Saturday, December 5, 2015

संघियताको छिनोफानो नहुन्जेल ‘अवरुद्ध नाका’ नखुल्ने


आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रमुख दलहरु र सरकारले संघियताको मागलाई सम्बोधन नगरे सम्म अवरुद्ध पारिएको नेपाल भारत नाकाहरुलाई कुनै पनि हालतमा खुल्न नदिने आन्तरिक निष्कर्ष निकाले छन । पछिल्लो तीन दिन यता सरकार पक्ष र प्रमुख दलहरुका नेताहरुले चाडै नाकाहरु खुल्न लागेको भनाईहरु सार्वजनिक भईरहदा मोर्चाले यस्तो निष्कर्षमा पुगेका छन । प्रमुख दलहरु जारी मधेश आन्दोलनको मागहरुलाई वेवास्ता गर्दै सार्वजनिक गरेको तीन वुदे साझा अवधारणालाई समेत मोर्चाले नमान्ने बताएका छन । खास गरी परराष्टमन्त्री कमल थापा भारत भ्रमणवाट नफर्कदै काठमाडौमा नाका खुल्लने हल्ला चलाए पछि मोर्चा आन्तरिक रुपमा सशंकित भएका थिए । त्यस लगतै आन्तरिक रुपमा विभिन्न सरोकार वालाहरु संग लागातार छलफलमा रहेका मोर्चाका शिर्ष नेताहरुले जारी मधेश आन्द्योलन उत्कर्षमा पुगेको र प्रमुख दलहरु तथा नेपाल सरकारलाई नझुकि विकल्प नै नभएको निष्कर्ष निकाल्दै अवरुद्ध नाका केन्द्रित विरोध कार्यक्रमहरु जारी राख्ने निचोड निकालेका छन ।
 
खासगरी परराष्टमन्त्री कमल थापाको दिल्ली भ्रमण पछि काठमाडौमा सुरु भएको हल्लाखल्ला पश्चात मोर्चाले यस वारेमा भारतीय पक्ष समकक्ष समेत गम्भिर चासोहरु राखेका छन । मोर्चाका शिर्ष नेताहरु हिजो वेलुकि मात्रै काठमाडौ स्थित भारतीय राजदुत संग सामुहिक छलफल गरेका छन । यसै गरी मोर्चाका चारै अध्यक्षहरु भोली देखि दिल्ली भ्रमणमा समेत जादै छन ।
 
मोर्चाको ठम्याइ

गएको ११२ दिन देखि आन्दोलनमा रहेका मधेशी मोर्चाका अनुसार सरकारी पक्ष दिल्ली संग आफनो सम्बन्ध सुधार गरेर मधेश आन्दोलनलाइ क्रम गर्न खाजेका छन । कतिपय भित्रियाहरु भन्छन, प्रमुखदलहरु संघियता र अन्य मुद्धामा जसरी प्रस्तुत भईरहेका त्यसले हामीलाई गम्भिर आशंकाहरु उब्जाइ दिएका छन । ती स्रोत भन्छन, उनीहरु वार्ताको नाममा आलटार गरे दिल्लीलाई देखाउनका लागी वार्ता गर्ने र उता आफनो सम्बन्ध सुधार गरेरआन्दोलनलाई क्रस गर्न खाजेका छन । खासगरी पछिल्लो समयमा सरकानरी पक्षका मन्त्री देखि नेताहरु सम्मको तारम्तार दिल्ली भ्रमणले मोर्चा भित्र गम्भ्रि चिसो समेत तीन दिन अगाडी पस्न गयो । जती वेला परराष्टमन्त्री थापा काठमाडौ नआउदै नाका खुल्न भयो, र सरकार दिल्लीको कुरा किल्यो भनेर अपवाह फैलाइयो । जबकी थापालाई भारतीय पक्षले जव सम्म आन्द्योलनरत पक्षहरुको माग अनुसार संविद्यान संशोधन अघि वढदैनन तव सम्म समस्या सामाधान नहुने प्रष्ट पारेका थिए । तर पटक पटक आफनो समकक्षी संग सम्पर्क गर्दा कुरा गर्न नपाएका प्रधानमन्त्री ओली भारतीय विदे्शमन्त्री संग फोनमा कुरा गर्न पाउदा त्यसलाई याहा अतिरन्जित ढंगले व्याख्या गरियो । 

मोर्चाको बुझाई अनुसार दिल्लीलाई देखाउनका लागी नै सरकारी पक्ष मधेशको मुद्धा भन्दा पनि वढी प्रचार गरेर वार्ताको ढांग रच्न थाले । जसले वाहिर उनीहरुलाई कुराकानी गर्न सजिलो होस । पछिल्लो तीन दिन यता आन्तरिक रुपमा गम्भिर छलफलमा रहेका मोर्चाका शिर्ष नेताहरु भन्छन, हामी संग एक रती पनि गम्भिर भएर मुद्धाको वारेमाकुरा नै भएको छैन, अनि वाहिर हौवा फैलाइयो कि हामी निर्यायक वार्ता गर्र्द छौ भनेर । पछिल्लो केहि समय यता अनौपचारिक छलफलहरु सुरु भए पनि मोर्चाले दिएको वटमलाईनलाई सरकारले स्विकार गरिनसकेको मोर्चाका नेताहरु वताउछन । उनीहरु भन्छन, वरु आन्तरिक रुपमा गम्भ्रि प्रकृतिका सुचनाहरु पो हामीले पायौ । एकातिर वार्ताको नाटक देखाएर दिल्ली संग सम्बन्ध सुधार्ने अनि अर्को तर्फ मधेशको आन्दोललाई क्रस गर्ने । तीन अगाडी मात्रै सर्लाहीको राजमार्ग क्षेत्रमा मोर्चाले गरेको विरोध प्रर्दशनमा प्रहरीले नै गोली चलाए पछि एक जनाको मृत्यू भएका छन भने २७ जना धाईते छन । त्यस लगतै दुई पटक सरकारी पक्षको वार्ता आब्हानलाई वहिष्कार गरेका मोर्चाका नेताहरु भन्छन, हामी आफनो मागहरुको सवालमा रती पनि झुक्न सक्दैनौ ।
 
मोर्चाको बुझाईमा आन्द्योलनको रापले प्रमुख दलहरु गली सकेका छन, केहि दिन अझै लम्बिए देश नै ठप्प हुन सक्ने अवस्था आउन सक्छ, तर अहिले झुकेर सहमतीमा गए भने मुद्धाहरुको सम्बोधन पनि हुदैन अनि मधेशमा समेत त्यसको चर्को विरोध हुन्छ । त्यसै या त सरकारी पक्ष पुरै गलेर मागहरु सम्बोधन गर्न तयार हुन्छ या त देशै ठप्प हुने अवस्था सिर्जना भए मधेशको सम्बोधनको लागी एउटा नयां वातावरण सिर्जना हुन सक्छ । मोर्चाले प्रमुख दलहरु सहित काठमाडौका पक्ष जसरी पनि संघियता लागु नहोस भन्ने दाउमा रहेको छ । त्यसैलै अहिले चुक्यौ भने पछि धेरै गाहे पर्न सक्छ ।
 
दिल्ली दर्द 

भोली आइतवार देखि मोर्चाका शिर्ष नेताहरु दिल्ली भ्रमण जाने समाचारहरु आए संगै काठमाडौ एकचोटी फेरी दिल्लीको चासोहरुको वारेमा अनेकन टिकाटिप्पणीहरु भईरहेको देखिन्छ । दिल्ली कुटनितिक स्रोतका अनुसार जारी आन्दोलन पश्चात ओली प्रधानमन्त्री भए संगै प्रमुख दलहरुको तर्फ वाट कम्तीमा पनि २७ ओटा भ्रमणहरु भएका छन । सरकारीका परराष्टमन्त्री नै दुई पटक दिल्ली गईसकेका छन भने एमालेका कतिपय नेताहरु सहित अन्य पनि कतिपयसरकारी पक्षका मानिसहरु पछिल्लो अवस्था नेपाल सरकार र दिल्ली विचको कुराकानी गर्न दौडाहा मारेका छन । खासगरी पछिल्लो् समयमा भारतीय कर्मचारीतन्त्र आफनो अडानमा कायमै रहदा कतिपय व्याक च्यानलवाट दिल्लीमा प्रमुख दलहरुका मानिसहरु उप्रदो मचाउन थाले पछि दिल्ली देखि काठमाडौ सम्म सक्रिय रहने मधेशी लाईनका मानिसहरु सशंकित मात्रै होईन कि चिन्तीत नै बन्न पुगे । मोर्चाका कतिपय नेताहरु त्सस पछि चासो व्यक्त गर्न वितिकै दिल्लीले विभिन्न च्यानल वाट आन्द्योलनरत पक्षका विभिन्न तहका नेताहरु संग सिधा सम्पर्क गरेर वोलाउने पहल गर्न थालेका हुन ।
 
विभिन्न चरणको कुराकानी पछि भोली देखि मधेशी मोर्चाका शिर्ष चार अध्यक्षहरु दिल्लीमा त्याहाका राजनितक क्षेत्र वाहेक वैद्धिक जमातहरु संग पनि खुल्ला वहस र अन्तक्रिया गर्दै छन । जसले जारी मधेश आन्दोलनको वारेमा दिल्लीको थप धारण वनाउन प्रष्ट हुने छ । खासगरी साउनको अन्तिम देखि मधेशमा आन्दोलन उदघोष भए पछि नेपालको प्रहरी प्रशासनवाट अत्यद्यिक वल प्रयोग हुन थाले पछि मधेशका कतिपय जिल्लाहरु वाट मानिस सिमावर्ती क्षेत्रमा गएर शरणर्थी शिविरहरु नै वनाएर बस्न थालेका थिए । त्यस पछि आफनो आन्दोलन ४२ दिन सम्म पनि कुनै सुनवाई नगरे पछि पश्चात रप्रमुख दलहरु नयां सविद्यान जारी गरे पछि मोर्चा नाका केन्द्रित आन्दोलन गर्न थालेका थिए । त्यस लगतै मधेशमा प्रहरी प्रशासनको वल प्रयोग कम भएको थियो ।
 
प्रमुख दलहरु संघियता प्रति फेरी आलटार गरीरहदा मोर्चा संगै दिल्ली पनि झस्कीरहेका छन । कतै संघियता आयोय मार्फत वनाउने काम गरिरहने बताइरहदा मधेशमा सरकारी पक्ष्ष् वल प्रयोग गर्न थालेर नाकाहरु वाट समानहरु ओसार पोसार गर्दा फेरी आन्दोलनको सुरुवातमा देखिएको अवस्था नआओस । त्यही भएर होला मोर्चाका कतिपय शिर्ष नेताहरु भन्छन, हामी सवै कुराको आकंलन नै गरेर त्यस्तो निष्कर्षमा पुगेका छौ । संघियताको छिनोफाने नहुन्जेल सम्म हामी आन्दोलन पनि रोकिदैनौ र अवरुद्ध नाका पनि सुचारु हुन दिने छैनौ ।


No comments:

Post a Comment