Tuesday, December 15, 2015

यस्तो बन्दै छ मोर्चाको नयां आन्दोलन रणनिती

नाका थप कडा पार्नका लागी वारी - पारीका संयुक्त बैठकहरु सम्पन्न


दिल्ली भ्रमण देखि एक्कासी अली चिसिएको मधेश आन्दोलनलाई पुन चर्काउन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आन्तरिक तयारीलाई तीव्र बनाएका छन । यता मौसममा आएको हेरफेरले नाका केन्द्रित कार्यक्रममा समेत पछिल्ला केहि दिन यता अप्ठायाराहरु देखिन थालीए पछि त्यस वारेमा समेत मोर्चा रणनितक रुपमा अघि वढन खाजेको कतिय भित्रियाहरुको भनाई छ । आउदो शुक्रवार सम्ममा मोर्चाको बैठक गरेर नयां कार्यक्रमहरु घोषणा  गर्ने तयारी मोर्चाको छ । सम्भवतह विहिवार नै अथवा शुक्रवार मोर्चाको औपचारिक बैठक वोलाउने तयारी भईरहेको छ । सोमवार तमलोपा पार्टी कार्यलयमा मोर्चाका प्रमुख नेताहरुको तीन घण्टा वढी सम्म भएको अनौपचारिक बैठकले जारी आन्दो्लनको समिकक्षा गर्दै भावी रणनिती वनाउने वारेमा छलफल गरेका थिए । खासगरी चिसो सगै तराई मधेशमा पछिल्लो केहि दिन यता शितलहर चल्न थाले पछि नाका केन्द्रित कार्यक्रमलाई लिएर विभिन्न अडकलवाजीहरु चलीरहेको थियो । तर केहि दिन भित्रै नाकाहरु पुन थप कडाई गर्न लागिएको मोर्चा स्रोतले दाबी गरेका छन ।

आन्दोलनकारीको अप्ठायारा बुझन महन्थ ठाकुर विरगंजमा


चिसो वढे सगै स्थानिय आन्दोलनकारीहरुले सामना गर्नु परीरहेको अप्ठायाराहरुको वारेमा तमलोपा अध्यक्ष महन्थ ठाकुर आज विरगंज पुगेका छन । उनी स्थानिय आन्दोलनकारीहरु संग कुराकानी गरेर भोली काठमाडौ फर्किए पछि पर्सी मोर्चाको बैठक डाक्ने तयारी छ । मोर्चा स्रोतका अनुसार चिसो संगै शितलहर चल्न थाले पछि नाका सहित अन्य विरोधका कार्यक्रमहरु कसरी अघि वढाउने वारेमा मोर्चाका शिर्ष नेताहरु गम्भिर गृहकार्यमा लागेका छन । ठाकुरले विरगंजमै रहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो संग पनि अगामी रणनिती वारेमा छलफल गर्ने छन ।

नाका थप कडा पार्नका लागी वारी - पारीका संयुक्त बैठकहरु सम्पन्न

गएको चार महिना देखि जारी मधेश आन्दोलनको सवै चर्चीत विरोध कार्यक्रम मध्येका एक नाका अवरोध अगामी दिनमा कसरी गर्ने वारेमा हिजो सोमवार सिमावर्ती भारतीय सहरहरुमा स्थानिय मधेशी पार्टीहरु र पारीका स्थानिय राजनितीक दलहरु विच संयुक्त बैठकहरु भएका छन । सिरहा, धनुषाको सिमावर्ती सहर जयनगर, महोतरी, सर्लाहीको सितामढी, सप्तरीको भिमनगर र रौतहट, वारा, पर्साको रक्सौलमा बैठकहरु सम्पन्न भएको छ । यो सवै बैठकहरुमा यताका स्थानिय जिल्ला स्तरका शिर्ष मधेशी नेताहरु थिए भने तर्फवाट पनि स्थानिय स्तरका सवै राजनितीक दलहरुको सहभागीता थियो । मधेशमा आन्दोलन सुरु भए लगतै केहि सिमावर्ती भारतीय सहरहरुमा समेत विरोधका कार्यक्रमहरु भएको थियो । जयनगर र सितामढी, रक्सौल बैठकमा सहभागी नेताहरुका अनुसार बैठकमा केहि दिनमै सुरु फेरी कडा नाका अवरुद्ध कसरी पार्ने वारेमा विभिन्न रणनितीहरु बनेको थियो । यस्तो बैठकहरु पुर्व देखि पश्चिम सम्मका सवै जिल्लाहरु नजिकै केहि दिन भित्रै हुन लागेका छन । 

प्रमुख दलहरु विरुद्धमा मोर्चाको नयां विरोध कार्यक्रमहरु आउदै

चाडै बस्न लागेको मोर्चाको बैठकले प्रमुख दलहरुको विरुद्धमा विरोध कार्यक्रमहरु ल्याउन लागेको मोर्चा स्रोतले बताएको छ । भोली विरगंज तमलोपा अध्यक्ष ठाकुर फर्किए पछि पर्सी बस्ूने मोर्चाको बैठकका लागी कार्यक्रम बनाउन मोर्चाका केहि नेताहरु गृहकार्य सुरु गरेका छन । हिजो सोमवार तमलोपा पार्टी कार्यलयमा बसेको बैठकले यसवारेमा कामहरु अघि वढाएको बुझिएको छ । हिजोको बैठकमा तमलोपा नेताहरु हसदेश त्रिपाठी, वृषेशचन्द्र लाल, सदभावनाका लक्ष्मण लाल कर्ण, मनिष सुमन, तमसपाका राम नरेश राय सहतका नेताहरु सहभागी थिए । नेताहरु अगामी बैठक अघि उक्त कार्यक्रम बताउन नमिल्ने बताएका छन । तर एक नेताका अनुसार केहि सिर्जनात्मक तर प्रमुख दलहरुको विरुद्धमा केहि नयां विरोधका कार्यक्रमहरु लिएर मोर्चाका शिर्ष नेताहरु मधेश झर्दै छन । आउदो ३ पुष देखि उक्त विरोध कार्यक्रमहरु लागु हुने बताइएको छ । ४ पुष देखि मोर्चाले पश्चिममा समेत विशेष अभियानहरु थाल्ने बताएका छन ।

No comments:

Post a Comment