Sunday, December 6, 2015

दिल्लीमा मधेशी मोर्चाका शिर्ष नेताहरु राजनितीक भेटघाटमा व्यस्त

मधेशी मोर्चाका नेता शरद यादव संग

आइतवार विहानै दिल्ली पुगेका आन्दोलनरत मधेशी मोर्चाका शिर्ष नेताहरु राजनितीक भेटघाटमा व्यस्त छन । मोर्चाका चारै घटकका अध्यक्षहरु महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र यादव दिल्ली पुगेका हुन । राजेन्द्र महतो र महेन्द्र यादव हिजो राती भारतको पटना हुदै दिल्ली पुगेका थिए । ठाकुर र उपेन्द्र यादव आज विहान काठमाडौ वाट दिल्ली गएका हुन । दिल्लीमा पुगे लगतै राजनितीक भेटघाट सुरु गरेका यी नेताहरु आज साझ भारतीय विदेशमन्त्री सुष्मा स्वराज संग भेटवार्ता गरेकी छिन । भारतीय विदेश मन्त्री स्वराजले मोर्चाका शिर्ष नेताहरुलाई डिनर सहितको रात्रि भोज समेत आयोजना गरेकी छिन ।

डिपी त्रिपाठी र मोर्चाका नेताहरु

त्यसै आज विहान पुगे लगतै मोर्चाका शिर्ष नेताहरु भारतीय नेता शरद यादव, डिपी त्रिपाठी, करण सिंह लगायतका संग भेटवार्ता गरेका छन । गएको तीन महिना भन्दा वढी देखि मधेशमा जारी आन्दोलनको नेतृत्व गरीरहेको मोर्चाले मधेशको मुद्धा, नेपाल नयां संविद्यान र जारी आन्दोलन वारेमा भारतीय नेताहरु कुराकानी राखेका छन । गएको ३ असोजमा जारी गरिएको नयां संविद्यानमा मधेशीहरुको अधिकार नसमेटिएको र संघियतामा गरिएको सिमाकंन प्रति असहमती जनाउदै मोर्चा आन्दोलनमा छन ।
करण सिंह र तमलोपा अध्यक्ष ठाकुर


काठमाडौमा प्रमुख दलहरु विच सार्थक वार्ता हुन नसकिरहेको अवस्थामा मोर्चाको दिल्ली भ्रमणलाई नेपालको राजनितीक वृतमा महत्वका साथ हेरिएको छ । हालै प्रमुख दलहरुले मोर्चाको मागको वारेमा अघि सारेको ३ बुदे अवधारणालाई मोर्चाले अस्विकार गरेका थिए । प्रमुख दलहरु संघियताको सवालमा आयोग वनाएर टुगाउने भनिरहेका छन भने मोर्चाले त्इो आफुहरुलाइए मान्य नहुने वताएका छन । मोर्चाले संघियताको सवालमा विगतमा भएको सहमती अनुसार तराई मधेशमा दुई प्रदेश हुने पर्ने अडानमा छन ।

आज विहान दिल्ली पुगेका आन्दोलनरत मोर्चाका शिर्ष नेताहरु भोली र पर्सी पनि त्याहा विभिन्न तहका राजनितीक भेटघाटमा सहभागी हुने छन । साथै दिल्लीमा विभिन्न क्षेत्रका वौद्धिक जमातसंग पनि मोर्चाका शिर्ष नेताहरु जारी मधेश आन्दोलन र संघियताको सन्दर्भमा अन्तक्रिया गर्ने छन ।

No comments:

Post a Comment