Friday, December 4, 2015

‘दिल्ली साक्षी’ मा मधेश सहमतीको खोजी । चार दिने दिल्ली भ्रमणमा मधेशी मोर्चाका नेतृत्वहरु आइतवार जाने ।

चार दिने दिल्ली भ्रमणमा मधेशी मोर्चाका नेतृत्वहरु आइतवार जाने । 


 
‘दिल्ली साक्षी’ बनाएर प्रमुख दलहरु र गएको १ सय दिन भन्दा वढी देखि आन्दोलनमा रहेको मधेश विच सहमतीको खाजी तीव्र रुपमा भईरहेको छ । हिजो मात्रै नेपालका परराष्टमन्त्री कमल थापा दिल्ली भ्रमण वाट फर्किए पछि आज प्रमुख तीन दलले जारी आन्दोलनको लागी साझा अवधारणा तया गरे पछि पछिल्लो अवस्थाको विकासक्रम भएको कतिपय स्रोतहरुले जनाएका छन । प्रमुख दलहरुको अवधारणा प्रति पुर्ण सन्तुष्ट नरहेको मधेशी मोर्चाका शिर्ष नेताहरु चार दिने दिल्ली भ्रमणमा आईतवार जादै छन । दिल्ली स्रोतका अनुसार ६ देखि ९ डिसेम्बर सम्म आन्दोलनरत मधेशी मोर्चाका शिर्ष नेताहरु कार्यतालिका तय भएको छ । जस अनुसार आउदो आइतवार देखि वुधवार सम्म मोर्चाका शिर्ष नेताहरु दिल्ली भ्रमणमा रहने छ । दिल्ली स्रोतका अनुसार दिल्ली भ्रमणको क्रममा मोर्चाका शिर्ष नेताहरु भारतीय प्रधानमन्त्री, विदेश मन्त्री, प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार सहित केहि भारतीय वुद्धजिवीहरु संग भेटघाट गर्ने छन । काठमाडौमा शुक्रवार वेलुकि मात्रै मोर्चाका शिर्ष नेताहरु र भारतीय राजदुत विच छलफल भएको छ ।
 
‘दिल्ली साक्षी’ को खोजी

पछिल्लो समयमा अनौपचारिक छलफलहरुमा आए जस्तै शुक्रवार प्रमुख तीन दलले सहमतीका लागी एउटा धारणा सार्वजनिक गरेका छन । एक हप्ता अगाडी मात्रै भारतीय जनता पार्टीका नेता विजय जोली काठमाडौ आए पछि प्रमुख दलहरु र आन्दोलनरत मोर्चा विच साकारात्मक रुपमा अनौपचारिक कुराकानीहरु सुरु भएको थियो । कतिपय स्रोतका अनुसार प्रधानमन्त्री केपी ओली भारतीय राजदुत रन्जित रे समकक्ष प्रतिवद्धता जनाए पछि मात्रै जोली काठमाडौ ओर्लिएका  थिए । त्यस यता लागातार सुरु भएको अनौपचारिक कुराकानीहरुमा प्रधानमन्त्री सहित प्रमुख दलहरुले संघियता वाहेकका अरु मुद्धा तत्काल सम्बोधन गर्न तयार हुने र संघियताका लागी तीन महिना समय सिमा ताकेर आयोग वनाएर जाने भनिएको थियो । आज तीन दलले साझा अवधारणको रुपमा समेत त्यसलाई अघि सारेका छन ।

कतिपय उच्च स्रोतका अनुसार मधेशी मोर्चाका नेताहरु तीन महिनाको आयोग वनाएर जादा संघियता वारेमा प्रमुुुख दलहरु फेरी विभिन्न किचलो गर्ने र मधेश मोर्चाको वटम लाईन अनुसार संघियता आउन सक्दैन भन्ने आशंका छ । त्यही आशंका कारण मोर्चाले आज प्रधानमन्त्री ओली सहित प्रमुख दलहरु संग वार्तामा नगएको बुझिइएको छ । मोर्चाका शिर्ष नेताहरुले विगतमा पहिलो मधेश आन्द्योलन तथा दोस्रो मधेश आन्दोलनको क्रममा पनि तत्कालिन नेपाल सरकारले भारतीय मध्यस्तामा मधेशी पार्टीहरुलाई सहमतीमा ल्याउन वाध्य बनाएको र पछि त्यही सहमतीहरु कार्यन्वयन नगरेको वुझाई छ ।
 
त्यही भएर यस पटकको आन्दोलन पुर्व मधेशका नेताहरुले काठमाडौमा भारतीय राजदुत लाई त्यस वारेमा झस्काउने काम समेत गरेका थिए ।  पछि मधेशमा मोर्चाले आन्दोलन घोषणा गर्यो । आन्दोलनको ४२ दिन पछि मोर्चाले नाका केन्द्रित विरोध कार्यक्रमहरु गर्न थाले पछि भारतीय पक्षमा यसमा मुछिन पुगेका छन ।
कतिपय राजनितीक भित्रियाहरुका अनुसार १ सय वढी दिन देखि पनि जारी मधेश आन्दोलनको राजनितीक निकाश नेपालमा नभईरहेको अवस्थामा दिल्ली यस वारेमा गम्भिर चासोहरु राखेका छन । नाकामा मोर्चाको अवरोधमा भारतीय धाप भेटे पछि आन्दोलनको वारेमा काठमाडौमा विभिन्न टिकाटिप्पणीहरु समेत भईरहेको देखिन्छ । यद्यपी पछिल्लो समयमा सरकारी पक्ष स्वयंम भारतीय अधिकारीहरु समकक्ष यसलाई मिलाई दिन तारमतार आग्रह गरीरहेका छन ।
 
यी यस्ता सन्दर्भमा दिल्ली खाली नेपालका सरकारी पक्ष वा प्रमुख दलहरुको कुरामा मात्रै विश्वास नगरे र मोर्चाका नेताहरु संग पनि खुल्ला छलफल गर्न चाहेकाले मोर्चाका नेताहरुलाई दिल्ली भ्रमणमा बोलाइएको छ । दिल्ली स्रोतहरु भन्छन, अहिले नै धेरै कुरा न भन्न मिल्दैन तर सरकारी पक्ष र आन्दोलनरत पक्षमा ठुलो विश्वासको खाडल छ, अनि सरकारी पक्षको कुरामा दिल्ली स्वयंमलाई पनि विश्वास छैन । त्यही भएर नेपालको सरकारी पक्षहरु वाट आईरहेको कुराकानीको सन्दर्भमा पनि आन्दोलनरत पक्षहरु सग छलफल गर्न आवश्यक ठानेका छन दिल्ली ।  
 
कतिपय मधेश राजनितीका भित्रियाहरुका अनुसार मोर्चाको शिर्ष नेताहरुको दिल्ली भ्रमण पछि मात्रै काठमाडौमा कस्तो खालको सहमती हुन्छ भन्ने कुराको यकिन हुन्छ । आज प्रमुख दलहरुले अघि सारेको संघियता सम्बन्धीको प्रस्ताव मोर्चा सन्तुष्ट छैन । 


साथमा यो पनि पढनुस  
यसरी खोजीदै छन मधेश आन्दोलनको व्यवस्थापन सुत्र । http://www.dalannepal.com/2015/11/blog-post540.html

No comments:

Post a Comment