Wednesday, December 9, 2015

दिल्ली संकेत - आन्दोलन रोकिन्न, 'अवरुद्ध नाका' अहिले नै खुल्दैनन ।

आइतवार दिल्ली पुगेका आन्दोलनरत मधेशी मोर्चाका शिर्ष नेताहरु त्याहा भारतीय उच्च अधिकारीहरु संग लामो लामो छलफलहरु गरेका छन ।

चार दिने दिल्ली भ्रमणमा गएको मधेशी मोर्चाका शिर्ष नेताहरु आज अवेर राती काठमाडौ फर्केका छन । गएको आइतवार दिल्ली पुगेका आन्दोलनरत मधेशी मोर्चाका शिर्ष नेताहरु त्याहा भारतीय उच्च अधिकारीहरु संग लामो लामो छलफलहरु गरेका छन । भारतीय विदेशमन्त्री संग तीन घण्टा लामो डिनर कुराकानी गरेका मोर्चाका शिर्ष नेताहरु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमा सुरक्षा सल्लाहकार अजित डोभेल र भारतीय विदेश सचिव जयशंकर संग १ घण्टा लामो कुराकानी गरेका छन । त्यसको संग हाल सतारुढ भारतीय जनता पार्टीको नेपाल हेर्ने जिम्म पाएका राम माधव संग लन्च मिटिंग संैगै पुर्वराजदुतहरु संगको छलफल देखि त्याहाका विपक्षी नेताहरु सम्म मोर्चाका शिर्ष नेताहरुको कुराकानी भयो । आफनो चार दिने दिल्ली भ्रमण वाट काठमाडौ फर्केका मोर्चाका शिर्ष स्रोतका अनुसार परराष्टमन्त्री वाट अघि सारिएको तीन बुदे प्रस्ताव बमोजिम वार्ता अगाडी वढने छैन । र हाल चर्चामा आएको अवरुद्ध नाका पनि खुल्ने छ्रैन । भारतीय विदेशमन्त्री संगको अनौपचारिक डिलको आधारमा भनिएको परराष्टमन्त्री थापाको उक्त प्रस्ताव वारे मोर्चाको दिल्ली भ्रमण पश्चात त्याहा पनि कुरा परिर्वतन भएको दिल्ली कुटनितीक उच्च स्रोतको दावी छ ।

सम्भवतह मोर्चाका शिर्ष नेताहरु भोली वा पर्सी औपचारिक रुपमै संघियताको सिमांकनको छिनोफानो नहुन्जेल आन्दोलनमा कुनै परिर्वतन नआउने  र सहमतीको अन्य कुनै प्याकेजमा सहमती समेत नजनाउने धारणा सार्वजनिक गर्दै छन । खासगरी परराष्टमन्त्री थापा दिल्ली वाट गएको विहिवार फर्के देखि नै काठमाडौले भनिदै आएको अघोषीत नाका अव खुल्ने सहितको समाचारहरु आएका थिए । त्यसै लगतै आन्दोलनरत मोर्चाका शिर्ष नेताहरु दिल्ली गए पछि यसले थप व्यापकता पाएका थिए । दिल्ली भ्रमणको क्रममा मोर्चाका नेताहरुलाई सवै पक्षहरु वाट नाका अवरुद्ध खुल्ला गर्ने सल्लाह आएको भन्दै समाचारहरु आएका थिए । तर मोर्चा दिल्ली वाट काठमाडौ फर्कने सुरसारमा गरीरहदा दिल्ली कुटनितीक स्रोतले बताएका अनुसार भारतीय पक्ष अव यसवारेमा तटस्थ बस्ने लाईनमा जाने छन । मधेशी मोर्चाले परराष्टमन्त्री थापाले अघि सारेको खाका अनुसार आफुहरु सहमत हुन नसक्ने अडान दिल्लीमा दोह्याए पछि स्थितीमा आकाश जमीनको परिर्वतन आएको छ । एक मोर्चाका शिर्ष नेता भन्छन, दिल्ली पहिला जस्तो अब रहेन, संघियता सहितको प्याकेजमा सहमती नहुन्जेल जारी आन्दोलन चलीरहन्छ, ढुक्क होउ ।



दिल्ली खिचडी 

भारतीय विदेशमन्त्री संग तीन घण्टा लामो डिनर कुराकानी गरेका मोर्चाका शिर्ष नेताहरु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमा सुरक्षा सल्लाहकार अजित डोभेल र भारतीय विदेश सचिव जयशंकर संग १ घण्टा लामो कुराकानी गरेका छन ।
हाल चर्चामा रहेको परराष्टमन्त्री थापाको सहतीय बुदामा आन्दोलनरत मधेशी मोर्चाले सुरु देखि नै असन्तुट रहदै आएका छन । त्यसमा झन जत उक्त बुदा मोर्चाको शिर्ष नेताको हाथमा पर्यो आन्दोलनकारीहरु वार्तामा गएन, सरकारी पक्षले जनाए अनुसार दिल्लीको सहमतीमा बनाइएको उक्त प्याकेज वारे दिल्लीसंग कुरा गर्न आन्दोलनकारीहरु हिडे । दिल्लीको हरेक बैठकमा  यसवारेमा छलफल भएकै हो, मोर्चा स्रोत भन्छन, तर हामीले सवैलाई भनेका छौ यो हामीले मान्न सक्दौनौ । उता दिल्लीको पनि प्रष्ट विचार आको छ, पहिला जस्तो हामीले पनि तपाईहरुलाई खोजी खोजी काठमाडौ उतारेर हस्ताक्षर गराउने छैनौ, मोर्चाका एक नेता भन्छन, दिल्ली पहिलो मधेश आन्दोलन र दोस्रो मधेश आन्दोलनको क्रममा नेपाली सरकारको आब्हानमा मधेशीहरुलाई हस्ताक्षर गराएकै हुन , जुन अहिले लागु भएन । त्यही भएर यसवारेमा दिल्ली पनि प्रष्ट छन, हिजो हामीले नै सरकार पक्षको विश्वासमा मधेशी पक्षहरुलाई सहमतीमा ल्याउन काम त गर्यौ तर अहिले त्यो नै पालना नगर्ने कुरा हाकाहक्की आइरहेको छ । त्यही भएर दिल्लीले परराष्टमन्त्री थापालाइ पनि यो कुरा भनेको मोर्चाका नेताहरु बताउछन । भारतीय विदेशमन्त्री स्वराज संगको कुराकानीको प्रसंग निकाल्दै एक नेता भन्छन, उनले थापा र फोनवार्तामा गरेका प्रधानमन्त्री ओलीलाई प्रष्ट रुपमा भनेका छन, मोर्चाको सहमतीमा संविद्यान संशोधन गर्नुस, हाम्रो तर्फ वाट कुनै समस्या सिर्जना हुने छैन । स्वराजले मोर्चाको शिर्ष नेताहरुसंगको छलफलमा भारतले दबाब दिन्छ भन्ने रती पनि शंका नगर्न पनि भनेको मोर्चा स्रोतको दाबी छ । स्रोत भन्छन, स्वराजले भारतीय पक्षले आन्दोलनरत पक्षलाई कुनै पनि प्रकारको दबाब दिने रणनितीमा छैन, प्रष्ट भएर तपाइहरु आफनो निर्णय आफै गर्नुस । त्यस पछि मोर्चाका शिर्ष नेताहरुले आफुहरुले थापाको प्रस्ताव मान्न नसक्ने बताएका थिए । स्वराजले त्यस पछि मोर्चाका नेताहरु संग सतापक्षले दिल्ली संघियताको वारेमा गरेको कुराकानी वारे पनि  जानकारी गराएका थिए ।  मोर्चाले विगतमा पहिलो संविद्यानसभा र हाल दोस्रो संविद्यानसभामा प्रमुख दलहरुले संघियताको सन्दर्भमा देखिएको चरित्रवारेमा पनि कुरा राखेका थिए । मोर्चाका एक शिर्ष नेता भन्छन, प्रधानमन्त्री देखि एमालेका सवै शिर्ष नेताहरु अहिले पनि सार्वजनिक रुपमै तराई मधेशमा दुई प्रदेश बनाउन सकिन्न भनेर भनिरहेका छन, त्यसतो अवस्थामा हामीले आयोगको विश्वास गर्नु कति वुद्धमानी हुन्छ ।  आन्दोलनरत मधेशी मोर्चाको आन्दोलन वारेको आफनो निष्कर्ष पनि दिल्ली छलफलको विषय थियो । नेताहरु भन्छन, आन्दोलन जुन तहमा पुगेको छ, यसले सरकार र प्रमुख दललाई भुक्न वाध्य हुन्छ, हुन्छ । हामीले दिल्लीलाई प्रष्ट रुपमा भनेका छौ, सरकारी पक्षले जती नै जे भने पनि हामीलाई केहि नभन्नुस । धेरै आत्मविशसका साथ एक शिर्ष नेता वुधवार दिउसो दलानसंग कुरा गर्दै भन्दै थिए, आइतवार र वुधवारको अवस्थामा आकाश जमीनको अन्तर आइसकेको छ, विश्वास गर्नुस । जसलाई दिल्ली कुटनितीक स्रोतले समेत वुधवार घुमाउरो पारामा  स्विकार गर्दै भने, स्थिती थप विग्रन्छ भन्ने पो लाग्न थाल्यो । दिल्ली कुटनितीक स्रोतले मोर्चाले दिल्लीमा व्यक्त गरेको अधिकाशं आशंकाहरु संग पनि आफुहरु सहमत रहेको बताउछन । त्यसो भए के काठमाडौले भारतको अघोषीत भन्दै आएको नाकाबन्दी खुल्छ त ? दिल्ली कुटनितीक स्रोत भन्छन, कुरा नेपाल सरकारको हाथमा छ, वार्ता गरेर मोर्चाका मागहरु चाडै संवोधन भएन र अनावश्यक रुपमा यसलाइ भारत संग जोडेर विवादमा तान्ने काम भयो भने भारतले घोषीत रुपमै पनि नाकाबन्दी लगाउन सक्ने अवस्था आउन सक्छ ।

मधेश के गर्छन ?
राजकिशोर  यादव भन्छन, मलाई लाग्दैन वार्ता ठोस रुपमा हुन गइरहेको छ ।
परराष्टमन्त्री थापा दिल्लीमा सहमतीको लागी तछाडमछाड गर्न थाले पछि भारतीय पक्षले मधेशमा आन्दोलनरत मोर्चा संगै अर्को संघिय गठवन्धनका नेता राजकिशोर यादवलाई दिल्ली डाके । मोर्चाका शिर्ष नेताहरु दिल्ली जानु भन्दा तीन दिन पुर्व नै दिल्ली पुगेका यादव मंगलवार काठमाडौ फर्केका छन । दिल्लीमा उच्च स्तरीय राजनितीक भेटघाट गरेर काठमाडौ फर्केका यादव फोरम गणतान्त्रिकका अध्यक्ष पनि हुन । वुधवार दिउसो दलानसंग कुराकानी गर्ने क्रमको सुरुमै अब त भोलीदेखि तपाईहरु वार्तामा पो जादै हो भनेर प्रश्न गर्दा उनले हासेर उत्तर फर्काए, भोलीदेखि म मधेश जादै छु, अर्को ५ गते सम्म हामीले विभिन्न ठाउमा विरोधसभाहरु राखेका त्यसमै सहभागी हुन । मैलै प्रतिप्रश्न गरे यादवलाई, हैन सवैले भारतले कुरा मिलाउन लाग्यो भनेर पो भनिरहेका छन, तपाई आन्नदोलनका मधेश झर्ने पो कुरा हुन्छ त ? यादवले थापाको प्रस्ताव, दिल्लीको यर्थातता, नेपालमा प्रमुख दलहरुको अडान र आन्दोलनकारीहरुको अवस्थालाई आकाश पतालको फरकको संज्ञा दिए । मंगलवार दिल्लीवाट फर्केका यादव नेपाली काग्रेस सहत केहि सरकारी मन्त्री संग समेत वुधवार दिउसो सम्ममा छलफलहरु गरीसकेका थिए । यादव भन्छन, मलाई लाग्दैन वार्ता ठोस रुपमा हुन गइरहेको छ । उनले वरु थपे, मलाई त कता कता आन्दोलन थप चर्कन्छ कि जस्तो लागीरहेको छ । यादवले जारी नाका अवरुद्ध लगायतका कार्यक्रमहरु पनि फिर्ता नहुने प्रष्ट पारे ।

No comments:

Post a Comment