Monday, November 30, 2015

बालुवाटार वैठक साकारात्मक । बुधवार सहमतीय प्याकेज बन्ने सम्भावना अत्यद्यिक

प्रधानमन्त्री निवास वालुवाटारमा आज प्रधानमन्त्री ओली सहित प्रमुख दलहरु र मधेशी मोर्चाका नेताहरु छलफल गर्दै ।


पहिलो पटक प्रधानमन्त्री केपी ओली सहित प्रमुख दलहरु र आन्दोलनरत मधेशी मोर्चा विच सोमवार वालुवाटारमा भएको बैठकले गएको १०७ दिन देखि जारी आन्दोलनलाई सम्बोधन गर्ने ठोस निष्कर्ष आन्तरिक रुपमा निकालेका छन । आज बैठक पश्चात प्रमुख दलहरु र मोर्चा पर्सी बुधवार ठोस वार्ता हुने भन्दै निस्कीएका थिए । आजको बैठकलाई सवैले अहिले सम्मकै सौभाद्रपुर्ण भएको बताए पनि राजनितीक एजेन्डामा खासै छलफल नै नभएको र अनौपचारिक कुराकानी गरेर पर्सी वुधवार अर्को बैठक निर्णयक ढंगले गर्ने बताएका थिए । तर सरकार, प्रमुख दलहरु र मधेशी मोर्चाको साइड टकमा सहभागी उच्च स्रोतले दलानलाई बताए अनुसार प्रमुख तीन दल र मधेशी मोर्चा सहमतीको अन्तिम विन्दूमा पुगीसकेको छ । पछिल्लो हप्ता देखि धनिभुत अनौपचारिक सम्वादमा रहेको प्रधानमन्त्री, मोर्चाको तर्फ वाट तमलोपा अध्यक्ष महन्थ ठाकुुर, तमलोपा नेता हृदेश त्रिपाठी र सदभावना सहअध्यक्ष लक्ष्मण लाल कर्ण विच सहित काग्रेस सभापति सुशिल कोईराला विच एकखाले विशेष आन्तरिक समझदारीमा पुगेकै कारण आजको बैठक डाकिएको थियो । गएको ३ असोजमा जारी भएको नयां संविद्यानको कयौन कुराहरु सहित मुख्यगरी संघियता प्रति असुन्तुष्टि जनाउदै मधेशी मोर्चा आन्दोलनमा होमिएका थिए । मोर्चा जारी भएको नयां संविद्यानको सम्पुर्ण प्रक्रियालाई वहिष्कार गरेका थिए ।

जारी आन्द्योलनको क्रममा सवै भन्दा वढी पेचिलो देखिएको संघियताको मुख्य मुद्धामा दलहरु हेरफेर गर्ने तयार भए पछि मोर्चा र प्रमुख दलहरु विच सहमती बन्न लागेका हुन । उच्च स्रोतका अनुसार प्रमुख दलहरु विच संघियताको सन्दर्भमा पर्सा देखि सप्तरी सम्मको् २ नम्बर प्रदेश पुर्वमा तन्काउने तथा नवलपारसी देखि वर्दीया सम्मको प्रदेशमा कैलालीको थारु भाग जोडने आन्तरिक सहमती भएको छ । पुर्वमा मधेशी मोर्चाले भन्दै आएको अनुसार सुनसरी र मोरड सम्मको मधेशी भाग जोडन तर्फ प्रमुख दलहरु अन्तोगत्वा साकारात्मक संकेतहरु दिएका छन भने पश्चिममा नवलपरासी देखि वर्दीया सम्मको प्रदेशमा कैलालीको थारु भाग जोडने तर हाल त्यस प्रदेशमा जोडिएको पहाडी भुभाग यथावत रहने छन । यसले पश्चिममा थारुको भावनालाई धेरै हद सम्म सम्बोधन गर्ने र पुर्वमा मोर्चाको अडानमा सुनसरी र मोरड भुभाग जोडन दलहरु तयार भएको बुझिएको छ ।


सोमवार विहान साढे ११ बजे देखि प्रधानमन्त्री निवास वालुवाटारमा सुरु भएको बैठक झण्डै २ घण्टा सम्म चलेको थियो । नेताहरुका अनुसार आजको बैठकमा तमलोपा अध्यक्ष महन्थ ठाकुर भावुक तर कडा रुपमा प्रस्तुत भएका थिए भने प्रधानमन्त्री ओली अत्यन्तै लजिलो भएर प्रस्तुत भएका थिए । तमलोपा अध्यक्ष ठाकुरले आफुहरुले प्रदेश माग्दा विहार देखाउने र अधिकारका लागी आन्दोलन गर्दा प्रहरी अधिकारीहरुले मोदीको सन्तान भनेर गाली गर्ने गरेको भन्दै चरित्रगत विषय माथी प्रहार गरेका थिए । प्रत्युउत्तरमा प्रधानमन्त्री ओलीले आफुहरुको तर्फ वाट कमजोरी भएको स्विकार गर्दै अव मधेशी आन्दोलनकारीहरु माथी कुनै किसिमको वल प्रयोग वा दुर्यव्यहवार नहुने प्रतिवद्धता जनाएका थिए । मोर्चाका नेताहरुले अहिले सम्ममा बन्न लागेको सहमतीय प्याकेजको वारेमा मुख खोलेका छैनन । सदभावना सहअध्यक्ष लक्ष्मण लाल कर्ण भन्छन, ठोस रुपमा निष्कर्षमा नपुगे सम्म केहि भन्न सकिन्न ।

आजको वालुवाटार बैठकमा सहभागी मोर्चाका वार्ता टोली सदस्य तथा तमसपाका वरिष्ठ नेता राम नरेश राय भन्छन, आजको प्रधानमन्त्रीको प्रस्तुतीले पर्सी सम्मका केहि हुन्छ भन्ने विश्वास पलाएको छ । राय भन्छन, भोली पनि केहि महत्वपुर्ण अनौपचारिक छलफलहरु पनि हुदैछ, र कागे्रस सहितको तीन दलको पनि छुटै एउटा बैठक भईरहेको छ, मेरो बुझाईमा पर्सी सम्म एउटा सहमतीको सम्भावना हुन सक्छ् ।

झण्डै चार महिना पुग्न लागेको जारी मधेश आन्दोलनलाई राजनितीक रुपमा सम्बोधन नगरेको भन्दै सतापक्षहरुको अन्तराष्टिय स्तरमै चौतर्फी आलोचना भईरहेका छन । खासगरी संघियता प्रति प्रमुख दलहरु अनुदार रहेका कारण जारी आन्दोलनकै क्रममा पटक पटक वार्ताहरु भए पनि असफल हुदै आएका थिए । साइड टकमा सहभागी उच्च स्रोतहरु भन्छन, भोली त्यस्तो कुनै नाकारात्मक घटनाक्रम विकास भएन भने वुधवार प्रमुख दल र आन्दोलनरत मोर्चा विच सहमतीको खाका बन्न सक्छ । ती स्रोत भन्छन, पुर्ण ढुक्क् नहुनस तर सोमवार वेलुकि सम्मको घटनाक्रम साकारात्मक रुपमा अघि वढेको छ । 

मधेशी मोर्चाले अघि सारेको ११ वुदे मागलाई सम्बोधन गर्ने संघियता सहितको प्रस्तावलाई प्रमुख दलहरुले संविधान संशोधनको नयां प्रस्तावको रुपमा लैजाने तयारी छ । काग्रेस नेतृत्वको सरकारको पालामा दर्ता गराईएको दुई बुदे संशोधन प्रस्ताव फिर्ता हुने छ । 

No comments:

Post a Comment