Thursday, December 17, 2015

वार्ताको औचित्य समाप्त भएको मोर्चाको निष्कर्ष । भोली पत्रकार सम्मेलन मार्फत नयां आन्दोलनको कार्यक्रम घोषणा हुदै


आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारी पक्षहरु संग वार्ताको औचित्य समाप्त भएको निष्कर्ष निकाल्दै अगामी आन्दोलनको कार्यक्रमहरु भोली सार्वजनिक गर्ने जनाएको छ । आज साझ तमलोपा पार्टी कार्यलयमा मोर्चाको औपचारिक बैठकले जारी आन्दोलनको सन्दर्भमा छलफल गर्दै विभिन्न विषयहरु माथी छलफल भएको छ । भोली विहान फेरी बैठक गरेर दिउसो २ वजे पत्रकार सम्मेलन मार्फत मोर्चाले आफनो अवद्यारणहरु सार्वजनिक गर्ने जनाएका छन । आजको बैठकमा मुख्य गरी तीन ओटा विषयमा छलफलहरु भएको नेताहरुले बताएका छन । पहिलो सरकारी पक्षहरु संग हाल सम्म भएको वार्ता प्रसंग, दोस्रो अगामी आन्दोलन कसरी सश्क्क्त बनाउने वारेमा र तेस्रो हालै सरकारले संसदमा दर्ता गराएको संशोधन विद्येयक वारेमा । मोर्चाको यी विषयमा भएको छलफलहरुको निष्कर्ष सहितको निर्णय भोली सार्वजनिक हुने बताइएको छ ।


दोस्रो तहका नेताहरु पछिल्ला सोमवार देखि लागातार छलफल गर्दै आएको मोर्चाको आज शिर्ष नेताहरुको उपस्थितीमा औपचारिक बैठक डाकिएको थियो । आजको बैठकमा तमलोपा अध्यक्ष महन्थ ठाकुर, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमसपाका महेन्द्र यादव सहित अन्य पार्टीहरुका दोस्रा तहका नेताहरु उपस्थिती थिए । आजको बैठकमा तमलोपा अध्यक्ष ठाकुरले सरकारी पक्षहरु संग भएको वार्ताहरुको वारेमा जानकारी गराएका थिए भने दोस्रा तहका नेताहरुले बनाएको अगामी रणनिती वारेमा छलफल भएको छ । बैठकमा ठाकुरले प्रधानमन्त्रीका दुतका रुपमा केहि नेताहरु आफुसंग आएर सिमांकनको वारेमा कुरा गरे पनि प्रधानमन्त्री सहित प्रमुख दलका शिर्ष नेताहरु अहिले सम्म कुनै पनि छलफल नै गर्न नचाहेको निष्कर्ष सुनाएका थिए । ठाकुरले सरकार िपक्षहरुसंग कुराकानीको आधारमा आफुलाई यीनीहरुले वार्ता मार्फत सम्बोधन गर्लान भन्नेमा विश्वास नरहेको बताएका थिए । त्यस पछि मोर्चाको सम्रग वैठकले त्यसो भए वार्ताको औचित्य नै समाप्त भएको घोषणा गर्ने निर्णयमा पुग्न सुझाएका छन । जसमा ठाकुरको पनि सहमत थियो ।
 
त्यसैगरी हालै सरकारले संसदमा प्रस्तुत गरेको संशोधन विद्येयक लोकतान्त्रिक प्रक्रियाको विरुद्धमा आएको भन्दै त्यसलाई अस्विकार गर्ने र यसवारेमा सवै पक्षलाई जानकारी गराउने वारेमा छलफल भएको थियो ।
 
अगामी रणनिती सहितको नयां आन्दोलन थप कसरी सश्क्क्त बनाउने वारेमा मोर्चाका नेताहरु गएको सोमवार देखि नै गृहकार्य गर्दै आएका थिए । नेताहरु हृदेश त्रिपाठी, वृषेशचन्द्र लाल, जितेन्द्र सोनल, लक्ष्मणलाल कर्ण, मनिष सुमन, लालबाबु राउत र राम नरेश रायले गएको चार देखि छलफल गरेर बनाएको विभिन्न कार्यक्रमहरु वारेमा शिर्ष नेताहरुलाई जानकारी गराएइको थियो ।
 
मोर्चाले आउदो अर्को हप्ता देखि नाकामा थप कडाइ गर्ने देखि सडक केन्द्रित विभिन्न विरोधका कार्यक्रमहरु वनाएको नेताहरुले बताएका छन ।

No comments:

Post a Comment