Tuesday, December 8, 2015

दिल्लीमा मोर्चाका शिर्ष नेताहरुको राजनितीक भेटघाट जारी

गएको अइतवार वेलुकि मोर्चाका शिर्ष नेताहरु र भारतीय विदेशमन्त्री स्वराज विचको भेटवार्ता


गएको आइतवार देखि दिल्ली भ्रमणमा रहेका आन्दोलनरत मधेशी मोर्चाका शिर्ष नेताहरु विभिन्न तहका राजनितीक भेटघाटमा मंगलवार वेलुकि सम्म व्यवस्त छन । जारी मधेश आन्दोलनलाई सम्बोधन गर्न परराष्टमन्त्री कमल थापा र भारतीय विदेशमन्त्री विच एउटा सहमती भए पश्चात मोर्चाका शिर्ष नेताहरु दिल्ली पुगेका हुन । गएको शुक्रवार विहानै मोर्चाका एक घटक तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई परराष्टमन्त्री थापाले उक्त सहमतीको दस्तावेज उपल्बध गराए पछि मोर्चाका शिर्ष नेताहरु सरकारी पक्ष संगको वार्तामा सहभागी समेत नभई दिल्ली उडेका थिए ।


दिल्ली पुगेका आन्दोलनरत मोर्चाका शिर्ष नेताहरु त्याहाका विपक्षी नेताहरु संगै भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लहकार, विदेश सचिव सहितका अन्य भेटघाट आज गरेका छन । यस अघि हिजो सोमवार मोर्चाका नेताहरु भारतीय सतारुढ पार्टी भाजपाका नेताहरु संग छलफल गरेका थिए । त्यस अघि मोर्चाका शिर्ष नेताहरु आइतवार वेलुकि भारतीय विदेशमन्त्री सुष्मा स्वराज सहितका उच्च पदाधिकारीहरु संग भेटवार्ता गरेका थिए ।

गएको ११५ दिन देखि आन्दोलनमा रहेको मधेश संगको सहमतीमा सरकारी पक्षले भारतीय सरकार संग अनौपचारिक भनिएको तर लिखित खाकामा सहमती गरे पछि मोर्चाका शिर्ष नेताहरु त्यसलाई हुवहु स्विकार नगर्ने जनाएका छन । दिल्लीमा भईरहेको उच्च स्तरीय भेटघाटको क्रममा मोर्चाका शिर्ष नेताहरु र भारतीय पक्षहरु विच त्यसवारेमा छलफल भईरहेको छ । मोर्चाका कतिपय शिर्ष नेताहरुले आफुहरु दिल्ली भ्रमणवाट काठमाडौ फर्किए पछि उक्त खाकाको वारेमा जवाफ फर्काउने वताएका छन । मोर्चाले संघियता सहितको सम्पुर्ण मुद्धाको एउटै प्याकेजमा छिनोफानो हुनु पर्ने अडानमा छन ।

No comments:

Post a Comment