Wednesday, December 16, 2015

विवाहपन्चमीमा बबाल

जनकपुरमा आज राष्टपति

मिथिला क्षेत्रको प्रसिद्ध मेला मानिने विवाहपन्चमीको अवसरमा आज जनकापुर दिन भर तनावग्रस्त भएका छन । विवाहपन्चमीको अवसरमा जनकपुरको प्रसिद्ध जानकी मन्दिरमा राष्टपति विद्यादेवी भण्डारी पुजा गर्न जाने कार्यक्रम तय भए संगै जनकपुरमा त्यसको विरोध भईरहेको थियो । गएको चार महिना देखि आन्दोलनमा रहेको मधेशी शक्तिहरु प्रमुख पार्टीहरु माथी अधिकार नदिएको आरोप लगाउदै आएका छन । नयां संविद्यानको विरोधमा मधेशमा जारी आन्दोलनका कारण आक्रोशित रहेको मधेशको पृष्टभुमिमा आज जनकपुरको प्रसिद्ध मे्ला विवाहपन्चमी रितिपुर्वक सम्पन्न समेत हुन सकेको छैन । इतिहासमा यसरी विवाहपन्चमीको पद्धती नै पुरा नभएको यो पहिलो पटक हो । जारी आन्दोलनका कारण भारतको अयोध्यावाट जयन्ती आउन सकेको थिएन भने । अर्को राष्टपतिको विरोधका कारण विवामहोत्वका कुनै पनि पद्धतीहरु पुर्या रुपमा सम्पन्न हुन सकेको छैन । विवाहपन्चमीमा जनकपुरमा लाग्ने सवै भन्दा ठुलो मेला हो ।

राष्टपति भण्डारी विवापन्चमीको अवसरमा जनकपुर आउने भए पछि वुधवार विहानै देखि जनकपुरमा आन्दोलनकारीहरु कालो झण्डा लिएर प्रर्दशन गरीरहेका थिए । तर जनकपुरमा हिजो देखि नै बंकर सहित सेनाहरु गस्ती गरिरहेका कारण राष्टपति जनकपुर उत्रन सफल भईन । आन्दोलनकारीहरु उनी त्याहा पुगे संग ढुगामुढाहरु गर्न थाले पछि प्रहरीले अत्यद्यिक वल प्रयोग गरेर भिडहरुलाई नियन्त्रमा लिएका थिए । प्रहरीको लाठी चार्जवाट कम्तीमा पनि ६० जना धाइते भएको स्थानिय मधेशी पार्टीहरुले निकाले विज्ञप्तिमा जनाइएको छ । धाइते हुनेहरुमा भारतीय नागरिकहरु समेत छन ।
 
प्रर्दशनकारीहरुले आज विवाहमहोत्वको लागी जानकी मन्दिरमा बनाइएको मन्च समेत जलाइदिएका थिए भने जानकी मन्दिरका महन्थ माथी गाली गर्लाज गर्दै उनको खोजी गरिरहेका थिए । स्थानिय आन्दोलनकारीहरु मन्दिरका महन्थहरु माथी पनि आक्रोशित देखिएका छन । 

जनकपुरवाट अनुज मिश्रको सहयोगमा

No comments:

Post a Comment