Sunday, December 13, 2015

अन्योलमा आन्दोलनकारीहरु

आइतवार जारी मधेश आन्दोलनको समर्थनमा काठमाडौमा निकालिएको जुलुस

गएको चार महिना यता आन्दोलित रहेको मधेशका आन्दोलनकारीहरु पछिल्लो केहि दिन यता अन्योलमा देखिन थालेका छन । खास गरी एक हप्ता पहिला संयुक्त लोकतान्त्रिक मोर्चाका शिर्ष नेताहरु दिल्ली भ्रमणमा गए पछि स्थानिय स्तरमा आन्दोलनका अगुवाहरु समेत अन्योलमा देखिन थालेका छन । मोर्चाका शिर्ष नेताहरुले दिल्ली भ्रमण वाट फर्किए लगतै आन्दोलनको कुनै पनि कार्यक्रममा हेरफेर नभएको भन्दै आन्दोलन यथावत रहेको बताए पनि स्थानिय स्तरमा शिर्ष नेताहरु के गर्न लाग्यो भनेर मधेशका चौक चौराहामा चर्चा हुन थालेका छन । खासगरी पछिल्लो समयमा परराष्टमन्त्री कमल थापा र भारतीय विदेशमन्त्री सुष्मा स्वराज विचको सहमती अनुसार ४ बुदे सहमतीय अवधारणा अघि आए पछि मोर्चाका शिर्ष नेताहरु  त्यो नमान्ने सहितको आशय सहित दिल्ली पुगेर भरतीय पक्षहरुलाई जारी आन्दोलनको वारेमा बिफ्रिग गरेका थिए । तर उता वाट फर्किए चार दिन भइस्कदा पनि मोर्चाका सवै शिर्ष नेताहरु आन्दोलनको कुनै ठोस केन्द्रिय कार्यक्रम समेत अघि सारेका छैनन । वरु राजमार्ग केन्द्रित राखिएका आमसभाहरु दिल्ली जाने पुर्वसन्धयामा स्थगीत गरेका थिए । उता आन्दोलनको कुनै पनि कार्यक्रममा हेरफेर नभएको दावी गरे पनि विरगंज वाहेकका अन्य नेपालभारत नाकाहरु पछिल्लो समयमा राम्ररी सुचारु हुन थाले पछि स्थानिय स्तरमा आन्दोलनकारीहरु थप अन्योलग्रस्त देखिन्छ ।

जनकपुर क्षेत्रको आन्दोलनलाई नजिकवाट नियालीरहेका स्थानिय युवा अभियानी अनुज मिश्रा भन्छन, मोर्चाका शिर्ष नेताहरु दिल्ली गए पश्चात आन्दो्लनको रौनकतमा व्यापक कमी देखिन थालेका छन भने स्थानिय आन्दोलनकारीहरुमा व्यापक अन्योलता देखिन थालेका छन । आन्दोलन जारी नै छ, अहिलmे पनि विरोधका कुनै कुनै कार्यक्रम हरेक दिन चाही नभएको होईन, मिश्रा भन्छन, तर केन्द्रित स्तरवाट देखिनु पर्ने संयोजनको व्यापक कमी देखिन थालेका छन, त्यसैले कतै न कतै स्थानिय आन्दोलनका अगुवाहरु संशकित देखिन्छन । यस सगै मोर्चाका शिर्ष नेताहरु माथी विभिन्न आशंका सहितको टिकाटिप्पणीहरु समेत भईरहेको मिश्राको भनाई छ ।



यता मोर्चाका शिर्ष नेताहरु भने दिल्ली वाट फर्के पनि सधै निष्कर्षविहिन भनिने वार्तामा सहभागी भईरहेको छ । आज मात्रै पनि मोर्चाका शिर्ष नेताहरु काग्रेस र प्रमुख तीन संग दुई ओटा वार्तामा सहभागी भएका छन । दुवै वार्ता निष्कर्ष विहिन भएका थिए ।

सदभावना पार्टीका महासचिव मनिष सुमनले स्थानिय स्तरमा केहि फितलो देखिनलाई स्वभाविक रुपमा लिएको बताए । सुमन भन्छन, १०, २० दिनको आन्दोलन हो र यो । गएको चार महिना देखि आन्दोलनमा छन मधेशी समुदायले त्यसैले विच विचमा उतारचढाव देखिनु स्वभाविकै हो, उनी भन्छन, एक्कासी मधेशमा शितलहर हुन थालेका छन, उता किसानहरुले संग धान काटने आफनै वाध्यताहरु छन । सुमनले त्यसैले आन्दोलनको कुनै पनि कार्यक्रम फितलो होई वा अन्योलता भन्दा पनि स्वभाविक रुपमा मौसम परिर्वतनले केहि असर ल्याएको बताए ।

पछिल्लो समयमा संयुक्त लोकतान्त्रिक मोर्चाको केन्द्रिय नेताहरु दिल्ली भ्रमण र काठमाडौको वार्तामा व्यस्त देखिरहदा जय प्रकाश गुप्ता, राजकिशोर यादव, अनिल झा र शरदसिंश भण्डारीको नेतृत्वको संघिय मोर्चा भने मधेशका कार्यक्रमहरु गरीरहेको देखिन्छ । खासगरी सदरमुकाम भन्दा अली पर भएर यी मोर्चा पछिल्ले एक हप्ता यता आमसभाहरु गरीरहेको छ । उक्त मोर्चाले आउदो ५ सम्म यस्तै आमसभाहरुको कार्यक्रमहरु सार्वजनिक गरेका छन । विरगंज आन्दोलनका एक जना अगुवा नेता शिव पटेल भन्छन, अरु नाकाहरु सुचारु भएको समाचार आए पछि आफुहरुलाई याहा जनताले पनि प्रश्न माथी प्रश्नहरु तेहउन थालेको बताउछन । पटेल भन्छन, मोर्चाको शिर्ष नेताहरुले यसवारे प्रष्ट धारण सहित मधेश झर्नुृ पर्छ, किनकी याहा जनतामा थरीथरीका सवालहरु जन्मिन थालेका छन । 

पछिल्लो केहि हप्ता यता मधेशका केहि वुद्धजिवीहरु तथा नागरिक अगुवाहरु मधेशमा गएर विभिन्न कार्यक्रमहरु गर्न थाले पछि आन्दोलनले नया उचाई पाईरहेको भए पनि मोर्चाको शिर्ष नेताहरुको मधेशमा उपस्थितीलाई लिएर व्यापक चर्चा परिचर्चा हन थालेका छन ।

मोर्चा रणनिती 

मधेशमा एक्कासी शितलहर चल्न थाले पछि विरगंज नाकामा आन्दोलनकारीहरुका लागी दाउरा ल्याउदै

मधेशी मोर्चाका शिर्ष नेताहरु दिल्ली भ्रमण वाट नफिर्कदै अवरुद्ध रहेको मधेशका विरगंज वाहेकका सवै नाकाहरु सुचारु हुन थाले पछि मधेशमा व्यापक अन्योलता सिर्जना भएको देखिन्छ । यद्यपी मोर्चाका शिर्ष नेताहरुले दिल्ली वाटै जारी अवरुद्ध नाका मधेशको माग सम्बोधन नहुन्जेल नखुल्ने बताएका थिए । सरकारी पक्षले अघि सुारेको ४ बुदेलाई अस्विकार गरेको मोर्चाले उधारोमा संघियता नमान्ने बताइरहेका छन । काठमाडौमा कतिपयले भारतीय पक्षको दबाबमा मोर्चाले नाका केन्द्रित कार्यक्रमहरुलाई फितलो बनाएको बताइरहदा भारतीय कुटनित स्रोत त्यस अस्विकार गर्छन । त्यसो भए आखिर किन यस्तो त ? मोर्चा स्रोत भन्छन, यो पनि रणनिती अनुसार नै यस्तो गरिएको छ । मोर्चा स्रोतका अनुसार जारी अवरुद्ध नाकाले काठमाडामैमा मानविय संकटकै अवस्था सिर्जना नहोस र पहाडका जनता माझ मधेश आन्दोलन प्रति वितृष्णा नफैलियोस भनेर यस्तो रणनिती अख्तीयार गरेका छन । सम्भवतह आठ दश दिन विरगंज वाहेकका नाकाहरुवाट आपुर्ती हुदा काठमाडौमा पछिल्लो समय देखिन थालिएको चरम संकट केहि नरम हुन सक्छ । यसले मोर्चाले काठमाडौमा समेत सुरु गर्न खाजेको आन्दोलनलाई नै ठेवा पुग्छ, मोर्चा स्रोत भन्छन, उता मधेशमा एक्कासी शितलहर पनि चल्न थालेका छन, यसले दुवै कुरालाई तालमेल समेत बनाउन मद्धत गर्ने छन । पछिल्लो चार पांच दिन यता मधेशमा एक्कासी शितलहर चल्न थाले पछि नाकाहरुमा देखिएका विरोध कार्यक्रमहरु विरगंज वाहेकका ठाउमा फितलो देखिन थालिएको छ । यद्यपी मधेशका सहर विरगंज, जनकपुर, राजविराज, लहान, विराटनगरमा दिनहू जसो कुनै न कुनै प्रकारको नारा जुलुसहरु भईरहेको देखिन्छ । 

No comments:

Post a Comment