Friday, December 18, 2015

आन्दोलनको नेतृत्व गर्दै शिर्ष नेताहरु मधेशमा बस्ने । वार्ता अब काठमाडौमा नगर्ने महन्थ ठाकुरको भनाइ ।

काठमाडौमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा मोर्चाका नेताहरु


गएको १२६ दिन देखि जारी मधेश आन्दोलन फेरी चर्काउने उदघोष गरेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आफनो शिर्ष नेताहरु लाई मधेश भरी नै खटाउने तयारी गरेका छन । खास गरी पछिल्लो समयमा अली फितलो हुदै गएको आन्दोलनलाई थप सश्क्क्त बनाउन लागेको भन्दै नया कार्यक्रमहरु सार्वजनिक गरेको मोर्चाले  स्थानिय आन्दोलनकारीहरुमा अन्योल वढन  थालेकाले शिर्ष नेताहरुलाई मधेशमै बस्ने रणनिती बनाएका छन । जस अनुसार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पुर्व क्षेत्रको कमाण्ड गर्दै विराटनगर केन्द्र बनाएर आन्दोलनमा खटिने छन भने तमलोपा अध्यक्ष महन्थ ठाकुर पश्चिममा खटिने छन । यस अघि देखि नै सदभावना अध्यक्ष विरगंजमा बस्दै आइरहेका छन । त्यसैले महतो विरगंज मै बसेर मध्यको आन्दोलनलाई नेतृत्व गर्ने छन । त्यसैगरी तमसपाका अध्यक्ष महेन्द्र यादव सर्लाहीमा बस्ने योजना छ । यसरी मोर्चामा आबद्ध शिर्ष नेताहरु आफै मधेशका विभिन्न भागमा बसेर आन्दोलनको नेतृत्व गर्ने जनाइएको छ । मोर्चामा आबद्ध सवै तहका नेताहरुलाई काठमाडौ छाडेर मधेशमा आ आफना क्षेत्रमा पुगेर आन्दोलनमा सहभागीता तथा त्यहा सक्रियता जनाउन मोर्चाले आन्तरिक रुपमा भनिसकेका छन । खासगरी  दुई हप्ता अघि मोर्चाका शिर्ष नेताहरु दिल्ली भ्रमण गए पछि जिल्लाहरुमा रहेका मधेशी सवै केन्द्रिय नेताहरु मधेश छाडेर काठमाडौ आएका थिए । जसका कारण स्थानिय स्तरमा आन्दोलनकारीहरु विचको सम्वन्यमा ठुलो समस्या देखिन थालिएको थियो ।


हिजो र आज गरी दुई दिने मोर्चाको औपचारिक बैठकले गरेको निर्णयहरु आज काठमाडौमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको छ । मोर्चाले सार्वजनिक गरेको नया आन्दोलनको कार्यक्रमहरु आउदो १५ गते सम्मका लागी छन । सार्वजनिक गरिएको कार्यक्रमहरु अनुसार संसदमा प्रस्तुत गरिएको संशोधन विद्येयक जलाउने देखि लाठी जुलुस सहित ठुला ठुला सभाहरुको आयोजनहरु छन ।

वार्ता काठमाडौमा नगर्ने ठाकुरको भनाई ।

जारी मधेश आन्दोलनको सुरु देखि नै वार्तामा नेतृत्व गरीरहेको मोर्चाका एक घटक तमलोपा अध्यष महन्थ ठाकुरले अव सरकार संगको वार्ता काठमाडौमा नहने उदघोष गरेका छन । मोर्चाको नयां कार्यक्रमहरु सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा ठाकुरले भने, हामीले लचीलो भएर सुरु देखि नै अहिले सम्म १५ पटक वार्तामा बसी सक्यौ तर सरकार पक्षमा यस प्रति गम्भिर भएन, वरु आजको मिती सम्म आन्दोलनलाई खिल्ली उडाउने काम भएको छ । मोर्चाको वैठकले प्रमुख दलहरु संग वार्ताको औचित्य समाप्त भइसकेको बताउदै ठाकुरले भने, यदी सरकार पक्षले कुरा गर्न खोज्यौ भने अव मधेशमै आउनु पर्ने हुन्छ ।

केहि हप्ता अघि मात्रै सरकार परराष्टमन्त्री कमल थापाले दिल्ली साक्षीमा अघि सारेको ४ बुदे रोडम्याप आफुहरुले स्विकार गर्ने ठाकुरले बताए । उनले भने, हामीले दिल्ली जादा पनि आफनो कुरा राखेर आएका छौ, त्यो रोडम्याप अनुसार हामी सहमती गर्न सक्दैनौ । ठाकुरले जारी गरिएको नयां संविद्यानमा अत्यद्यिक त्रुटि रहेको भन्दै यसको पुर्नलेखन मार्फत मधेशको मुद्धा सम्बोधन हुनु पर्छ भन्ने आफुहरुको मान्यता रहेको स्पष्ट पारे । संघियताको सिमाकंनलाई आफनो वठम लाईन बनाएको मोर्चाले मधेशमा दुई प्रदेश हुनु पर्ने अडानमा छन ।

एक अर्को प्रसंगमा तमलोपा अध्यक्ष ठाकुरले पछिल्लो समयमा दिल्लीले ४ बुदे रोडम्याप मार्फत मधेशी मोर्चालाई अघि वढन दबाब दिइरहेको सन्दर्भमा आएको कुरालाइ अस्विकार गरे । ठाकुरले भने, अहिले सम्म हामीलाई त्यस्तो कुनै दबाब आएको छैन । जारी मधेश आन्दोलनमा भारत सहित अन्य सवै विदेशी मुलुकहरुमो समर्थन रहेको ठाकुरको भनाई छ । खासगरी पछिल्लो समयमा दिल्लीले जारी मधेश आन्दोलनको सुरुमा देखाएको समर्थन पछिल्लो समयमा वदलिएको भन्नेर आईरहेको समाचारहरुलाई ठाकुरले निराधार बताए । उनले भने, नेपालमा भएको हरेक लोकतान्त्रिक अधिकारको लडाइमा भारतको समर्थन थियो र अहिले पनि मधेशीहरुले आफनो अधिकार प्राप्तिको लागी गरिरहेको आन्दोलनमा भारतको नैतिक समर्थन रहेको छ ।

No comments:

Post a Comment