Monday, December 21, 2015

गौरमा थप तनाव । मधेशमा प्रर्दशनहरु तीव्र

रौतहटको कटहरीया प्रहरी चौकीमा तोडफोड गर्न हिडेका युवा आन्दोलनकारीहरु

रौतहट सदरमुकाम गौरमा आइतबार झडपमा प्रहरीको गोली लागी बिद्यार्थीको मृत्यु भएपछि आक्रोशित स्कुले बिद्यार्थीले सोमबार बिहानै ग्रामीण भेगको ३ प्रहरी चौकीमा तोडफोड र आगजनी गरेका छन् । त्यस पछि रौतहटको गौर सहितको क्षेत्रमा थप तनाव सिर्जना भएको छ । सदरमुकाम गौरमा पनि बिहानैदेखी चोक–चोकमा टायर बालेर प्रदर्शन भएपछि १० बजेसम्मका लागि हटाइएको कर्फ्यु १०स्३० देखि अनिश्चितकालका लागि फेरि जारी गरिएको थियो । स्थिती केहि साम्य भए पछि वेलुकि ६ वजे देखि चार घण्टाका लागी क्फुर्य हटाइएको छ ।


आइतबार गौरस्थित बीपी चोकनजिक प्रहरीको गोली लागी तेजापाकड गाबिस–१ का शेख तबरेजको मृत्यु भएको थियो । आक्रोशित बिद्यार्थी समूहले इलाका प्रहरी कार्यालय कटहरियाको कम्पाउण्ड बाल फोरेका छन् । उनीहरु कार्यालय भित्र प्रवेश गर्न लाग्दा प्रहरीले रोकेको थियो । त्यसपछि मुख्यगेटमा नाराबाजी गर्दै टायर बालेर उनीहरु फर्किएका थिए । हातमा लाठी बोकेका बिद्यार्थीले प्रहरी कार्यालयको बोर्डसमेत निकालेर फालिदिएका छन् ।
 
सदरमुकाम गौरबाट १९ किलोमिटर पश्चिम भारतीय सीमा नजिकैको बन्कुल प्रहरी चौकीमा पनि प्रदर्शनकारीले आक्रमणको गरेका छन् । उक्त चौकीको प्रतिक्षालयमा बिद्यार्थी समुहले आगजनी गरेका छन् । आगजनीबाट चौकीको फर्निचर र एक सबारी साधन जलेको छ ।

 
गौरस्थित जुद्धमाविका कक्षा १० का विद्यार्थी तबरेजको मृत्युपछि जिल्लाका सबै विद्यालय बन्दको आह्वान गरिएको छ । यस संगै रौतहटको अवस्था विगत दुई दिन देखि रहेको तनाव वढदै गईरहेको छ ।

 
विरगंजमा आज निकालिएको लाठी जुलुस
यस संगै मधेशका अन्य जिल्लाहरुमा समेत प्रर्दशनहरु तीव हुदै गएका छन । गएको शुक्रवार मात्रै मधेशी मोर्चाले आन्दोलन चर्काउने निर्णय गरेका थिए । त्यससंगै मधेशका जिल्लाहरुमा आन्दोलन फेरी चर्किएको छ ।

No comments:

Post a Comment