्भवतह शिर्ष नेतृत्वहरु छलफल गरेर स्थानिय स्तरमा कसरी थप सहकार्य गर्दै आन्दोलन उठाउने वारेमा काम गर्ने उनी निकटस्तहरुले बताएका छन ।
 
पुर्व मधेश सगै पश्चिममा पनि थारुहरुलाई सशक्क्त आन्दोलन त्यही स्वरुप अगाडी पहलकदमीहरु भईरहेको नेताहरु बताउछन । आज मात्रै आन्दोलनरत थारुहरुका्े विभिन्न संगठनहरुले संयुक्त निर्णय गर्दै पुष मसान्त भित्र आफुहरुको माग पुरा नभए थरुहट भुभागमा कडा आन्दोलन चर्काउने सार्वजनिक गरेका छन । कतिपय भित्रियाहरु भन्छन, पुषको शितलहरी सक्ने वितिकै एक चोटी कडा आन्दोलन पुर्व देखि पश्चिम सम्मै चर्किन्छ । जसको आन्तरिक तयारीहरु तीव्र रुपमा भइरहेको छ ।


No comments:

Post a Comment