Friday, November 27, 2015

के गर्न खोज्दै छन माधव नेपाल ? यसरी भयो इटहरी वितण्डा ।

सुनसरीको इटहरीमा मधेशी मोर्चाको कार्यक्रमका लागी बनाइएको मन्च जलाउदै

सुनसरीको इटहरीमा आज मधेशी मोर्चाको पुर्व निर्धारित विरोधसभाको कार्यक्रम विथोलिएको मात्रै छैन । त्यहा मोर्चाका शिर्ष नेताहरु सम्भावित स्थितीलाई मध्यनजर गर्दै पुग्नै सकेन ।  मोर्चाले विरोधसभाका लागी बनाएको कार्यक्रम मन्चमा शुक्रवार दिनभरीमा तीन पटक तोडफोड तथा आगजनी गरिएको छ भने दिउसो मोर्चाका केहि मधेशी पार्टी आबद्ध स्थानिय नेताहरुलाई कुटपिट समेत गरिएको छ । तमलोपाका स्थानिय नेता विनोद पाल, सदभावनाका वासुदेव साह लगायत दर्जनौ स्थानिय मधेशी नेताहरु गम्भिर धाईते भएको मधेशी पार्टीहरुले जनाएका छन ।
 
के गर्न खोज्दै छन एमाले नेता माधव नेपाल ? 


 माधव नेपाल हिजो राती इटहरी पुगेका थिए ।
 
हिजो वुलेकि नै सुनसरीको इटहरी पुगेका एमाले नेताले सुनसरी तथा मोरड कुनै पनि हालतमा २ नम्बर प्रदेशमा गाभ्ने नदिने बताएका थिए । त्यस अघि उनी विराटनगरमा पत्रकारहरु संग कुरा गर्दै संघियतालाई स्थिगीत गरेर अघि वढे मात्रै समस्या सामाधान हुने वताएका थिए । हिजो विहिवार वेलुकि इटहरी पुगेका नेपाल शुक्रवार विहानै त्याहा वाट उदयपुर तिर लागेका थिए । केहि दिन अघि सुनसरी र मोरड जिल्ला टुक्राउन पाइदैन भन्ने अभियान थालेका स्थानियहरुको अगुवाई एमालेका त्यस क्षेत्रका नेताहरुले गरीरहेका छन । सुनसरी जिल्लाका एमाले अध्यक्ष त्याहाको यस अभियानका ंसंयोजक नै हुन ।
 
यता मधेशी पार्टीहरुले छठ पछि राजमार्ग केन्द्रित आन्दोलन चर्काए पछि पुर्व देखि पश्चिम सम्मको विभिन्न ११ ओटा राजमार्ग स्थाहरुमा कार्यक्रमहरु गर्ने निधो गरेका थिए । त्यही अनुरुप आज पहिलो कार्यक्रम सुनसरीको इटहरीमा आयोजना गर्ने भनिएको थियो । आज इटहरीमा गर्ने भनिएको कार्यक्रमका लागी मधेशी मोर्चा वाट तीन ओटा वक्ताहरु तोकिएका थिए । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादव र सदभावना पार्टीका प्रवक्ता संतोष मेहता । इटहरी घटनालाई लाई लिएर आज प्रशारित भईरहेको विभिन्न समाचारहरु सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नाम जोडिएको छ । तर सदभावनाका प्रवक्ता मेहता भन्छन, हामीले तीन दिन अगाडी नै हाम्रो अध्यक्ष राजेन्द्र महतो यो कार्यक्रममा सहभागी हुन्न भनेर निष्कर्ष निकालेका थियौ र त्यही अनुरुप मोर्चाले वक्ताहरु तोकेका थिए ।  मधेशी पार्टीहरुले इटहरीमा सुनसरी र मोरड नटुक्राउने अभियान चलाउने व्यक्तिहरुले सम्भावित अवरोध गर्लान भनेर पहिला नै निष्कर्ष निकालेका थिए । त्यही भएर कार्यक्रमको आयोजनाको सम्पुर्ण जिम्मेवार कुमार लिडदेन लगायतका समुहहरुलाई दिइएको थियो ।
 
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तमसपाका अध्यक्ष महेन्द्र यादव हिजो वेलुकि नै यही कार्यक्रमका लागी काठमाडौ वाट विराटनगर पुगेका थिए । तर हिजो विराटनगर पुग्ने वितिकै यी नेताहरु त्याहा एमाले नेता माधव पुग्न लागेको सुचना पाए पछि सशंकित भएका थिए । भरै वेलुकि नेपालले त्याहा एमाले लगायतका केहि पहाडे युवाहरु संग बैठक गरेको सुचना पाए पछि त्याहा नजाने निकर्ष त निकाले तर कार्यक्रम जसरी भए पनि गर्न सकिन्छ कि भनेर सोधपुछ गरेका थिए ।
 
तर विहानै कार्यक्रमको मन्च बनाउन पुगेकाहरु ले ८ वजे देखि नै अवरोधको सामना गर्नु पर्यो । पहिलो पटक त विहान ८ तिर नै निर्माण भईरहेको मन्चमा स्थानिय युवाहरुको जमातले आगो लगाए । त्यस पछि कार्यक्रम आयोजकहरुले फेरी अर्को मन्च बनाए । तर ११ वजे तिर स्थानिय पहाडे समुदायहरुको ठुलो समुह आएर कार्यक्रम स्थललाई नियन्त्रणमा लिदै  कार्यक्रम विथोलिदिए । प्रहरीहरु रक्षात्मक अवस्थामा मात्रै देखिएका थिए । पछि तीन वजे त्याहा कुमार लिडदेन समुह संग कार्यक्रमको आयोजनामा सहयोग गर्न रहेका मधेशी पार्टीका केहि स्थानिय नेताहरु माथी ती समुह जाई लागे । दुई जनालाई त नदीमा फालिएको अवस्थावाट उद्धार गरिएको सदभावना प्रवक्ता मेहताको भनाई छ । धाइतेहरुको इनरवा लगायतका स्थानिय अस्पतालहरुमा उपचार भईरहेका छन ।
 

माधव नेपालको करामत  

अघिल्लो हप्ता सर्लाहीको राजमार्ग खण्डमा मधेशी मोर्चाले गरीरहेको विरोधसभामा चुरे भावरको व्यानरमा आक्रमण भयो । तर त्यस पृष्टभुमि पनि माधव नेपालको कर्तुुत संग जोडिएको छ । हालै सर्लाहीमा उनी एउटा कार्यक्रम गर्न जादा त्याहा आन्दोलनकारीहरुले नेपाललाई लखेटेका थिए । त्यसको भोली पल्टै त्याहा अकस्मात रुपमा चुरे भावर नामक समुह पुन सक्रिय मात्रै भएर एउटा सार्वजनिक विज्ञिप्ती निकाल्दै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई चुरे भावर प्रदेशमा प्रवेश रोक लगाएको भनियो ।
 
त्यस अघि दर्श अगावै एमाले नेता नेपाल रौतहटको आफनो निर्वाचन क्षेत्र जानका लागी चन्द्रनिगाहपुर पुगेका थिए । तर गौर लगायतका क्षेत्र आन्द्योलन चर्किएका कारण स्थानिय प्रहरीले नेपाललाई चन्द्रनिगाहपुर वाट गौर जान अनुमती दिएनन । उनलाई चन्द्रनिगाहपुर वाट फर्कादिएका थिए । त्याहा पनि उनले स्थानिय युवाहरुलाइ मोर्चा विरुद्ध भडकाउने गरी सार्वजनिक अभिव्यक्ति नै दिए । उनी चन्द्रनिगाहपुरवाट फर्किएको भोली पल्टै त्याहाको स्थिती तनावपुर्ण हुन गयो । थरुहट संघर्ष समितीले पुर्व निर्धारण गरेको राजमार्गमा १ घण्टे धर्नाका लागी गौरवाट आईरहेको मधेशी थारु आन्द्योलनकारीलाई प्रहरीले चन्द्रनिगाहपुर भन्दा १ किमि अगावै रोक्न पुगे तर त्याहा पनि केहि स्थानिय युवाहरु ढुगामुढा गरे पछि प्रहरीले हवाई फायर गर्नुको साथै लाठी चार्ज नै गरेर आन्दोलनकारीहरु फिर्ता पठाएका थिए ।
 
यसरी राजमार्ग छेउमा एक पछि अर्को ठाउमा लागातार घटना गराउन उद्धत देखिएका एमाले नेता माधव नेपाल के गर्न खाजेका हुन भन्ने प्रश्न चाही उठन थालेका छन । आन्दोलतमय रहेका मधेशका जिल्लहरुमा स्थानिय स्तरमा एमालेमा रहेका मधेशी नेताहरु धामाधम पार्टी छाडेर आन्दोलनमा सहभागी हुने क्रम दिनप्रति दिन वढदै गईरहेको छ । स्वयंम नेपालकै रौतहट क्षेत्रमा कयौन प्रभावशाली स्थानिय मधेशी नेताहरु एमाले छाडेर आन्दोलनमा होमिन पुगेका छन ।  

No comments:

Post a Comment