Thursday, December 10, 2015

मधेशी मोर्चा काठमाडौ केन्द्रित आन्दोलन चर्काउने रणनिती बनाउदै ।

झण्डै चार महिना पुग्न लागेको जारी मधेश आन्दोलनका नेतृत्वकर्ताहरुले काठमाडौमा पनि आन्दोलन चर्काउने रणनिती वारेमा आन्तरिक गृहकार्यहरु थालेका बताएका छन ।

झण्डै चार महिना पुग्न लागेको जारी मधेश आन्दोलनका नेतृत्वकर्ताहरुले काठमाडौमा पनि आन्दोलन चर्काउने रणनिती वारेमा आन्तरिक गृहकार्यहरु थालेका छन । यसका लागी मोर्चाले विभिन्न पक्षहरु संगको कुराकानीहरुलाइ अघि वढाएका छन । सरकारी पक्ष वाट दिल्लीको सहमतीमा एउटा सहमतीय खाका अघि सारे पछि आन्दोलनरत मोर्चाका शिर्ष नेताहरु हिजो राती मात्रै चार दिने दिल्ली भ्रमणवाट फर्केका छन । सरकारी पक्षले अघि सारेका सहमतीय खाकाको आधारमा वार्ता प्रक्रिया अघि वढन नसक्ने बताएका मोर्चाका नेताहरुले सरकारलाई ११ बुदे मागको वारेमा प्याकेजको खाका प्रस्तुत गर्न माग गरेका छन । तराई मधेश सदभावना पार्टीका नेता तथा वार्ता टोली सदस्य राम नरेश राय भन्छन, हामीले आज सरकारी पक्षलाइ यो कुराको जानकारी गराएका छौ ।
 
काठमाडौ केन्द्रित आन्दोलन वारे आन्तरिक गृहकार्य सुरु

तत्कालैै वार्ता मर्फत सहमतीको सम्भावना न्युन देखिन थालिएको वेला मोर्चाले काठमाडौ केन्द्रित आन्दोलनलाई पनि प्राथमिकतामा राखे पछि यसलाई महत्वका साथ हेरिएको छ । दिल्ली भ्रमण वाट फर्किए पछि मोर्चाका शिर्ष नेताहरु र वार्ता टोली सदस्यहरु विच आज बैठक भएको थियो । बैठकमा शिर्ष नेताहरुले दिल्ली भ्रमण वारेमा जानकारी गराएका थिए । हाम्रो आन्दोलनको कुनै पनि कार्यक्रम वा स्वरुपमा परिर्वतन आएको छैन र आउदैन पनि, तमसपाका नेता राय भन्छन, वरु अव विस्तारै काठमाडौ पनि कसरी आन्दोलन उठाउने वारेमा हामी गृहकार्य थालेका छौ । आउदो २७ गते मोर्चाले बाबुराम भटराइ सहित अन्य पक्षहरुको सहभागीतामा काठमाडौमा प्रर्दशन गर्दै छन । भोली ४ वजे यसका लगी मोर्चा विभिन्न पक्षहरुको सहभागीतामा बैठक डाकेका छन । हुनत त यस अघि पनि जारी मधेश आन्दोलनको समर्थनमा काठमाडौ विभिन्न पक्षहरले आ आफनो ढंगले प्रर्दशनहरु गर्दै आएका छन । तर मोर्चा स्रोत भन्छन, सवैसंगको सहकार्यमा याहा पनि व्यवस्थतीत बनाउनु पर्छ भन्ने हाम्रो निष्कर्ष छ । आउदो अर्को हप्ता देखि काठमाडौमा कुनै न कनै प्रकारको धर्ना, जुलस लगायतका कार्यक्रम हरेक दिन होस भन्ने नितीका साथ मोर्चाले आन्तरिक छलफलहरु चलाएका छन । जसमा मुख्य गरी जनजाती आन्दोलनका अगुवा, काठमाडौका स्थानिय नेवास समुदाय, सहित विभिन्न अधिकारवादीहरुको वाक्लो उपस्थिती गराउने गरी आन्तरिक गृृहकार्यहरु थालिएको छ । यस अघि पनि जनजाती अगुवाहरुले मोर्चाका नेताहरुसंग बैठक गरेर काठमाडौमा विभिन्न विरोध कार्यक्रमहरु गर्ने वारेमा छलफलहरु गरेका थिए । काठमाडौमा युवा अभियानीहरुको विभिन्न समुहहरुले पनि जारी मधेश आन्दोलनको सम्बोधन गर्न माग गर्दै विभिन्न प्रर्दशनहरु गर्दै आएका छन ।



No comments:

Post a Comment