Friday, December 11, 2015

मानवअधिकारकर्मीहरु माथी पनि शंका उब्जीएकै हुन - मोहना अन्सारी ।

हिजो विहिवार मात्रै अन्तराष्टिय मानवअधिकार दिवस मनाइएको छ । गएको चार महिना देखि आन्दोलनमा रहेको नेपालको तराई मधेशमा त्यस यता मानव अधिकारको अवस्था झनै नाजुक बन्दै गएको विभिन्न अन्तराष्टिय मानवअधिकारवादी संघ संस्थाहरुले बताउदै आएका छन । यसै सन्दर्भमा हिजो नेपालले पनि मनाएको अन्तराष्टिय मानवअधिकार दिवसको सन्दर्भमा मधेश आन्दोलनको निरन्तर अनुगमणमा रहेकी राष्टिय मानव अधिकार आयोग कि प्रवक्ता मोहना अन्सारी शुक्रवार दलानसंग कुराकानी गर्दै यस क्षेत्रको अवस्थालाई यसरी व्यख्या गरिन । प्रस्तुत छ उनी संग गरिएको कुराकानीको सम्पादित अंश - 


राष्टिय मानव अधिकार आयोग कि प्रवक्ता मोहना अन्सारी

तपाई स्वयंम  जारी मधेश आन्दोलनको अनुगमनमा हुनुहुन्छ । हामीले हिजो मात्रै अन्तराष्टिय मानवअधिकार दिवस मनाएका छौ । यस सन्दर्भमा भन्नु पर्दा अहिले तराई मधेशको अवस्था के छ ?
 
- सवै भन्दा पहिला त गएको चार महिना देखिको लागतार बन्दका कारण तराई मधेशका बासिन्दाहरुका दैनिकीमा अनेकन समस्याहरु सिर्जना भएका छन । नागरिकहरुको दैनिकीमा अनेकन अप्ठायाराहरु देखिन थालिएको छ । विद्याँलयहरु पुर्ण रुपमा सुचारु छैन । ज्यालामा काम गर्ने मानिसहरुको दैनिकी झनै अप्ठायारामा पर्दै गईरहेको छ । आन्दोलनको क्रममा मारिएका व्यक्तिहरुको परिवारमा झनै विचल्ली छाएको छ । व्यापारहरु ठप्प छन । त्यसैले सम्रगमा अहिले तराई मधेशको मानव अधिकारको अवस्था अत्यन्तै नाजुक छन ।
 
तपाईले गरेको यी कुराकानी त आम मानिसको दैनिकी भयो ? तर गएको चार महिना देखि जारी मधेश आन्दोलन र त्यस संग राज्यले गरीरहेको व्यहवारले कस्तो अवस्था उत्पन्न भएको छ ?  

- हो । यो कुरा साह्ै महत्वपुर्ण छ । म स्वयंम जारी आन्दोलनको सुरु देखि नै अनुगमनमा छू । र साच्चिकै भन्ने हो भने आज तराई मधेशमा राज्यको प्रहरी वाहेक अरु कुनै निकाय काम गरीरहेको छैन । अर्थात तराई मधेशमा  राज्य विहिनताको अवस्था सिर्जना भएको छ । प्रहरीहरुको अवस्था पनि अत्यद्यिक चुनौतीपुर्ण बन्दै गएको छ । गएको चारमहिना देखि आन्दोलनकारीहरु संग भिडदा भिडदा उनीहरु पनि तनावमा काम गरीरहेको छ । यसले थप समस्याहरु सिर्जना गरीरहेको छ । आन्दोलनकारीहरु तर्फको कुरा गर्नु हुन्छ भन्ने पनि, उनीहरु आन्दोलन भन्दा पनि शक्ति प्रर्दशन गरिरहेको भान हुन्छ । त्यसैले मानव अधिारको उल्घंन दुवै तर्फवाट भईरहेको छ । तर मेरो बुझाईमा स्थिती अहिल पनि धेरै विग्रीसकेको छैन । यसलाई चाडो भन्दा चाडो वार्ता मार्फत हल गर्नु पर्छ ।


आखिर यस्तो समस्या सिर्जना भयो कसरी । तपाई अनुगमनमा खटीरहदा के पाउनु भएको छ ?  

- हेर्नुस हामी काहा यो वडो विडम्बना छ । हामी आफनो यर्थातालाई स्विकार गर्न चाहदैनन । मेरो आफनो वुझाई भन्नु हुन्छ भन्नु हुन्छ भने, म एक बाक्यमा भन्न सक्छू , यो सवै समस्याको जड स्विकार्यताको हो । कतै न कतै एउटा ठुलो संख्यामा रहेको नेपालको मधेशी समुदायहरुको याहा स्विकार्यता मै प्रश्न चिन्ह छ कि जस्तो लाग्छ । जब म मधेशका जिल्लाहरुमा जान्छू, अनि मानिसहरु घेरेर मलाई प्रश्न गर्छन, अनि सोध्नछ, के हामी नेपालका नागरिक होइन ।
हामी जव कर्णलीको कुरा गर्छौ तव हाम्रो मापढण्ड एउटा हुन्छ अनि रौटहटको कुरा गर्दा हाम्रो मापढण्ड अर्कौ हुन्छ । जव की हाम्रो दुवैको वारेमा समान धारणा हुनु पर्छ ।
 
तपाईलाई के लाग्छ, यस्तो किन भईरहेको छ ?  

- हेर्नुस यसले त अब प्रष्ट भइसकेको छ कि, मानवअधिकर्मीहरु माथी पनि शंका उब्जीएकै हो । यसलाई लुकाउनुको कुनै तुक छैन । किन की हामी जसरी आफनो नागरिकहरुको वारेमा वोल्नु पथ्र्यौ, हामीले जसरी लेख्नु पथ्र्यौ, त्यसमा हामी कतै न कतै चुकिरहेका छौ । हामी मानवअधिकारकर्मीले त सम्पुर्ण नागरिकहरु संग भईरहेको गतिविधी वारेमा हामी समान ढंगले बोल्नु पथ्र्यो । कुरा उठाउनु पथ्र्यो । तर दुर्भाग्यवस हामी मानवअधिकारकर्मीहरु पनि समुदाय, जात र वर्ग विशेषको रुपमा प्रस्तुत भईरहेका छौ । अर्थात हाम्रो सम्पुर्ण क्षेत्र पुर्णरुपेण ध्रवीकृत भएर प्रस्तुत भईरहेको छ । यो भयानक डरलाग्दो कुरा हो । 
 
नेपालको अहिले हरेक क्षेत्र ध्रुविकृत रहेको कुरा उठाइहाल्नु भयो तपाईले । यो डरलाग्दो अवस्थावाट हामी कसरी समाधानमुखी तर्फ लाग्ने छौ त ?  

- यसका लागी त त्यही हो, सवै भन्दा पहिला स्विकार्यताको सन्दर्भमा हामीले सवैका लागी समान धारणा बनाउनै पर्छ । त्यस पछि हामी सवैले सवै ठाउ वाट आ आफनो गल्तीहरु सच्याउदै अघि वढनै पर्छ । यसको विकल्प छैन ।

No comments:

Post a Comment