पुर्वी मधेशको तुलनामा सिथिल देखिएको पश्चिमी मधेशका जिल्लाहरुमा आन्दोलनरत मधेशी पार्टीहरुले विषेश प्रशिक्षण सहित कार्यकर्ता भेलाहरुको आयोजना गर्न लागेका छन । आउदो ४ पुष देखि नवलपरासी वाट सुरु हुने यस्तो भेलाले पश्चिम मधेशका जिल्लाहरु विच आन्दोलनको समन्वय समितीहरु समेत निर्माण गरिने तयारी छ । तमलोपाका महामन्त्री गोविन्द चौधरीका अनुसार ४ देखि ६ पुष सम्म नवलपरासीमा र त्यस पछि रुपन्देही, कपिलवस्तूमा यस्तो प्रशिक्षण गरिने छ । पश्चिमका नवलरपरासी, रुपन्देही र कपिलवस्तू, वाके र बर्दीया तथा कैलाली र कन्चनपुर जिल्लाहरुको आन्दोलन समन्वय समिती बनाउने तयारी मधेशी पार्टीहरुले गरेका छन । दागमा राजमार्ग केन्द्रित योजना बनाउने तयारी छ । दाग देखि कन्चरपुर सम्म थारु आन्दोलनकारी समितीहरुसंग समेत समन्वय गरेर आन्दोलन समितीहरु बनाउन लागीएको बताएइको छ । यस्तो समन्वय समितीमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका सवै पार्टीहरु सहभागी हुने छन ।
दिल्ली भ्रमणवाट फर्किए पछि जारी आन्दोलनको स्थानिय अगुवाहरु व्यापम अन्योलता देखिरहेको सन्दर्भमा मधेशी पार्टी आन्दोलन केहि महिना लम्बिन भएकाले शितलहर चले सम्म प्रतिरक्षात्मक अवस्थामा मात्र देखिने मनस्थितीमा छन । तराई मधेशका जिल्लाहरुमा पछिल्ला केहि दिन यता वाक्लो हुस्सु सहित शितलहर देखिन थाले पछि यसले आन्दोलनलाई प्रभाव पारिरहेको बताइएको छ ।
आज मात्रै विरगंजमा पत्रकारहरु संग कुरा गर्दै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आउदो १ पुष देखि आन्दोलन थप सश्क्क्त बनाउने बताएका छन । दिल्ली भ्रमण वाट उनी हिजो मात्रै पटना हुदै विरगंज आइपुगेका थिए । दिल्ली भ्रमणवाट अन्य मधेशी शिर्ष नेताहरु भन्दा थप दुई दिन विताएका महतोले आन्दोलनको सम्बोधन नहुन्जेल सम्म आन्दोलन जारी रहने बताए । उनले अहिले अली फितलो देखिएको आन्दोलन चाडै सश्क्क्त हुने दावी गर्दै वार्ताको नाममा सरकार िपक्ष नौटंकी गरीरहेको आरोप समेत लगाए । महतोले हाल विरगंज वाहेकका अन्य नाकाहरु अली खुकुलो देखिएको भए पनि चाडी फेरी सवै नाकाहरुमा मधेशी पार्टीहरु धर्नामा बस्ने छन ।
गएको चार महिना देखि आन्दोलनरत मधेशी पार्टीहरु प्रमुख दलहरु संघियता सहितको मधेशको मुद्धा सम्बोधन गर्न अझै तयार नरहेको भन्दै आन्दोलनलाई थप प्रभावकारी कसरी बनाउने वारेमा आन्तरिक गृहकार्यहरु समेत गरीरहेका छन ।
No comments:
Post a Comment