Thursday, December 3, 2015

न हामी थाकेका छौ, न त हामी हार्ने छौ - मोर्चाका अगुवा नेताहरु

विराटनगर, भैरहवा र नेपालगंजमा सम्प्रदायीकता फैलाउन सताधारीहरुले १० करोड रुपैया पठाएर योजना बनाएको तमलोपा नेता त्रिपाठीको दाबी 



गएको १ सय दिन भन्दा वढी देखि जारी मधेश आन्दोलनका दुई जना अगुवा नेताहरु मधेशको मुद्धा सम्बोधन नहुन्जेल नाका अवरुद्ध र आन्दोलन फिर्ता नहुने बताएका छन । काठमाडौमा जारी मधेश तथा थरुहट आन्दोलन प्रति नागरिक एक्यवद्धता कार्यक्रमलाई सम्बोधन गर्दै मधेशी मोर्चाका दुई घटक तमलोपाका सहअध्यक्ष हृदेश त्रिपाठी र सदभावना सहअध्यक्षक लक्ष्मण लाल कर्ण जारी आन्दोलन अधिकार प्राप्तिको आन्दोलन भएको भन्दै मधेशी, थारुको मुद्धा सम्बोधन विना नयां संविद्यान लागु हुन नसक्ने ठोकुवा गरे । तमलोपा नेता त्रिपाठीले भने, प्रमुख दलहरु संघियतालाई समाप्त पार्ने गम्भिर खेल रच्ने आन्तरिक तयारीमा जुटेको सुचना हामी संग पनि छ, तर त्यो तीनीहरुको दिवास्वप्न वाहेक अरु केहि हुदैन  । त्रिपाठीले भने, यदी मधेशीको माग संघियता लागु भएन भने संघियता संगै आएका कुनै पनि मुद्धालाई हामीले लागु हुन दिने छैनौ । केहि खास व्यक्तिहरुको इच्छाले वनाइएको हालको संघियताको खाका कुन आधार वनाइएको भनेर प्रशन समेत त्रिपाठीले गरे । उनले भने, केहि सताधारीको अनुमानमा हामी थाकेर आन्द्योलनमा पछि हटछौ भन्ने छ, तर म यही वाट सवैलाई भन्ने चाहन्छौ, हामी मधेशी नत थाकेका छौ नत हार्ने छौ । 


कार्यक्रममा बोल्दै सदभावना सहअध्यक्ष लक्ष्मण लाल कर्णले जारी गरिएको नयां संविद्यानमा अत्यद्यिक त्रुटि रहेको भन्दै त्यसको पुर्नलेखन वाहेकको विकल्प नभएको दावी गरे । कर्णले भने, नया ुंविद्यानमा कम्तीमा पनि ५० ठाउमा राष्टिय अखयडताको कुरालाई उल्लेख गरिएको छ, यसले संविद्यान बनाउनेहरुको मानसिकतालाई राम्ररी उजागर गरेको छ । कर्णले मधेशीहरुले मधेशमा आफैले शासन गर्नका लागी र केन्द्रमा साझेदारी शासन व्यवस्था होस भन्ने उदेश्यका साथ संघियताको माग गरेका छन, अनि हामीलाई विखण्डनकारीको भनिन्छ । कतिपय सताधारीले आफुहरुले संविद्यान नै नपढी मधेशमा भ्रम फैलाइएको आरोप लगाउने गरेको म पत्रिकाहरुमा पढछू, कर्णले भने, हुन सक्छ म नपढेको होला तर मधेशका जिल्लाहरुमा सवै वकिल, प्राध्यापकहरुले संविद्यानको विरुद्धमा नारा जुलुस गरेको दृश्य देखिन्छ, के मधेशका सबै वकिलहरु, प्राध्यापकहरु पनि पढेका छैनन ।  कर्णले मधेशीहरु  कुनै पनि शब्दजालमा नफस्ने भन्दै जारी आन्दोलनको मागहरु पुरा नहुन्जेल नाका अवरुद्ध र आन्दोलन जारी रहने वताए ।

नागरिक एक्यवद्धता सभालाई सम्बोधन गर्दै राजनितीशस्त्री प्राध्यापक कृष्ण खनालले जारी नयां संविद्यानम तीन ओटा कुरामा गम्भिर त्रुटि रहेको भन्दै त्यसलाई सच्याउन ढिलाई नगर्न सतापक्षलाई सुझाए । खनालले भने, नयां संविद्यानमा गरिएको संघियता सम्बन्धी व्यवस्था, प्रतिनिधित्वको सवाल र समावेशी सम्बन्धी कुराहरु नजायज नै हुन । उनले भने, जुन पक्षवाट  यो गम्भिर गल्ती भएको छ त्यसैले नै सच्याउने पहल पनि लिनु पर्ने हुन्छ । जारी मधेश तथा थरुहट आन्दोलनको मागहरु जायज भएको भन्दै सतापक्षले् वार्ता मार्फत तत्काल त्यसलाई सम्बोधन गर्नु पर्नेमा खनालको जोड थियो । उनले भने, शान्त्पिुर्ण आन्दोलनकै नैतिक वलले संसारमा सवै अधिकारहरु पाएका छन, त्यसैले आन्दोलन लामो भयो भनेर मधेशका आन्दोलनकारीहरु हिंस्रक भन्नु हुदैन । उनले भने, नेपाल मै ०६२ /०६३ वाहेकका सवै आन्द्योलनहरु लामो लामो भएकाले त्यसवाट हतास हुनु हुदैन ।

कार्यक्रममा पुर्वसभामुख दमननाथ दुगांनाले मधेश, थरुहट आन्दोलनको चाडो भन्दा चाडो सम्बोधन सतापक्षले नगरे नयां सविद्यानले पाएको अलीअली मान्यता पनि गुमाउने खतरा रहेको बताए । उनले भने, मधेशीहरुको माग जायज छन, यसलाई चाडो सम्बोधन गर्नु पर्नै हुन्छ ।

कार्यक्रममा बोल्दै राजनितीक विश्लेषक सिके लालले नयां सविद्यानको संशोधन मधेशी, थारुहरुको माग अनुसार गरिएनन भने यसको वैद्यता समाप्त भएर अर्को संविद्यान लेखनको प्रक्रिया सुरु हुनु पर्ने बताए । लालले भने, यो नयां स.विद्यान रुपी बच्चा जन्मेको कै अर्धचेत अवस्थामा छन, यसलाई चाडो उपचार गरिएनन भने यो बाच्न सक्दैनन । लालले अर्धचेत बच्चा जन्माएका आमा बच्चाको चिन्तामा भएको भन्दै बुबा, काकाहरु भोज भतेरमा व्यवस्त रहेको भन्दै सताधारीहरु प्रति कटाक्ष गरेका थिए ।

जारी मधेश आन्दोलनमा राज्यको सम्पुर्ण अगं नै मधेशीहरु माथी सम्प्रदायीकताका साथ प्रस्तुत भईरहेको भन्दै मुलुक अनिष्टको संघारमा पुगीसकेको  लालको टिप्पणी थियो । उनले भने, कुनै व्यक्ति विशेषको भए पो केहि भन्न लायक हुन्थयो, याहा त राज्यका एउटा, दुइ ओटा मात्रै होई कि सम्पुर्ण व्यवस्था नै सम्प्रदायीकता प्रस्तुत गरीरहेको देखिन्छ , यसले हामीलाई कता पुर्याछ त्यो भन्न सकिन्न । आज नागरिक एक्यवद्धता सभामा पुर्व प्रधानमन्त्री बाबुराम भटराई सहित विभिन्न पक्षका झण्डै १ दर्जन अगुवाहरुले जारी आन्द्योलन प्रति एक्यवद्धता जनाएका थिए ।

सम्प्रदायीकता भडकाउन १० करोड निकासा - त्रिपाठी

मधेशका जिल्लाहरुमा मधेशी आन्दोलनकारी र पहाड समुदाय विच एक पछि अर्को घटना भईरहदा आज काठमाडौमा आयोजना गरिएको कार्यक्रममा तमलोपा सहअध्यक्ष त्रिपाठीले सतापक्षहरुले सुनियोजित रुपमा मधेशमा सम्प्रदायीकता फैलाउन लागी परेको गम्भिर आरोप लगाएका छन । त्रिपाठीले भने, हामी संग प्रमाण नै छ , एउटा पुर्व गृहमन्त्रीको घरमा सताधारीको बैठक भएर मधेशको तीनहोटा सहरहरु विराटनगर, भैरहवा र नेपालगंजमा सम्प्रदायीकता फैलाउने योजना बनाइएको छ । त्यही बैठकवाट एउटा व्यापारी मार्फत यो कामका लागी १० करोड रुपैया समेत पठाइएको त्रिपाठीको दावी छ । उनले कुन पुर्वगृहमन्त्री भन्ने नाम त खुलाएनन तर भने मोर्चा संग त्यस बैठकको वारेमा सवै जानकारी छ । आज मात्रै सर्लाहीको नवलपुरमा मोर्चाको आमसभामा दाहोरो झडप हुदा ५ जना धाईते भएका छन ।  त्रिपाठीले भने, तर हामी आन्दोलनकारीहरु सयंमित छौ, अहिले समम आन्दोलनमा कही पनि सम्प्रदायीकताका गन्ध आउन दिएका छैनौ ।

No comments:

Post a Comment