Sunday, December 20, 2015

फेरि चर्कीयो मधेशमा आन्दोलन । गौरमा प्रहरीको गोली वाट एकको मृत्यू । संशोधन विद्येयक मधेशै भरी जलाइयो ।

गएको शुक्रवार विरगंजमा निकालिएको मसाल जुलुस

छठ पछि अली शान्त भएको मधेश आन्दोलन फेरि चर्केको छ । गएको शुक्रवार मधेशी मोर्चाले आन्दोलन पुन सशक्क्त बनाउने उदघोष गरे पछि मधेशै भरी फेरी आन्दोलन चर्किएको छ । गएको शुक्रवार देखि नै मधेशका विभिन्न जिल्लाहरुमा प्रर्दशनहरु कडा रुपमा हुन थाले पछि प्रहरी संग पनि दाहोरो झडपको अवस्था सिर्जना भएको छ । हिजो शनिवार र आज आइतावर दुवै दिन विरगंज र रौतहटको गौरमा आन्दोलनकारीहरु र प्रहरीको दाहोरो झडपहरु दिनै भरी चलेका थिए । रौतहटको गौरमा प्रहरीले चलाएको गोली वाट एक जनाको मृत्यू समेत हुन पुगेको छ । प्रहरी प्रशासनहरुले आन्दोलनकारी प्रहरी माथी आक्रमण गर्न थाले पछि बाध्य भएर गोली चलाउनु परेको बताएका छन भने आन्दोलनकारीहरुले शान्तिपुर्ण प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेको आरोप लगाएका छन । गएको साउन अन्तिम हप्ता देखि मधेशमा सुरु भएको आन्दोलनमा ५५ जनाको मृत्यू भइसकेको आन्दोलनरत संयुक्त लोकतान्त्रिक मोर्चाले जनाएको छ । विभिन्न अन्तराष्टिय मानव अधिकारवादी संघ संस्थाहरुले जारी मधेश आन्दोलनमा प्रहरी प्रशासनले अत्यद्यिक वल प्रयोग गरेको भन्दै नेपाल सरकारको पटक पटक ध्यानाकर्षण गराइसकेका छन ।


पछिल्लो पटक प्रमुख दलहरु र आन्दोलनरत मोर्चा विचको वार्ता प्रक्रिया साकारात्मक रुपमा अघि वढन नसके पछि आन्दोलन पुर्न चर्किएको छ । विभिन्न सरोकारवाला पक्षहरुले दुवै पक्षलाई वार्ता सार्थक बनाउन पटक पटक आब्हान गरिरहेका छन । तर आन्दोलनरत मोर्चाले सरकारी पक्ष आफुहरुको मागलाई सम्बोधन गर्न तयार नभएको आरोप लगाउने गरेका छन ।
 
आइतवार मधेशै भरी संशोधन विद्येयक जलाइएको छ ।
पछिल्लो चरणमा सरकारी पक्ष वार्ता प्रति उदासिन रहेको भन्दै पुर्न आन्दोलनको कार्यक्रम घोषणा गरेको मोर्चाले आज मधेशका सवै जिल्लाहरुमा संसदमा पेश गरिएको संशोधन विद्येयक जलाएका छन । मोर्चाले उक्त संशोधन विद्येयकले मधेशको मागलाई सम्बोधन नगर्ने भन्दै प्याकेजमै संघियता सहितको सहमती गर्न माग गरीरहेको छ । मुख्य गरी संघियताको सिमाकंनमा प्रमुख दलहरु र मोर्चा विच कुरा नमिलीरहेका कारण वार्ताले सार्थक मोड लिन नसकेको नेताहरुले बताएका छन ।

No comments:

Post a Comment