Saturday, November 28, 2015

मधेशलाई सम्बोधन गर भन्दै काठमाडौमा प्रर्दशन । जनकपुर र विरगंजमा विद्याँर्थीहरुको प्रार्थना सभा

मधेशलाई सम्बोधन गर भन्दै काठमाडौमा प्रर्दशन  गर्दै युवाहरु ।


गएको १ सय दिन भन्दा वढी देखि आन्दोलनरत मधेशीहरुको मागलाई राजनितीक रुपमा सम्बोधन गर्न माग गर्दै काठमाडौका युवाहरु शनिवार प्रर्दशन गरेका छन । नागरिक मार्च पास नाम दिइएको प्रर्दशन कार्यक्रम अन्र्तगत युवाहरुले काठमाडौको माइतीघरवाट नया वानेश्वर सम्म जुलुस निकाल्दै सरकार प्रति विभिन्न कटाक्ष समेत गरेका थिए । मार्चा पासमा नागरिक अगुवाहरु सहित पुर्व प्रधानमन्त्री बाबुराम भटराइ समेत सहभागी भएका थिए । युवा अधिकारकर्मीहरुको अगुवाइमा आयोजना गरिएको मार्चा पास कार्यक्रम नया वानेश्वरमा पुगेर कोणसभामा परिणत भएका भिए । कोणसभा लाई सम्बोधन गर्दै युवाहरुले लामो समय देखि मधेशमा जारी आनद्योलनलाई राजनितीक रुपमा सम्बोधन गर्न माग गर्दे देशमा देखि थालिएको संकटलाई सामाधान गर्न माग गरेका थिए ।

जनकपुर र विरगंजमा विद्याँर्थीहरुको प्रार्थना सभा 


जनकपुरमा विद्याँर्थीहरु


हिजो शुक्रवार काठमाडौमा अवरुद्ध नाका खोल्नु पर्ने माग सहित सडमा विद्यार्थीहरु ओर्लिए पछि आज मधेशका प्रमुख सहरहरु विरगंज र जनकपुरमा विद्यार्थीहरुको ठुलो सहभागीतामा प्रार्थना सभाको आयोजना गरिएको छ । मधेशमा लामो समय देखि जारी आन्द्योलनमा प्रहरीले व्यापक वल प्रयोग गरेर अत्यधिक क्षती पुर्याएको भन्दै मृत्यू भएकाहरु प्रति सामुहिक रुपमा श्रदान्जली सभाको आयोजना गरिएको थियो ।
विरगंजमा विद्याँर्थीहरु


स्थानिय स्तरमा रहेको सम्पुर्ण विद्यालयहरुका विद्यार्थीहरुको उलेख्य सहभागीता देखिएको यो कार्यक्रमलाई आन्दोलनकारीहरुले हिजो काठमाडौमा भएको कार्यक्रमको इन्काउटरको रुपमा रहेको वताएका छन । विद्यार्थीहरुले जारी मधेश आन्दोलनको माग पुरा गर, सुरक्षा वल प्रयोग नगर जस्ता नाराहरु लेखेको प्लेकार्डहरु बोकेका थिए ।

No comments:

Post a Comment